च्याम्पियन्स लिगको फाईनलमा दुई प्रिमियर लिगका टोलीले स्थान पक्का गरेका छन् । गएराति भएको खेलमा स्पेनिस रियल मड्रिडलाई पराजित गर्दै चेल्सीले फाईनलको यात्रा पक्का गरेको हो ।

त्यसअघि पिएसजीलाई पराजि गर्दै म्यानचेस्टर सिटीले पनि फाईनल यात्रा तय गरिसकेको थियो । गएरातिको खेलमा चेल्सीले रियललाई २ ० गोल अन्तरले पराजित गर्यो ।

चेल्सीको जितमा पहिलो हाफको २८ मिनेटमा वार्नर र दोश्रो हाफको ८५ औं मिनेटमा माउण्टले गोल गर्दै चेल्सीको उपाधि यात्रा तय गरेका हुन् । प्रतिस्पर्धात्मक खेलमा रियलले भने कुनै गोल गर्न सकेन ।

यसो हुनुमा प्रशिक्षक जिनेदिन जिदानले प्रयोग गरेको ३-५-२ को सेट घातक सावित भएको भन्दै कतिपयले आलोचना गरेका छन् ।

पहिलो लेग १ -१ को बराबरी खेलेको रियललाई दोश्रो लेगमा चेल्सीको घरेलु मैदानमा उसैको सामना गर्नु महंगो सावित भयो ।

समग्रमा ३- १ गोल अन्तरले चेल्सीले रियललाई पराजित गर्दै सिटीसँगको उपाधि भिडन्त पक्का गरेको हो । चेल्सी र सिटीबीचको फाइनल भिडन्त इस्तानबुलमा २९ मे मा हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here