शनि, मंसिर ६, २०८३
Sat, November 21, 2026
Shadow

खेलकुद

विश्वकप छनोटका लागि नेपाली राष्ट्रिय टोलीको अन्तिम सूची सार्वजनिक

विश्वकप छनोटका लागि नेपाली राष्ट्रिय टोलीको अन्तिम सूची सार्वजनिक

खेलकुद
नेपाली राष्ट्रिय टोलीको अन्तिम ‘२३’ सदस्यीय टोलीको सूची सार्वजनिक भएको छ। फिफा विश्वकप तथा एसियन छनोटका बाँकि खेलका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले कुवेत भ्रमण गर्ने अन्तिम टोलीको घोषणा गरेका छन्। बन्द प्रशिक्षणमा रहेका ३२ खेलाडीबाट प्रशिक्षक अल्मुताइरीले २३ खेलाडी छनोट गरेका हुन्। उनले टोली छनोटमा केही अप्रत्याशित तथा ‘बोल्ड’ निर्णयहरु गरेको देख्न सकिन्छ। राष्ट्रिय टोलीका नियमित नामहरूमा भरत खवास, रञ्जित धिमाल, रविशंकर पासवान र दर्शन गुरुङ जस्ता खेलाडी २३ सदस्यीय टोलीमा पर्न असफल भएका छन्। त्यस्तै अमित तामाङ, सेसेहाङ आङदेम्बे, निशान खड्का, विवेक बस्नेत र नितिन थापा पनि टोलीमा नअटाएको देख्न सकिन्छ। अल्मुताइरीले सुरज जिउ ठकुरी, मनिष डाँगी, कमल थापा, गौतम श्रेष्ठ र आयुष घलानलाई पहिलो पटक नेपाली टोलीमा समावेश गरेका छन्। त्यस्तै उनले ‘लेफ्ट ब्याक’ सुमन अर्याललाई ...
चेल्सीले रियललाई २- ० गोल अन्तरले पराजित

चेल्सीले रियललाई २- ० गोल अन्तरले पराजित

खेलकुद, समाचार
च्याम्पियन्स लिगको फाईनलमा दुई प्रिमियर लिगका टोलीले स्थान पक्का गरेका छन् । गएराति भएको खेलमा स्पेनिस रियल मड्रिडलाई पराजित गर्दै चेल्सीले फाईनलको यात्रा पक्का गरेको हो । त्यसअघि पिएसजीलाई पराजि गर्दै म्यानचेस्टर सिटीले पनि फाईनल यात्रा तय गरिसकेको थियो । गएरातिको खेलमा चेल्सीले रियललाई २ ० गोल अन्तरले पराजित गर्यो । चेल्सीको जितमा पहिलो हाफको २८ मिनेटमा वार्नर र दोश्रो हाफको ८५ औं मिनेटमा माउण्टले गोल गर्दै चेल्सीको उपाधि यात्रा तय गरेका हुन् । प्रतिस्पर्धात्मक खेलमा रियलले भने कुनै गोल गर्न सकेन । यसो हुनुमा प्रशिक्षक जिनेदिन जिदानले प्रयोग गरेको ३-५-२ को सेट घातक सावित भएको भन्दै कतिपयले आलोचना गरेका छन् । पहिलो लेग १ -१ को बराबरी खेलेको रियललाई दोश्रो लेगमा चेल्सीको घरेलु मैदानमा उसैको सामना गर्नु महंगो सावित भयो । समग्रमा ३- १ गोल अन्तरले चेल्सीले रियललाई पराजित गर्दै...
स्पेनिस लिगमा उपाधिको नजिक पुगेको बार्सिलोनालाई गंभिर धक्का

स्पेनिस लिगमा उपाधिको नजिक पुगेको बार्सिलोनालाई गंभिर धक्का

अन्तराष्ट्रिय, खेलकुद, समाचार
स्पेनिस लिगमा उपाधिको नजिक पुगेको बार्सिलोनालाई गंभिर धक्का लागेको छ । तर अझै पनि उसको संभावना भने जिवितै छ । शुक्रबार राति ग्रानाडा विरुद्द घरेलु मैदान क्याम्प नोउमा बार्सिलोनाले नराम्रो झड्का बेहोर्यो । पहिलो हाफको २३ औं मिनेटमा लियोनल मेसीको गोलबाट अग्रता लिएर अंक तालिकाको पहिलो स्थानमा उक्लदै उपाधि यात्रा सहज बनाएको बार्सिलोनाले दोश्रो हाफमा लय गुमायो । खेलमा प्रसस्त नियन्त्रण कायम गरेपनि बार्सिलोनाले ग्रानाडाको काउण्टर आक्रमण रोक्न सकेन भने डिफेन्सलाईनमा देखिएको कमजोरीबाट ग्रानाडाको खेलाडीले फाईदा उठाउदै दोश्रो हाफकाो ६३ र ७९आंै मिनेटमा २ गोल गरे । ग्रानाडाको २ गोलका विरुद्ध बार्सिलोना १ गोलले पराजित भएको हो । खेलमा ८१ प्रतिशत बल आफ्नो नियन्त्रणमा लिन सफल भएपनि बार्सिलोनाले थप गोल गर्न सकेन । बार्सिलोनाले भोगेको पराजयले पहिलो स्थानमा रहेको एथ्लेटिको मड्रिडलाई सोझो फाईदा पुगे...
(आईपीएल) क्रिकेटमा राजस्थान रोयल्स ६ विकेटले विजयी

(आईपीएल) क्रिकेटमा राजस्थान रोयल्स ६ विकेटले विजयी

खेलकुद, समाचार
 इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्स ६ विकेटले विजयी भएको छ । कोलकाता नाइट राइडर्सले दिएको १३४ रनको लक्ष्य ४ विकेट गुमाउँदै राजस्थान रोयल्स विजयी भएको थियो । कोलकाताले पूरै ओभरको खेलमा ९ विकेट बनाएर १३३ रन बनाएपछि राजस्थानले १३४ रनको लक्ष्य पाएको थियो । जवाफमा राजस्थानले ४ विकेटको खेला सकिँदा नै १३४ रन बनाएको हो । राजस्थानको यो दोस्रो जित हो । कोलकातासँगको खेलमा विजयी भएसँगै राजस्थान ५ खेलमा ३ खेलमा हार र २ खेलमा विजयी भएको छ । ...
स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाको शानदार जित

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाको शानदार जित

अन्तराष्ट्रिय, खेलकुद, समाचार
कप्तान लियोनल मेस्सीको उत्कृष्ट प्रदर्शनमा स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले शानदार जित हासिल गरेको छ। बिहीबार राति भएको खेलमा बार्सिलोनाले गेटाफेलाई ५२ गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा मेस्सीले दुई गोल गरे । एन्टोनी ग्रीजम्यान र रोनाल्ड अरुजोले एक एक गोल थपे । बार्सिलोनाले एक गोल आत्मघाती उपहार पाएको थियो । गेटाफेका इनेस उनलले एक गोल फर्काए । एक गोल आत्मघाती उपहार पाएको थियो । जितसँगै बार्सिलोना ३१ खेलमा ६८ अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको छ । गेटाफे ३१ अंकसहित १५औं स्थानमा छ । ...
मध्य भोटेकोसी जलविद्युत् कम्पनीलाई आईपीओ निष्कासनको अनुमति

मध्य भोटेकोसी जलविद्युत् कम्पनीलाई आईपीओ निष्कासनको अनुमति

खेलकुद, समाचार
 नेपाल धितोपत्र बोर्ड मध्य भोटेकोसी जलविद्युत् कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको छ। बोर्डले यही वैशाख ५ गते कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको हो। कम्पनीले गत माघ ७ गते प्रतिकित्ता १०० रुपैयाँअंकित मूल्यको १ अर्ब ५० करोड रुपैयाँ बराबरको १ करोड ५० लाख कित्ता साधारण सेयर निष्कासनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको थियो। त्यस अनुसार कम्पनीले आयोजना प्रभावित र सर्वसाधारणको लागि १ करोड ५० लाख कित्ता अर्थात १ अर्ब ५० करोड रुपैयाँ बराबरको शेयर निष्काशन गर्नेछ। यो कम्पनीको चुक्ता पूँजीको २५ प्रतिशत हो। कम्पनीले चुक्ता पूँजीको १० प्रतिशत अर्थात ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर सिन्धुपाल्चोकका स्थानीयबासीलाई निष्काशन गर्ने छ भने सर्वसाधारणमा १५ प्रतिशत अर्थात ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता शेयर निष्काशन गर्नेछ। कम्पनीले उक्त शेयर प्रत्याभूतिका लाग...
शैक्षिक संस्थाहरु बन्द गर्ने र खुलाउने विषयमा तर्क÷वितर्क

शैक्षिक संस्थाहरु बन्द गर्ने र खुलाउने विषयमा तर्क÷वितर्क

खेलकुद, समाचार
डा.डिआर उपाध्याय, यति बेला कोरोनाको दोस्रो लहर सुरु भएको छ । यसले फेरि सबैजसो क्षेत्रलाई त्रास बनाएको छ । बिगत बर्षमा पनि हामी त्रासमा बाँच्न बाध्य भयौं । कोरोना संग खेलवाड कसैले गर्नु हुदैन । यो संग जोगिन सचेत र सर्तकता अपनाउनु पर्छ । अनाबश्यक घर वाहिर ननिस्कि भिडभाड र जमघट हुने कुनै पनि काम गर्नु हुदैन । हामी सवैले स्वस्थ्य सुरक्षाका मापदण्ड अपनाउनु पर्छ । त्यसो भयो भने मात्र कोरोनाबाट बँच्न सकिन्छ । कोरोना संक्रमण फैलियो भने यसको असर सवै क्षेत्रमा पर्ने छ । आज फेरी सबैलाई आफ्नो पेसा व्यवसाय चौपट पर्ने होकी भन्ने चिन्ता थपिएको छ । नेपाल सरकारले २५ जना भन्दा बढी भेला नहुन आग्रह गरिसकेको छ । नेपाल सरकारको यो आग्रहलाई सवैले पालना गरौं । हामी नागरिकले मिलेर नै सरकारलाई सहयोग पुयाउनु पर्छ । सरकारको एकल प्रयासले केहि हुदैन । कोरोना संग लडन सवै नागरिक एक जुट हुनु पर्छ । यो पार्टी र उ पार...
अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता हुदै, प्रधानमन्त्रिबाट समुदघाटन

अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता हुदै, प्रधानमन्त्रिबाट समुदघाटन

खेलकुद, समाचार
महिला रेस्लिङ फाउन्डेसनको आयोजनामा अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता राजधानीको भृकुटीमण्डपमा आगामी वैशाख ४ गतेबाट सञ्चालन हुने भएको छ । सो प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुनेछ । फाउन्डेसनले गर्न लागेको चौथो अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगितामा अमेरिका, जापान, अष्ट्रेलिया, भारत र पाकिस्तान लगायत विभिन्न देशबाट रेस्लरहरु आउनुहुने फाउन्डेसनको अध्यक्ष तथा नेपालकै पहिलो रेस्लर भगवति खड्का ‘युनिका’ ले जानकारी दिइन् । त्यस्तै रेस्लर तथा कलाकार अस्मिता जुरेलीले कोरोनाका कारण कार्यक्रममा असर नपर्ने बताउनुभयो । उहाँले भन्नुभयो,‘कोरोना भाइरस (कोभिड–१९) को महामारीले गर्दा कार्यक्रम गर्न केही असहज भएपनि स्वास्थ्य मापदण्ड अपनाएर सुरक्षा सामग्रीको उपयोग गरेर नै प्रतियोगिता सञ्चालन गर्दैछौं ।’ ...
फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)को  शानदार जित

फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)को शानदार जित

अन्तराष्ट्रिय, खेलकुद, समाचार
फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शानदार जित हात पारेको छ । पीएसजीले घरेलु टोली स्टार्सवर्गलाई ४–१ को फराकिलो गोल अन्तरले पराजित गरेको हो । पीएसजीको फराकिलो जितमा केलियन एमबाप्पे, पाब्लो साराविया, मोइस किन र लियान्द्रो ड्यानियल पारेडेसले गोल गरे । घरेलु टोलीका डिओन सहीले एक गोल फर्काए । पीएसजीले पहिलो हाफमा ३–० को अग्रता लिदा दोस्रो हाफमा एक गोल थप्दा एक गोल बेहोरेको थियो । यस जितसँगै दोस्रो स्थानमा रहेको पीएसजीको ३२ खेलबाट ६६ अंक पुगेको छ । समान खेलबाटै ६९ अंक जोडेको लिल शीर्षस्थानमा रहेको छ । स्टार्सवर्ग ३६ अंक जोडेर १४औं स्थानमा रहेको छ । एजेन्सी ...
आइपीएलको पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले साविक विजेता मुम्बई इन्डियन्सलाई २ विकेटले पराजित

आइपीएलको पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले साविक विजेता मुम्बई इन्डियन्सलाई २ विकेटले पराजित

खेलकुद, समाचार
१४ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल)को पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले साविक विजेता मुम्बई इन्डियन्सलाई २ विकेटले पराजित गरेको छ । जितको लागि १ सय ६० रनको विजयी लक्ष्य पछ्याएको बैंगलोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै पूरा गरेको हो । बैंगलोरको जितमा एवि डी भिलियर्स २७ बलमा ४ चौका र २ छक्का सहित ४८ रनको योगदानी दिए । अन्तिम दुई बलमा जितको लागि दुई रन चाहिएको थियो । पाँचौं बलमा मोहम्मद सिराजले एक रन लिए । अन्तिम बलमा हर्षल पटेलले एक रन जोड्दै बैंगलोरालाई रोमाञ्चक जित दिलाएका थिए । यस्तै, बैंगलोरका ग्लेन म्याक्सवेल २८ बलमा ३ चौका र २ छक्का सहित ३९ रनमा क्याच आउट भए । मुम्बईका लागि जस्प्रित बुमराहले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । मार्को जानसेनले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिए । क्रुनाल पान्ड्या र ट्रेन्ट बोल्टले १/१ विकेट लिए । त्यसअघि टस हारेर ब्याट...