गोरखा— फागुन १५।
माओवादी जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको गोरखास्थित गाउँमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले स्मृतिपार्कको मंगलबार शिलान्यास गरेका छन् ।
बारपाक सुलिकोट गाउँपालिका–८, जराङस्थित रम्तेलको घर भएको स्थानमा सभाहलसहितको पार्क बनाउन लागिएको जनाईएको छ ।
स्थानीय व्रह्मचारिणी निमावि कक्षा–४ मा पढ्दै गरेका रम्तेलको २०५२ साल फागुन १४ गते प्रहरीको गोली लागेर मृत्यु भएको थियो ।