नेपाल धितोपत्र बोर्ड मध्य भोटेकोसी जलविद्युत् कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको छ।

बोर्डले यही वैशाख ५ गते कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको हो।

कम्पनीले गत माघ ७ गते प्रतिकित्ता १०० रुपैयाँअंकित मूल्यको १ अर्ब ५० करोड रुपैयाँ बराबरको १ करोड ५० लाख कित्ता साधारण सेयर निष्कासनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको थियो।

त्यस अनुसार कम्पनीले आयोजना प्रभावित र सर्वसाधारणको लागि १ करोड ५० लाख कित्ता अर्थात १ अर्ब ५० करोड रुपैयाँ बराबरको शेयर निष्काशन गर्नेछ। यो कम्पनीको चुक्ता पूँजीको २५ प्रतिशत हो।

कम्पनीले चुक्ता पूँजीको १० प्रतिशत अर्थात ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर सिन्धुपाल्चोकका स्थानीयबासीलाई निष्काशन गर्ने छ भने सर्वसाधारणमा १५ प्रतिशत अर्थात ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता शेयर निष्काशन गर्नेछ।

कम्पनीले उक्त शेयर प्रत्याभूतिका लागि नागरिक लगानी कोषसँग सम्झौता गरिसकेको छ।

यस अघि कम्पनीले कर्मचारी सञ्चयकोषमा रकम सञ्चय गर्ने सञ्चयकर्ता, संस्थापक कम्पनी तथा ऋणदाता संस्थाका कर्मचारीहरुको लागि १ करोड ४४ लाख कित्ता शेयर निष्काशन गरिसकेको छ। सो शेयर कम्पनीले २०७५ पुस ४ गते बाँडफाँट गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here