सबरीमला मन्दिरमा दुई महिलाले प्रवेश गरे, पुजारीद्वारा मन्दिर बन्द
केरला, पुस- १८ ।
भारतको केरला राज्यस्थित सबरीमला मन्दिरमा बुधबार दुई महिलाले प्रवेश गर्दै सदियौ पुरानो परम्परालाई तोडेका छन् । १० देखि ५० वर्षबीचको उमेर समूहका महिलाहरुलाई प्रवेश निषेध गरिएको सो मन्दिरमा सोही उमेर समूहका दुई महिला प्रवेश गर्दै उनिहरुले उक्त परम्परा तोडेका हुन् ।
केही समय अघि भारतको सर्वोच्च अदालतले मन्दिरमा महिलालाई प्रवेश निषेध गर्ने उक्त परम्परा उपयुक्त नभएको भन्दै कसैलाई मन्दिर प्रवेशबाट रोक्न नहुने फैसला समेत गरेको थियो । सोही फैसलालाई आधार बनाएर केरलाका दुई महिला मन्दिरभित्र प्रवेश गरेको जनाईएको छ ।
मुख्यमन्त्री पी विजयनले समेत महिलाहरु मन्दिरमा प्रवेशको पुष्टि गरे । उनले ती महिलाहरुलाई सुरक्षा व्यबस्था उपलब्ध गराइएको समेत जनाए ।
स्थानीयवासीले भने महिलालाई मन्दिरमा प्रवेश गराउने प्रयासको विरोध जनाउदै आएका थिए । उनीहरुले यसअघि बारम्बार मन्दिर प्रवेशका लागि ...









