पोर्चुगलले विश्वकप २०२२ को छनौट अन्तर्गत मंगलबार राति भएको खेलमा जित दर्ता गरेको छ ।
अबे मैदानमा भएको खेलमा युरोपेली क्षेत्रको छनौट अन्तर्गत समूह ए को खेलमा पोर्चुगलले लग्जेम्बर्गलाई ३–१ ले पराजित गरेको हो ।
पोर्चुगलका लागि डिओगो जोटा, क्रिष्टियानो रोनाल्डो र पालहिन्हा गोन्काल्भेसले गोल गरे । लग्जेम्बर्गका लागि एक मात्रै गोल ३० औँ मिनेटमा रोड्रिग्वेजले गरेका थिए ।
