शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

अपराध

सुर्खेतको भेरीगङ्गामा पाँच जुवाडे पक्राउ

सुर्खेतको भेरीगङ्गामा पाँच जुवाडे पक्राउ

अपराध, समाचार, समाज
सुर्खेत — १५, माघ । इलाका प्रहरी कार्यालय छिन्चुले गएराति भेरीगङ्गा नगरपालिका–१० टोलीखोला पुल नजिकको कटेजको जुवाखालबाट पाँच जुवाडे पक्राउ गरेको छ । नगद रु ४१ हजार ९०० सहित उनीहरुलार्इ नियन्त्रणमा लिई कानूनबमोजिम कारवाहीका लागि अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरी नायब उपरीक्षक दीपेन्द्रबहादुर क्षेत्रीले जानकारी दिए । त्यसैगरी प्रहरीले सोमबार लागुऔषधसहित वीरेन्द्रनगर नगरपालिका–६ राधाकृष्ण मन्दिर नजिकबाट १९ वर्षीय समित अन्सारीलाई पक्राउ गरेको छ । (रासस)...
झापाको बिर्तामोडबाट दुई जना लागुऔषध सहित पक्राउ

झापाको बिर्तामोडबाट दुई जना लागुऔषध सहित पक्राउ

अपराध, समाचार, समाज
झापा — १५, माघ । लागुऔषध बेचबिखन गर्ने दुई जनालाई बिर्तामोडबाट प्रहरीले पक्राउ गरेको छ । अर्जुनधारा नगरपालिका–११ का ३५ वर्षीय विनोद श्रेष्ठ (प्रधान) र सोही स्थानका ३२ वर्षीय दिनेश प्रधान लागुऔषध सहित पक्राउ परेका छन् । लागुऔषध बेचबिखन गर्ने गरेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बिर्तामोडको प्रहरी टोली श्रेष्ठको खोजीमा निस्किएको थियो । श्रेष्ठको डेराको तलासी लिँदा ‘इस्काफ’ लेखेको भरी बोतल ३३ थान, ‘डायलेक्स–डिसी’ लेखेको भरी बोतल १३ थान, ‘नाइट्राभेट–१०’ लेखेको १९२ चक्की, डाईजेपाम, फेनागरन र लुपिजेसिक ७५ सेट बरामद गरिएकोको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । लागुऔषध बिक्रि वितरणमा संलग्न दुबैलाई झापा जिल्ला अदालत भद्रपुरबाट म्याद थप गरी विस्तृत अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।...
३३ किलो सुन तस्करीमा सघाउने कर्मचारीसँग १४ करोड अकुत सम्पत्ति, अख्तियारद्वारा मुद्दा दायर

३३ किलो सुन तस्करीमा सघाउने कर्मचारीसँग १४ करोड अकुत सम्पत्ति, अख्तियारद्वारा मुद्दा दायर

अपराध, समाचार, समाज
काठमाडौं — १५, माघ । ३३ किलो सुन तस्कर प्रकरणमा पक्राउ परेका त्रिभुवन अन्तराष्ट्रिय भन्सार कार्यालयका रेडियो अपरेटरले १४ करोड भन्दा धेरै अकुत सम्पत्ति आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । हाल निलम्बनमा परेका रेडियो अपरेटर श्यामकृष्ण च्यामु श्रेष्ठविरुद्ध मंगलबार बिशेष अदालतमा मुद्दा दायर भएको हो । उनले १४ करोड ६१ लाख २४ हजार चार सय ७८ रुपैयाँ अकुत आर्जन गरेको भन्दै आयोगले मुद्दा दायर गरेको हो । उनकी जेठी श्रीमती तारादेवी श्रेष्ठ, कान्छी श्रीमती रेखा श्रेष्ठ, बुवा ज्ञानकृष्ण श्रेष्ठ, आमा चन्द्रदेवी च्वामु श्रेष्ठ, भाइ रामकृष्ण श्रेष्ठ र भाइ बुहारी रविना प्रधानाङ्गको नाममा रहेको सम्पत्ति समेत गैर कानूनी रुपमा आर्जन गरेको भन्दै उनीहरुविरुद्ध समेत मुद्दा दायर भएको छ । रेडियो अपरेटर श्रेष्ठलाई दुईवर्षअघि सिआईबीले पक्राउ गरी मुद्दा चलाएको थियो । ...
निर्मला हत्या प्रकरणमा हामी निर्दोष छौँ : बम दिदीबहिनी

निर्मला हत्या प्रकरणमा हामी निर्दोष छौँ : बम दिदीबहिनी

अपराध, समाचार, समाज
काठमाडौं — १४, माघ । निर्मला पन्त हत्या प्रकरणमा शंकाको घेरामा रहेका बम दिदीबहिनीले आफूहरु निर्दोष भएको दाबी गरेका छन् । रिपोर्टर्स क्लबमा सोमबार आयोजना गरिएको पत्रकार सम्मेलनमा दिदीबहिनी बविता र रोशनी बमले मानव अधिकारकर्मी इन्द्रप्रसाद अर्यालले आफूहरु तथा छरछिमेकीसँग सोधपुछ नै नगरी झुठो प्रतिवेदन तयार गरेको भन्दै उनीमाथि कारवाही गर्नुपर्ने माग गरे । मानव अधिकारकर्मीको झूठो प्रतिवेदन र सञ्चारमाध्यमले निर्मला पन्तको हत्यामा आफूहरुको संलग्नतालाई जोडेर समाचार सम्प्रेषण गरेका कारण आफूहरु मानसिकरुपमा पीडित भएको बम दिदीबहिनीले बताए। दिदी बविता बमले मानव अधिकारकर्मीको गलत प्रतिवेदन तथा सञ्चारमाध्यमको समाचारका कारण आफूहरुको चरित्र हत्या भएको भन्दै विद्यालय जान तथा हिँडडुल गर्ने अवस्थासमेत नभएको गुनासो गरिन्। बहिनी रोशनी बमले आफूहरु निर्दोष रहेको बताउँदै साथीको नाताले निर्मला पन्त गृहकार्...
मोरङको विराट चोकमा टिपर ठक्करबाट बालिकाको मृत्युपछि तनाव, स्थानीय प्रशासनद्वारा निषेधाज्ञा जारी

मोरङको विराट चोकमा टिपर ठक्करबाट बालिकाको मृत्युपछि तनाव, स्थानीय प्रशासनद्वारा निषेधाज्ञा जारी

अपराध, समाचार, समाज
विराटनगर — १४, माघ । टिपरको ठक्करले ११ वर्षीया बालिकाको घटनास्थलमै मृत्यु भएपछि सोमबार बिहानदेखि मोरङको विराटचोक तनावग्रस्त बनेको छ । त्यहाँ अहिले स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । गिट्टि–बालुवा बोकेर विराटनगर आउँदै गरेको ना ३३ ख ३३५५ नम्बरको ट्रिपरको ठक्करले सुन्दर हरैंचा नगरपालिका ११ की लक्ष्मी ढकालको घटनास्थलमै मृत्युभएपछि आक्रोशित स्थानीयवासीले ठक्कर दिने टिपरसहित अन्य ७ वटालाई आगो लगाएपछि स्थिति तनावग्रस्त बनेको हो। आगो निभाउन पुगेका दमकललाई समेत स्थानीयवासीले अवरोध गरेपछि दमकल फर्किएका थिए। प्रहरीले स्थिति नियन्त्रणमा लिन नसकेपछि स्थानीय प्रशासनले पूर्वमा सुकुना बजार, पश्चिममा बुधवार बजार, उत्तरमा विराटचोक र दक्षीणमा बेलेपुर क्षेत्रको बीच भागमा ११ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ। निषेधाज्ञा जारी भएपनि आक्रोशित समूह बालिकाको शव सडकमै राखेर धर्नामा ब...
निर्मलाको ‘भेजाइनल स्वाब’ सँग आमा दुर्गा पन्तको डिएनए मिल्यो

निर्मलाको ‘भेजाइनल स्वाब’ सँग आमा दुर्गा पन्तको डिएनए मिल्यो

अपराध, समाचार, समाज
कञ्चनपुर — १४, माघ । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्त र उनकी आमा दुर्गा पन्तको डिएनए म्याच भएको छ । निर्मलाकी आमाले २५ पुसमा डिएनए म्याचका लागि रगत दिएकी थिइन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख कुवेर सिंह कडायतले निर्मलाकाे ‘भजाइनल स्वाब’ सँग उनकी आमाको डिएनए म्याच भएको बताए । उनका अनुसार निर्मलाकी आमा दुर्गाबाट संकलन गरिएको नमूना राष्ट्रिय विधि विज्ञान प्रयोगशाला काठमाडौं पठाइएको थियो । मृतक निर्मलाको योनीबाट निकालिएको ‘भजाइनल स्वाब’ निर्मलाकै हो वा होइन भन्ने कुरा उठेपछि उनकी आमाले डिएनए म्याचका लागि रगत दिएकी थिइन् । सोमबार प्रयोगशालाबाट डिएनए टेस्टको रिपोर्ट आएको हो । एसपी कडायतले प्रहरीप्रति यसअघि गरिएको शंका अब भने दुर भएको बताए । कडायतका अनुसार 'भजाइनल स्वाब' निर्मलाको योनीबाट निकालिएको हो वा होइन भन्ने यकिन गर्नका लागि जिल्ला प...
कर्तव्य ज्यान मुद्दाका पाँच वर्षदेखि फरार एक अभियुक्त पक्राउ

कर्तव्य ज्यान मुद्दाका पाँच वर्षदेखि फरार एक अभियुक्त पक्राउ

अपराध, समाचार
काठमाडौं — १४, माघ । प्रहरीले कर्तव्य ज्यान मुद्दामा पाँच वर्षदेखि फरार रहेका एक अभियुक्तलाई पक्राउ गरेको छ । आठराई गाउँपालिका–७, थोक्लुङका ५० वर्षीय उमानाथ बुढाथोकीको हत्यामा सम्लग्न भएको आरोपमा अदालतले दोषी ठहर्याएका मोरङ डाँगीहाटका २५ वर्षीय मिलन ओझालाई प्रहरीले पक्राउ गरेको हो । उनलाई काठमाडौंबाट पक्राउ गरी तेह्रथुम ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक नारायण गौतमले जानकारी दिए । ओझासहित केही व्यक्तिले २०७० कात्तिक १८ गते थोक्लुङका बुढाथोकीलाई धारिलो हतियार प्रयोग गरी कुटपिट गरेका थिए । बुढाथोकीको उपचारका क्रममा कात्तिक २३ गते मृत्यु भएको थियो । बुढाथोकीका छोरा वीरबहादुरको किटानी जाहेरीका आधारमा प्रहरीेले कात्तिक २४ गते उजुरी दर्ता गरेको थियो । ओझालाई तेह्रथुम जिल्ला अदालतले २० वर्ष कैद सजाय तोकेको छ । उनलाई सोमबार जिल्ला अदालतमा बुझाउने तयारी रहेको प...
प्रहरीको इन्काउन्टर, ‘मोस्ट वान्टेड’ सूचीमा रहेका दिपेन्द्र चौधरीको मृत्यु

प्रहरीको इन्काउन्टर, ‘मोस्ट वान्टेड’ सूचीमा रहेका दिपेन्द्र चौधरीको मृत्यु

अपराध, समाचार, समाज
माघ—९, राजविराज । सप्तरी जिल्लामा बुधबार बिहान प्रहरी कारबाहीमा एकजना मारिएका छन् । जिल्ला प्रहरी प्रमुख एसपी राजेन्द्र बिष्टका अनुसार प्रहरीको हत्या लगायतका बिभिन्न आपराधिक घटनामा संलग्न रहेका सप्तरी कडोरवनाका ३५ वर्षीय दिपेन्द्र चौधरी प्रहरी कारवाहीमा मारिएका हुन् । नियमित गस्तीमा राजविराजबाट रुपनीतर्फ गइरहेको प्रहरी टोलीमाथि रुपनीबाट राजविराजतर्फ आइरहेका मोटरसाइकलमा सवार ब्यक्तिले गोली प्रहार गरेपछि आत्मरक्षाका लागि प्रहरीले गोली चलाउँदा पछाडि बसेका चौधरीको घटनास्थलमै मृत्यु भएको एसपी बिष्टले जानकारी दिए। मोटरसाइकल चलाइरहेका अर्का ब्यक्ति भने अध्यारोको फाइदा उठाउँदै भागेको उनले बताए। प्रहरी कारवाहीमा मारिएका चौधरी सप्तरीको झुटकी प्रहरी चौकीका असई रेसम सुब्बाको गोली हानी हत्या, इलाका प्रहरी कार्यालय कडोरवनाको गाडीलाई लक्षित गरि बम बिस्फोट लगायतका घटनामा संलग्न रहनुका साथै साता अ...
भट्ट हत्या प्रकरणमा फराररहेका दुईजना पक्राउ

भट्ट हत्या प्रकरणमा फराररहेका दुईजना पक्राउ

अपराध, समाचार, समाज
माघ-८, कैलाली कैलालीको गोदावरी नगरपालिकाको अत्तरियामा २० वर्षीय युवक अरुण भट्टको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले थप दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलाली गोदावरी नगरपालिका–२ बस्ने १९ वर्षीय विरेन्द्र शाह र र २० वर्षीय प्रमेश मगर रहेका छन । मगरलाई धनगढी र शाहलाई गोदावरी नगरपालिका–२ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक आभूषण तिम्सिनाले जनाएका छन । उनका अनुसार मगर र शाहले भट्टलाई धारिलो हतियार प्रहार गरी फरार रहेको अभियोगको पक्राउ गरिएको हो । यसअघि नै प्रहरीले मुख्य अभियुक्तसहित चार जनालाई पक्राउ गरिसकेको छ । यसअघि पक्राउ पर्नेमा मुख्य अभियुक्त गोदावरी नगरपालिका–२ शिवशक्ति टोलका २१ वर्षीय विनोद ऐर, सहयोगीको भूमिका निर्वाह गरेको आरोपमा प्रहरीले धनगढी उपमहानगरपालिका–३ बोडाडाडीका २२ वर्षीय डेविटसिंह ऐर, भजनी नगरपालिका–२ घर भइ हाल धनगढी–...
बञ्चरो प्रहारगरी श्रीमतीको हत्या पश्चात श्रीमानले गरे आत्महत्या

बञ्चरो प्रहारगरी श्रीमतीको हत्या पश्चात श्रीमानले गरे आत्महत्या

अपराध, समाचार, समाज
माघ—६, कैलाली । कैलालीको जानकी गाउँपालिका–७ स्थित गोलौरीमा प्रेमलाल चौधरीले आफ्नै श्रीमतीको हत्या गरी आत्महत्या गरेका छन् । आज बिहान ३५ वर्षिय प्रेमलालले ३२ वर्षिया श्रीमती रमा चौधरीकोे टाउकोमा दुई पटक बञ्चरो प्रहार गरेपछि घरको बार्दलीमा झुण्डिएर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी प्रमुख डीएसपी शिवबहादुर सिंहले जनाएका छन । घरको बार्दलीमा पासो लगाई झुण्डिएर छट्पटाई रहेको देखेपछि छिमेकीले पासो काटेर उपचारका लागि अस्पतालसम्म पुर्‍याए पनि अस्पतालले प्रेमलाललाई मृत घोषणा गरेको थियो । घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...