आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

खेलकुद

एएफसी कप २०२१ प्ले अफमा नेपालको त्रिभुवन आर्मी फुटबल क्लबले आज श्रीलंका पुलिस स्पोर्ट्स क्लबसँग प्रतिस्पर्धा

एएफसी कप २०२१ प्ले अफमा नेपालको त्रिभुवन आर्मी फुटबल क्लबले आज श्रीलंका पुलिस स्पोर्ट्स क्लबसँग प्रतिस्पर्धा

खेलकुद, समाचार
 एएफसी कप २०२१ प्ले अफमा नेपालको त्रिभुवन आर्मी फुटबल क्लबले आज श्रीलंका पुलिस स्पोर्ट्स क्लबसँग प्रतिस्पर्धा गर्ने भएको छ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ५ः३० बजे सुरु हुनेछ । घरेलु मैदानमा आर्मी जित निकाल्दै प्ले अफको दोस्रो चरणमा पुग्ने योजनामा रहेको छ । पहिलो खेलमा श्रीलंकाको पुलिसलाई हराएमा आर्मीले दोस्रो खेलमा भारतको बेंगलुरु फुटबल क्लबसँग खेल्नेछ । उक्त खेल अप्रिल १४ मा हुनेछ ।भारतको बेंगलुरुलाई पराजित गरेको खण्डमा आर्मीले अप्रिल २१ मा हुने प्ले अफको फाइनल खेल खेल्नेछ । यस प्ले अफको विजेताले समूह चरणको समूह डी स्थान बनाउने छन् । समूह डी मा भारतको मोहुन बगान, बंगलादेशको बसुन्धरा किंग्स र माल्दिभ्सको माजिया एण्ड रिक्रिएसन रहेका छन् । यस समूहका समूह चरणका खेलहरु मे १४ बाट सुरु हुनेछ । एएफसीको क्लब लाईसेन्स प्राप्त गरेपछि आर्मीले पहिलो पटक एएफसीको प्रतियोगिता खे...
चर्चित क्रिकेट खेलाडी सचिन तेन्दुलकर कोरोना भाइरसबाट सङ्क्रमित, अस्पताल भर्ना

चर्चित क्रिकेट खेलाडी सचिन तेन्दुलकर कोरोना भाइरसबाट सङ्क्रमित, अस्पताल भर्ना

खेलकुद, समाचार
 चर्चित भारतीय क्रिकेट खेलाडी सचिन तेन्दुलकर अस्पताल भर्ना चएका छन । कोरोना भाइरसबाट सङ्क्रमित भएको पाँच दिनपछि उनी अस्पताल भर्ना भएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।उनको स्वास्थ्य अवस्था झन झन बिग्रिदै गएपछि थप उपचारको आवश्यकता रहेको भन्दै चिकित्सकहरुले अस्पताल भर्ना हुन सुझाव दिएका थिए ।    खेलाडी तेन्दुलकर कोरोना भाइरसबाट सङ्क्रमित भएको पुष्टि भए पनि उनका परिवारजनको परीक्षण गर्दा भने सङ्क्रमण नभएको देखिएको छ । शुक्रबार उनले सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै, “मेरो स्वास्थ्यप्रति चिन्ता र चासो जनाउँदै स्वास्थ्य लाभको कामना गर्नुभएका सबैप्रति हार्दिक आभार व्यक्त गर्दछु ।”  उनले चिकित्सकहरुको सुझावका आधारमा आफू अस्पताल भर्ना भएको र आफु चाँडै नै निको भएर घर फर्किने विश्वास समेत व्यक्त गरे । खेलाडी तेन्दुलकरले अरु सबैलाई सुरक्षित रहन र सतर्कता अपनाउन पनि सामाजिक ...
दशरथ रंगशालामा ‘कोभिड कप’ फुटबल हुँदै, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

दशरथ रंगशालामा ‘कोभिड कप’ फुटबल हुँदै, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

खेलकुद, समाचार
 यही चैत्र २८ गते कोभिड कप फुटबल प्रतियोगिता हुने भएको छ । काठमाडौं जिल्ला सहकारी र हेराल्ड मिडिया हाउसको मुख्य आयोजनामा दशरथ रंगशालामा हुने उक्त प्रतियोगिताको उद्घाटन भने प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन् । आयोजक संस्थाद्धय काठमाडौं जिल्ला सहकारी र हेराल्ड मिडिया हाउसले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी गराएका हुन् । विश्वलाई सन्देश दिने उद्देश्यले आफूहरुले उक्त प्रतियोगिताको आयोजना गरेको पनि आयोजकले जनाएको छ । आयोजकका अनुसार प्रतियोगितामा विभिन्न दश टिमले सहभागी जनाउनेछन् । कलाकारहरुको तर्फबाट भाग लिने टिमको नेतृत्व (कप्तान) नायक धिरेन शाक्य, लोकदोहोरीबाट भाग लिने टिमको नेतृत्व गायक बद्री पंगेनी, हाँस्यकलाकारबाट ईन्द्र दोङ खम्बे, काठमाडौं जिल्ला सहकारी संघबाट अध्यक्ष ज्ञानबहादुर तामाङले गर्ने जनाईएको छ । ‘कोभिडबाट थलिएका हामी फेरि उठ्नुछ’ भन्ने नार...
विश्वकप २०२२ को छनौट अन्तर्गत समूह ए को खेलमा पोर्चुगलले लग्जेम्बर्गलाई ३–१ ले पराजित

विश्वकप २०२२ को छनौट अन्तर्गत समूह ए को खेलमा पोर्चुगलले लग्जेम्बर्गलाई ३–१ ले पराजित

अन्तराष्ट्रिय, खेलकुद, समाचार
 पोर्चुगलले विश्वकप २०२२ को छनौट अन्तर्गत मंगलबार राति भएको खेलमा जित दर्ता गरेको छ । अबे मैदानमा भएको खेलमा युरोपेली क्षेत्रको छनौट अन्तर्गत समूह ए को खेलमा पोर्चुगलले लग्जेम्बर्गलाई ३–१ ले पराजित गरेको हो । पोर्चुगलका लागि डिओगो जोटा, क्रिष्टियानो रोनाल्डो र पालहिन्हा गोन्काल्भेसले गोल गरे । लग्जेम्बर्गका लागि एक मात्रै गोल ३० औँ मिनेटमा रोड्रिग्वेजले गरेका थिए । ...
विश्वकप छनौट खेलमा जर्मनीको लगातार दोस्रो जित

विश्वकप छनौट खेलमा जर्मनीको लगातार दोस्रो जित

खेलकुद
कतार विश्वकपको छनौट खेलमा जर्मनीले लगातार दोस्रो जित दर्ता गरेको छ। युरोपेली क्षेत्रको छनौट अन्तर्गत आइतबार राति भएको खेलमा जर्मनीले रोमानियालाई १–० ले पराजित गरेको हो । लगातार दुई खेलमा जित निकालेको जर्मनी ६ अंकसहित समूहको शीर्ष स्थानमा छ ।
कतार विश्वकप छनौट खेलमा डेनमार्कको शानदार जित

कतार विश्वकप छनौट खेलमा डेनमार्कको शानदार जित

खेलकुद
कतार विश्वकप २०२२ को छनौट अन्तर्गत डेनमार्कले शानदार जित दर्ता गरेको छ। युरोपेली क्षेत्रको छनौट अन्तर्गत आइतबार राति भएको समूह एफ अन्तर्गतको खेलमा डेनमार्कले माल्डोभालाई ८–० ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा पहिलो हाफमा पाँच गोल गरेको डेनमार्कले दोस्रो हाफमा तीन गोल गरेको हो ।
भेनस नेसनल कलेजकी रजनी श्रेष्ठलाइ सुन्ताखान युवा क्लब द्वारा आयोजित प्रथम वडा अध्यक्ष कप खुल्ला दौडको महिला तर्फको उपाधि

भेनस नेसनल कलेजकी रजनी श्रेष्ठलाइ सुन्ताखान युवा क्लब द्वारा आयोजित प्रथम वडा अध्यक्ष कप खुल्ला दौडको महिला तर्फको उपाधि

खेलकुद
गोकर्णेश्वर नगरपालिका वडा नं ३ मा रहेको सुन्ताखान युवा क्लबको आयोजनामा प्रथम वडा अध्यक्ष  महिला पुरुष खुल्ला दौड कप प्रतियोगिता  सम्पन्न भएको छ  ।कोभिड–१९ का कारण सुस्ताएको पर्यटकीय गतिविधि चलायमान बनाउन ,नगरपालिकाका पर्यटकीयस्थलको प्रवर्धन  गर्नुको साथै खेलकुद मार्फत युवा पुस्तालाई सकारात्मक कार्यतर्फ प्रेरित गर्ने उद्देश्यले  आयोजित प्रतियोगीता  महिला तर्फको उपाधि भेनस  नेसनल कलेज कक्षा ११ मा अध्ययनरत बिद्यार्थी रजनी श्रेष्ठले जितेकी  छिन । शनिबार सम्पन्न उक्त प्रतियोगितामा करिब ४ किलोमीटर दौड १६ मिनेट ८ सेकेन्डमा पुरा गर्दै उपाधि  हात पारेकी हुन जित संगै उनले नगद रु १० हजार ट्रफी मेडल र प्रमाणपत्र हात पारेकी छिन।  त्यसै गरि प्रतियोगितामा महिला तर्फ नै १७ मिनेट ७ सेकेन्डमा दौड पुरा गर्दै कमला पुरी दितीय र १७ मिनेट ७ सेकेन्डमा दौड ...
स्पेनिस ला लिगा फुटबल अन्तर्गत रियल मड्रिडले सेल्टा डी भिगोलाई ३–१ ले पराजित

स्पेनिस ला लिगा फुटबल अन्तर्गत रियल मड्रिडले सेल्टा डी भिगोलाई ३–१ ले पराजित

अन्तराष्ट्रिय, खेलकुद, समाचार
स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा रियल मड्रिड विजयी भएको छ । अवे मैदानमा भएको खेलमा सेल्टा डी भिगोलाई ३–१ ले पराजित गरेको हो । उपाधी होडमा एथ्लेटिको मड्रिडलाई दबाब दिँदै आएको रियल मड्रिडका लागि केरिम बेन्जिमाले दुई तथा मार्को एसेन्सिओले एक गोल गरे । जितपछि दोस्रो स्थानको रियल मड्रिडको २८ खेलबाट ६० अंक भएको छ । ...
दशरथ रंगशालामा आयोजना हुने त्रिदेशीय फुटबल प्रतियोगिताका लागि टिकट दर तोकियो

दशरथ रंगशालामा आयोजना हुने त्रिदेशीय फुटबल प्रतियोगिताका लागि टिकट दर तोकियो

खेलकुद
यही चैत १० देखि १६ गतेसम्म काठमाडौंको दशरथ रंगशालामा आयोजना हुने त्रिदेशीय फुटबल प्रतियोगिताका लागि टिकट दर तोकिएको छ । नेपाल, बंगलादेश र कीर्गिस्तान सहभागी प्रतियोगिताका खेल हेर्न जनरलतर्फ सात सय र भीआईपीतर्फ १५ सय रुपैयाँ टिकट तोकिएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । एन्फाले जनरल तर्फ सात सय रुपैयाँका दरले १० हजार ५०० र भीआईपीतर्फ १५ सय रुपैयाँका दरले १५०० वटा टिकट बिक्री गरिने लक्ष्य रहेको जनाएको छ । एन्फाका अनुसार प्रतियोगिता सञ्चालन गर्न १ करोड रुपैयाँ खर्च लाग्ने र टिकट बिक्री तथा टेलिभिजन प्रशारण अनुमति बिक्रीबाट १ करोड ५० लाख आम्दानी गर्ने लक्ष्य रहेको छ । एन्फाको आयोजनामा दशरथ रंगशालामा हुने प्रतियोगितामा आयोजक नेपाल सहित बङलादेश र किर्गिस्तानको सहभागिता रहेको छ । समुह चरणमा शिर्ष दुईमा पुग्ने टोलीले मार्च २९ मा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । लिग चरणका तीनवटै खेलस...
हेटौँडामा अवस्थित क्याम्पाडाँडा नजिकको खेलमैदानलाई मिनी रङ्गशाला बनाउने

हेटौँडामा अवस्थित क्याम्पाडाँडा नजिकको खेलमैदानलाई मिनी रङ्गशाला बनाउने

खेलकुद, समाचार
 वाग्मती प्रदेशको राजधानी हेटौँडा बजारमा अवस्थित क्याम्पाडाँडा नजिकको खेलमैदानलाई मिनी रङ्गशाला बनाउने काम थालिएको छ। खेलमैदानको वरपर आठ लेनको ४०० मिटर लामो एथलेटिक्स ट्र्याक निर्माण शुरु भएको हो । ट्र्याक निर्माणका लागि हेटौँडा उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०७७/७८ मा रु ११ लाख बजेट उपलब्ध गराएको छ। मकवानपुरमा एथ्लेटिक्स ट्र्याक हालसम्म निर्माण भएको थिएन। यसअघि जिल्ला एथलेटिक्स सङ्घ मकवानपुरले हुप्रचौरभित्र ट्र्याक निर्माण गर्ने नाममा केही रकम खर्च गरेर योजना बीचैमा अलपत्र बनाएको थियो। अब क्याम्पाचौरमा एथलेटिक्स ट्र्याक निर्माणले पूर्णता पाउने हेटौँडा–५ का वडाध्यक्ष राजेश बानियाँले जानकारी दिए। यस वर्ष प्यारापिटको जग निर्माण गरिसक्ने र आगामी वर्ष माथिल्लो भाग निर्माण सक्ने योजना छ। प्यारापिट निर्माणका लागि आगामी वर्ष उपयुक्त बजेट उपलब्ध गराइने हेटौँडा उपमहानगरपालिकाका प्रम...