फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शानदार जित हात पारेको छ । पीएसजीले घरेलु टोली स्टार्सवर्गलाई ४–१ को फराकिलो गोल अन्तरले पराजित गरेको हो ।

पीएसजीको फराकिलो जितमा केलियन एमबाप्पे, पाब्लो साराविया, मोइस किन र लियान्द्रो ड्यानियल पारेडेसले गोल गरे ।

घरेलु टोलीका डिओन सहीले एक गोल फर्काए ।

पीएसजीले पहिलो हाफमा ३–० को अग्रता लिदा दोस्रो हाफमा एक गोल थप्दा एक गोल बेहोरेको थियो ।

यस जितसँगै दोस्रो स्थानमा रहेको पीएसजीको ३२ खेलबाट ६६ अंक पुगेको छ । समान खेलबाटै ६९ अंक जोडेको लिल शीर्षस्थानमा रहेको छ । स्टार्सवर्ग ३६ अंक जोडेर १४औं स्थानमा रहेको छ ।

  • एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here