बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

भेनस नेसनल कलेजकी रजनी श्रेष्ठलाइ सुन्ताखान युवा क्लब द्वारा आयोजित प्रथम वडा अध्यक्ष कप खुल्ला दौडको महिला तर्फको उपाधि

गोकर्णेश्वर नगरपालिका वडा नं ३ मा रहेको सुन्ताखान युवा क्लबको आयोजनामा प्रथम वडा अध्यक्ष  महिला पुरुष खुल्ला दौड कप प्रतियोगिता  सम्पन्न भएको छ  ।कोभिड–१९ का कारण सुस्ताएको पर्यटकीय गतिविधि चलायमान बनाउन ,नगरपालिकाका पर्यटकीयस्थलको प्रवर्धन  गर्नुको साथै खेलकुद मार्फत युवा पुस्तालाई सकारात्मक कार्यतर्फ प्रेरित गर्ने उद्देश्यले  आयोजित प्रतियोगीता  महिला तर्फको उपाधि भेनस  नेसनल कलेज कक्षा ११ मा अध्ययनरत बिद्यार्थी रजनी श्रेष्ठले जितेकी  छिन ।

शनिबार सम्पन्न उक्त प्रतियोगितामा करिब ४ किलोमीटर दौड १६ मिनेट ८ सेकेन्डमा पुरा गर्दै उपाधि  हात पारेकी हुन जित संगै उनले नगद रु १० हजार ट्रफी मेडल र प्रमाणपत्र हात पारेकी छिन।  त्यसै गरि प्रतियोगितामा महिला तर्फ नै १७ मिनेट ७ सेकेन्डमा दौड पुरा गर्दै कमला पुरी दितीय र १७ मिनेट ७ सेकेन्डमा दौड पुरा गर्दै सुजाता पुरीले तृतीय स्थान हासिल गर्दै नगद पुरस्कार  क्रमश रु ५ हजार र तीन हजार सहित ट्रफी र मेडल प्राप्त गरेका छन  महिला तर्फ कुल २४ जनाले सहभागिता जनाएका थिए ।

 उनलाई प्रतियोगिताका प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे उप प्रमुख शान्ति नेपाल, नगरपालिका प्रमुख सल्लाहकार दिपक रिसाल, नगरपालिका खेलकुद संयोजक संजय लामा, गोकर्णेश्वर नगरपालिका वडा नं ३ का वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारी र आयोजक  संस्था सुन्ताखान युवा क्लबका अध्यक्ष हरिबोल बिष्टले पुरस्कार वितरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *