शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

समाचार

अलविदा मन्त्री अधिकारी ! रवीन्द्र अधिकारीको राजनीतिक यात्रा र जीवनी

अलविदा मन्त्री अधिकारी ! रवीन्द्र अधिकारीको राजनीतिक यात्रा र जीवनी

राजनीति, समाचार
काठमाडौं— फागुन १५। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जना सवार हेलिकप्टर दुर्घटनामा परेको छ । दुर्घटनामा मन्त्री अधिकारीसहति सबैको मृत्यु भएको छ । एयर डाइनास्टिकको विमान दुर्घटनामा परेको हो । लगातार तीन पटक चुनाव जितेका मन्त्री अधिकारी कास्कीका हुन् । लोकप्रिय मतसहति निर्वाचित हुँदै आएका उनी तेस्रो पटक चुनाव जितेपछि मन्त्री बनेका थिए । को हुन् मन्त्री अधिकारी ? २०२६ बैशाख २२ गते आइतबार कास्की जिल्लाको भरतपोखरी गाबिस जामुनाबोटमा आमा लक्ष्मी अधिकारी र पिता इन्द्र प्रसाद अधिकारीका जेष्ठ सुपुत्रको रुपमा जन्मनु भएका रबिन्द्र अधिकारी,आफ्नो गाऊँकै श्री ब्रह्म ज्योति प्रा.बी शान्ति पंधेरा गैरागाऊं बाट प्राथमिक शिक्षा र शान्ति उदय मा.बि.(हालको उच्च माबी) बरपाण्डेथुम बाट माध्यामिक शिक्षा हांसील गर्नु भएको थियो । बुवा इन्द्र प्रसाद अधिकारी माध्यमिक बिद्यालय...
रुबिना क्षेत्रीको ह्याट्रिक विकेटमा महिला विश्वकप क्रिकेट छनोटमा नेपाल विजयी

रुबिना क्षेत्रीको ह्याट्रिक विकेटमा महिला विश्वकप क्रिकेट छनोटमा नेपाल विजयी

खेलकुद, समाचार
काठमाडौं— फागुन १५। आईसीसी महिला विश्वकप क्रिकेटअन्तर्गत एसिया छनोटको अन्तिम खेलमा नेपाल विजयी भएको छ । थाईल्याण्डमा आज भएको खेलमा नेपालले कुवेतलाई ३० रनले पराजित गरेको हो । बैंककस्थित एसियन ईन्सिटच्युट अफ टेक्नोलोजीको मैदानमा नेपालले दिएको ११७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कुवेतले २० ओभरमा ९ विकेट गुमाएर ८६ रनमात्र बनाउन सक्यो । कुवेतलाई सस्तैमा समेट्न कप्तान रुबिना क्षेत्रीले ह्याट्रिक विकेट लिइन् । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पुरै २० ओभर खेल्दै ७ विकेट गुमाएर ११६ रन बनाएको थियो । खराब सुरुवात गरेको नेपालका लागि बिन्दु रावलले अविजित रहँदै सर्वाधिक २८ रनको योगदान दिइन् । ४८ रन जोड्दा ५ विकेट गुमाइसकेको नेपालको सम्मानजनक योगफलमा बिन्दुले ४९ बलमा एक चौका प्रहार गरिन् । कप्तान रुबिना क्षेत्रीले १३ बलमा ३ चौकासहित २२ रन बनाईन् । यस्तै नेरी थापाले १९, काजल श...
हेलिकोप्टर दुर्घटना– घटनास्थलबाट ५ जनाको शव फेला, सातै जनाको निधन भएको पुष्टि

हेलिकोप्टर दुर्घटना– घटनास्थलबाट ५ जनाको शव फेला, सातै जनाको निधन भएको पुष्टि

समाचार, समाज
काठमाडौं— फागुन १५। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित हेलिकोप्टरमा सवार ६ यात्रु र क्याप्टेन गरी सातै जनाको निधन भएको छ । नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले घटनास्थलबाट ५ जनाको शव फेला परेको बताए । प्रवक्ता सुवेदीका अनुसार हेलिकप्टरमा अझै आगो लागिरहेको छ । स्थानीय प्रहरीका अनुसार चिन्न नसकिने गरी डढेको अवस्थामा शवहरु फेला परेका छन् । (खबर हब)...
गृह सचिवले भने— पाथिभराको उत्तरपट्टि मन्त्री अधिकारी चढेको हेलिकप्टर दुर्घटना

गृह सचिवले भने— पाथिभराको उत्तरपट्टि मन्त्री अधिकारी चढेको हेलिकप्टर दुर्घटना

समाचार, समाज
काठमाडौं— फागुन १५। ‘पाथिभराको उत्तर पट्टी हेलिकोप्टर दुर्घटनामा परेको हो’ गृह सचिव प्रेम कुमार राइले भने,‘के भयो भन्ने थाहा भएको छैन त्यसमा मन्त्री रविन्द्र अधिकारी हेलिकप्टरका मालिक आङछिरिङ शेर्पा र युवराज दाहाल भन्ने आएको छ अरु को नाम थाहा भएको छैन ।’ हेलिकोप्टर खोजीका लागि मुभ भएको सचिव राइले जानकारी दिए । मन्त्री अधिकारी पाथिभरा क्षेत्रको समग्र विकासका विषयमा छलफलमा आयोजित कार्यक्रममा सहभागी हुन गएका थिए । (खबर हब)...
मन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकोप्टरमा ‘आगो लाग्यो’

मन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकोप्टरमा ‘आगो लाग्यो’

समाचार, समाज
काठमाडौं— फागुन १५। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ६ जना चढेको एयर डाइनेस्टी हेलिकोप्टर दुर्घटनामा परेको छ । मन्त्रीसहित ६ जनाको टोली पाथिभरा मन्दीर दर्शन गरेर चुहान डाँडा एयरपोर्ट निरिक्षणका लागि जाँदै गर्दा दुर्घटना भएको हो । उक्त हेलिकप्टर ताप्लेजुङमा सम्पर्कविहीन भएको हो। गृहसचिव प्रेम राईले राज्यव्यवस्था समितिको बैठकमा दुर्घटनाबारे जानकारी गराएका छन्। प्राप्त जानकारी अनुसार ताप्लेजुङको बाह्रडाँडा नजिकै हेलिकप्टर खसेको बताइएको छ। हेलिकप्टर आकाशमै आगो लागेर खसेको हो वा भुईंमा झरेर आगो लागेको हो भन्नेसमेत खुलेको छैन। हेलिकप्टर क्याप्टेन प्रभाकर केसीले उडाएका थिए भने हेलिकप्टरमा मन्त्री अधिकारीसहित यति एयरलाइन्सका मालिक आङछिरङ शेर्पा, वीरेन्द्रप्रसाद श्रेष्ठ, युवराज दाहाल र अर्जुनकुमार घिमिरे सवार थिए। दुर्घटनाबारे थप विवरण आउन बाँकी छ। (न्युज २...
एचनाइन भाइरस संक्रमणका कारण हेटौँडामा हजारौँ कुखुरा मरे

एचनाइन भाइरस संक्रमणका कारण हेटौँडामा हजारौँ कुखुरा मरे

आर्थिक, समाचार
हेटौँडा— फागुन १५। करौडौँको क्षति हुने गरी दुई दिनको अन्तरालमा हेटौँडाका केही कुखुरा व्यवसायीका हजारौँ कुखुराहरू मरेका छन् । किसानले दिएको जानकारीअनुसार हेटौँडा–७ मा १० हजार बढी कुखुरा मरेका छन् । भेटेरिनरी अस्पतालले एचनाइन भाइरसको सङ्क्रमण भएको पुष्टि गरे पनि बर्डफ्लुको हल्ला फैलिएपछि अन्य किसान पनि चिन्तित भएका छन् । हेटौँडा उपमहानगरपालिकाको व्यावसायिक कुखुरापालनका लागि पकेट क्षेत्र मानिने क्षेत्रमा किसानका हजारौँ कुखुरा केही दिनको अन्तरालमै सखाप भएपछि जिल्लाभरका अन्य किसान पनि बर्डफ्लुको हल्लाले थप चिन्तित बनेका छन् । मकवानपुर कुखुरा व्यवसायी सङ्घले मङ्गलबार पत्रकार सम्मेलन आयोजना गरी बर्डफ्लुको हल्ला निराधार भएको जनाएको छ । सङ्घका अध्यक्ष राजु अधिकारीले बर्डफ्लु रोग नेपालमै नभएको र हेटौँडाका कुखुरामा बर्डफ्लुको कुनै पनि लक्षण नदेखिएको बताउनुभयो । अधिकारीले आफूहरू मानव स्वास्थ्...
जनयुद्धका प्रथम सहिद रम्तेलको गाउँमा दाहालद्वारा स्मृतिपार्क शिलान्यास

जनयुद्धका प्रथम सहिद रम्तेलको गाउँमा दाहालद्वारा स्मृतिपार्क शिलान्यास

राजनीति, समाचार
गोरखा— फागुन १५। माओवादी जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको गोरखास्थित गाउँमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले स्मृतिपार्कको मंगलबार शिलान्यास गरेका छन् । बारपाक सुलिकोट गाउँपालिका–८, जराङस्थित रम्तेलको घर भएको स्थानमा सभाहलसहितको पार्क बनाउन लागिएको जनाईएको छ । स्थानीय व्रह्मचारिणी निमावि कक्षा–४ मा पढ्दै गरेका रम्तेलको २०५२ साल फागुन १४ गते प्रहरीको गोली लागेर मृत्यु भएको थियो ।...
एनआरएनएले ‘नेपाल प्रवर्द्दन वर्ष’को रुपमा सन् २०१९ लाई मनाउने

एनआरएनएले ‘नेपाल प्रवर्द्दन वर्ष’को रुपमा सन् २०१९ लाई मनाउने

अन्तराष्ट्रिय, समाचार
काठमाडौं— फागुन १५। गैर आवासीय नेपाली संघ (एनआरएनए)ले सन् २०१९ लाई ‘नेपाल प्रवद्र्धन वर्ष’को रुपमा मनाउने घोषणा गरेको छ । सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने सरकारको लक्ष्यलाई सघाउ पु¥याउन सन् २०१९ लाई ‘नेपाल प्रवद्र्धन वर्ष’को रुपमा मनाउने घोषणा गरिएको एनआरएनएका अध्यक्ष भवन भट्टले जानकारी दिए । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रवद्र्धन वर्षलाई सफल बनाउन उनकै अध्यक्षतामा दुई सय १३ सदस्यीय मूल समारोह समिति समेत गठन गरेको बताए । मूल समारोह समितिले ८० भन्दाबढि देशमा रहेका संजाल प्रयोग गरी नेपाल भ्रमण वर्षमा २० लाख बढि विदेशी पर्यटक नेपाल भित्र्याउने योजनालाई सफल बनाउन आवश्यक प्रचार प्रसारको काम गर्नेछ । भट्टले नेपाल भ्रमण वर्षलाई सफल बनाउन एनआरएनएले विश्वका विभिन्न देशमा नेपालबारे प्रचार प्रसार गर्ने योजना रहेको स्पष्ट पारे । नेपाल सरकारले सन् २०२० मा २० लाख बढि विदेश...
पाकिस्तानले दुई वटा भारतीय एअरफोर्सको जेट आफुले खसालेको दाबी, एक भारतीय विमान चालक नियन्त्रणमा

पाकिस्तानले दुई वटा भारतीय एअरफोर्सको जेट आफुले खसालेको दाबी, एक भारतीय विमान चालक नियन्त्रणमा

अन्तराष्ट्रिय, समाचार
काठमाडौं— फागुन १५। भारत र पाकिस्तानबीच युद्ध चर्किँदै जाँदा दुई वटा भारतीय एअरफोर्सको जेट पाकिस्तानले खसालेको दाबी गरेको छ । पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफुरले पाकिस्तानी हवाई क्षेत्रभित्र प्रवेश गरेको दुई भारतीय एअरफोर्सको जेट पाकिस्तानले खसालेको दाबी गरेको हुन् । उनले ट्विट गर्दै एक भारतीय पायलटलाई नियन्त्रणमा समेत लिइएको जनाएका छन् । त्यसैगरी पाकिस्तानका विदेश मन्त्रालयका प्रवक्ता डा. मोहम्मद फैसलले भनेका छन् ‘पाकिस्तानी वायु सेनाले आफ्नो वायु सीमा भित्रै रहेर बमबारी गरेको हो । तर यो भारतीय आक्रमणको जवाफ भने होइन ।’ (एजेन्सी)...
भारतीय लडाकु विमान काश्मिरमा दुर्घटनाग्रस्त

भारतीय लडाकु विमान काश्मिरमा दुर्घटनाग्रस्त

अन्तराष्ट्रिय, समाचार
काठमाडौं— फागुन १५। एक भारतीय लडाकु विमान मिग २१ कश्मीरको बुडगामको गार्डन कलान गाउँमा दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा परेको विमानका दुई चालकको मृत्यु भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन । भारतीय बायु सेनाले मंगलबार पाकिस्तानी सिमा भित्र आक्रमण गरेपछि यो दुर्घटना भएको हो । बिगत २० दिनभित्र भारतमा पाँच वटा बिमान दुर्घटना भइसकेका छन् ।...