काठमाडौं, पुस- १७ ।

करिव दुई करोड जनताले यमनमा खाद्य सामग्री अभावका कराण भोकमरी र कुपोषणको शिकार बनेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

हुथी बिद्रोहीको कब्जामा रहेको क्षेत्रसम्म खाद्य सामग्री पुर्याउन नसकेका कारण दुई करोड जनता मारमा परेका छन् ।

केही स्थानामा खाद्य सामग्री उपलब्ध गराइएको भएपनि सम्बन्धित ब्यक्तिहरुले पाउने गरेका छैनन् भन्दै संयुक्त राष्ट्रसंघ खाद्य कार्यक्रमका अधिकारीहरुले विश्व समुदायको ध्यानाकर्षण गराएका छन् ।

हुथी बिद्रोहीलाई संयुक्त राष्ट्रसंघले पटक पटक खाद्य सामग्री उपलब्ध गराउने बाटो खुला गर्न आग्रह गर्दा पनि उनीहरुले कुनै प्रतिक्रिया दिएको छैन ।

यमनको पश्चिमी क्षेत्र हुथी बिद्रोहीले नियन्त्रणमा लिएको छ भने साउदी अरब समर्थित राष्ट्रपति अब्दुरब्बु मंसुर हादीलाई देश निकाला समेत गरेको थियो ।

यमनमा सन् २०१५ देखि शुरु गृहयुद्धमा पछिल्लो समय साउदी गठबन्धनको सेनाले हस्तक्षेप गरेपछी हुथी बिद्रोहीले आतंकबादी गतिबिधीलाई झनै तीब्रता दिएको छ ।

जारी संघर्षमा यमनमा हालसम्म ६ हजार ८ सयको ज्यान गइसकेको छ जसमा अधिकांश कुपोषण र भोकमरीको शिकार बनेका हुन् ।
(एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here