शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

अपराध

डीएनए परीक्षणका लागि प्रहरीले स्थानीयको रगत संकलन गरेपछि छिमेकी रिसाए— निर्मला पन्तकी आमा

डीएनए परीक्षणका लागि प्रहरीले स्थानीयको रगत संकलन गरेपछि छिमेकी रिसाए— निर्मला पन्तकी आमा

अपराध, समाचार, समाज
माघ—६, कञ्चनपुर। कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्याबारे छानबिन गर्न प्रहरीले डीएनए परीक्षणका लागि स्थानीयको रगत संकलन गर्न थालेपछि छिमेकी रुष्ट बनेका छन् । प्रहरीले रगत संकलन गर्न थालेसँगै निर्मलाका परिवारसँग छिमेकीको सम्बन्ध चिसिँदै गएको हो । घटनाको सुरुवातदेखि नै सहयोग गर्दै आएकामाथि नै शंका गर्दै प्रहरीले डीएनए परीक्षणका लागि रगत संकलन गर्न थालेपछि निर्मलाकी आमासँग छिमेकी रुष्ट भएका हुन् । आमाले नै नाम दिएकाले प्रहरीले आफूहरुको डीएनए परीक्षण गर्न रगत संकलन गरेको छिमेकीको आरोप छ । निर्मलाकी आमा दुर्गादेवी पन्तले प्रहरीले रगत संकलन गरेपछि छिमेकीहरु आफूसँग रुष्ट बनेको गुनासो गरिन् । ‘सुरुमै प्रहरीको लापरवाहीका कारण अहिलेसम्म दोषी पत्ता लाग्न सकेन, उनले भनिन्, ‘दोषी पत्ता लगाउन भन्दै प्रहरीले स्थानीय युवाको रगत संकलन गरेपछि छिमेकीहरु मसँग रुष्ट हुन थाले, मैले नै न...
विजौरी सामूहिक बलात्कार काण्डका मुख्य दोषी विष्णु चौधरी १० वर्षपछि पक्राउ

विजौरी सामूहिक बलात्कार काण्डका मुख्य दोषी विष्णु चौधरी १० वर्षपछि पक्राउ

अपराध, समाचार, समाज
माघ—४, काठमाडौं । सामूहिक बलात्कार काण्डका मुख्य दोषी विष्णु चौधरी पक्राउ दाङको बिजौरीमा १० वर्षअघि भएको सामूहिक बलात्कार काण्डका मुख्य दोषी बिहीबार पक्राउ परेका छन् । सर्वोच्च अदालतबाट २०७२ फागुन ३० गते फैसला भई ९ वर्ष ११ महिना २ दिन कैद सजाय र ५० हजार जरिवाना तोकिएका तुलसीपुर उपमहानगरपालिका १८ बिजौरीका ३१ वर्षीय विष्णु चौधरीलाई पक्राउ गरी जिल्ला अदालतमार्फत घोराही कारागार चलान गरिएको जिल्ला प्रहरीले जानकारी दिएको छ । २०६५ चैत १५ गते गढवाकी १७ वर्षीया कल्पना खनालमाथि सामूहिक बलात्कार भएपछि उनको ८४ औं दिनमा उपचारका क्रममा मृत्यु भएको थियो । तुलसीपुर आफन्तलाई भेट्न गएकी खनाल नेपाल बन्दका कारण हिड्दै आइरहेको अवस्थामा तुलसीपुर उपमहानगरपालिका १८ बिजौरीमा केही युवाहरुले नियन्त्रणमा लिई रातभर बलात्कार गरेका थिए । अदालतको फैसलापछि फरार भनिए पनि राजनीतिक शक्तिको आडमा खुलारुपमा हिडिर...
सिरहामा प्रहरीद्वारा गोली प्रहार गरी एक युवा नियन्त्रणमा

सिरहामा प्रहरीद्वारा गोली प्रहार गरी एक युवा नियन्त्रणमा

अपराध, समाचार
माघ—४, सिरहा सिरहा–१५ सुकसैनामा प्रहरीले गोली प्रहार गरी एक युवालाई पक्राउ गरेको छ । प्रहरीसँग जम्काभेट भएपछि नगरपालिका–९ का २९ वर्षीय प्रमोद यादवलाई गोली प्रहार गरी नियन्त्रणमा लिइएको सिरहाका प्रहरी उपरीक्षक जीवन श्रेष्ठले जनाएका छन । उनको साथबाट कटुवा पेस्तोलसमेत बरामद भएकाे प्रहरीले जनाएकाे छ। यादवविरुद्ध हातहतियार र बिभिन्न आपराधिक घटनामा संलग्न रहेको उजुरी छन्।...
अगरबत्तीको प्याकेटभित्र लुकाएर चरेसको व्यापार, प्रहरीद्वारा १५ किलो ५०० ग्राम चरेस वरामद

अगरबत्तीको प्याकेटभित्र लुकाएर चरेसको व्यापार, प्रहरीद्वारा १५ किलो ५०० ग्राम चरेस वरामद

अपराध, समाचार, समाज
काठमाडौँ, माघ— ३ अगरबत्तीको प्याकेटभित्र हालेर चरेसको व्यापार हुने गरेको तथ्य बुधबार सार्वजनिक गरिएको छ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले लामा अगरबत्तीको प्याकेटभित्र लुकाएर हङकङ पठाउन लागिएको अवस्थामा १५ किलो ५०० ग्राम चरेससहित एक महिलालाई पक्राउ गरेपछि उक्त तथ्य बाहिर आएको छ । पक्राउ पर्नेमा नुवाकोटकी २९ वर्षीय कान्छीमाया घले रहेको ब्यूरोका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिए । दुईओटा ठूलो प्याकेटमा अगरबत्ती राखेर वैदेशिक भन्सार हुलाक कार्यालय सुन्धाराबाट हङकङ पठाउनेक्रममा बुधबार सोे चरेस फेलापरेको हो । ‘प्याकेट जोख्दा अस्वाभाविक तौल फेलापरेपछि कर्मचारीले खबर गर्नुभयो । तत्कालै गएर अनुसन्धान गर्दा प्याकेटभित्र कागजमा बेरेर भित्र चरेस र बाहिर अगरबत्ती फेलापर्‍यो’–जोशीले रासससँग भने । मेसिनले पेलेर पातलो बनाइ कागजमा बेरेर राखिएको अवस्थामा चरेससहित १४...
१३ वर्षीया धर्मपुत्रीको बलात्कार र हत्या गरेका राईलाई जन्मकैद

१३ वर्षीया धर्मपुत्रीको बलात्कार र हत्या गरेका राईलाई जन्मकैद

अपराध, समाचार, समाज
धरान, माघ १ । धरान उपमहानगरपालिका–१६ की १३ वर्षीया बालिका अनुषा राईका हत्यारालाई जन्मकैद फैसला गरिएको छ । जबर्जस्ती करणी तथा कर्तव्य ज्यान मुद्दामा उनका धर्मपिता बलिमान राई तथा राईकी श्रीमती पदमकुमारी राईलाई जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको हो । मुलुकी ऐन ज्यानसम्बन्धी महलअनुसार दुवै जनालाई जन्मकैदको फैसला गरिएको जिल्ला अदालतका प्रवक्ता गोपाल गिरीले जानकारी दिए । जिल्ला अदालतका न्यायाधीश खिमानन्द भुसालको एकल इजलासले राई दम्पतीलाई जन्मकैदको फैसला सुनाएको हो । अदालतले २२ महिनापछि उक्त मुद्दाको अन्तिम फैसला गरेको हो । अनुषाको २०७३ फागुन १६ गते हत्या गरिएको थियो । बलिमानले अनुषालाई धर्मपुत्रीका रूपमा पालनपोषण गर्दै आएका थिए । (रासस)...
भन्सार छलेर नेपाल ल्याइएको चौध लाख रुपैयाँ बराबरको अवैध सामानसहित दुईजना पक्राउ

भन्सार छलेर नेपाल ल्याइएको चौध लाख रुपैयाँ बराबरको अवैध सामानसहित दुईजना पक्राउ

अपराध, समाचार, समाज
कपिलवस्तु, पुस-३० । भन्सार छलेर नेपाल ल्याइएका सामानसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी गस्ती तथा चेकजाँचमा क्रममा करिब चौध लाख रुपैयाँ बराबरको समान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । मायादेवी गाउँपालिका–२, पकडी चोक नजिकै भारतबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको ३ सय ६० वटा कम्बल बरामद गरिएको छ । लु१स २९८४ नम्बरको अटो रिक्सामा ल्याउँदै गरको १ लाख ८ हजार रुपैयाँ बराबरको कम्बल बरामद गरिएको प्रहरीले जनाएको छ । उक्त सामान ल्याउन प्रयोग गरिएको १० लाख रुपैयाँ बराबरको अटो रिक्सा पनि प्रहरीले नियन्त्रणमा लिएको छ । कम्बलसँगै कपिलबस्तु शुद्धोधन गाउँपालिका–१ बस्ने बर्ष २२ को राम केवट र मायादेवी गाउँपालिका–५ बलुहवा बस्ने बर्ष २२ का सुभास चौधरी पक्राउ परेका छन् । कृष्णननगर नगरपालिका–६ भिल्मिबाट सोमबार बिहान भन्सार छली अवैधरुपमा नेपाल भित्र्याएको २...
रुपन्देहीको शंकरपुरमा तस्कर र प्रहरीबीच गोली हानाहानमा हुँदा एक जनाको मृत्यु

रुपन्देहीको शंकरपुरमा तस्कर र प्रहरीबीच गोली हानाहानमा हुँदा एक जनाको मृत्यु

अपराध, समाचार, समाज
भैरहवा, पुस- २९ । रुपन्देहीमा प्रहरी र तस्करबीच गोली हानाहान हुँदा एक तस्करको मृत्यु भएको छ । सिद्धार्थनगर नगरपालिका–१०, शंकरपुरमा गस्तीमा खटिएको प्रहरी टोलीमाथि अकस्मात् गोली प्रहार भएपछि जवाफी कारबाहीमा ती तस्करको मृत्यु भएको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक हृदय थपाले जानकारी दिए । भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका करीब ३०–३५ वर्ष उमेरका एक तस्करले प्रहरीमाथि गोली चलाएपछि तत्कालै उनीमाथै जवाफी कारबाही गरिएको प्रहरी उपरीक्षक थापाले जानकारी दिए । शव पोष्टमार्टमका लागि भीम अस्पताल, रुपन्देहीमा राखिएको छ । मृतक व्यक्ति भारतीय नागरिक हुनसक्ने प्रहरीको अनुमान छ । घटनास्थलबाट प्रहरीले अटोमेटिक लोडेड पेस्तोल तथा तस्करले प्रयोग गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकल पनि बरामद गरेको छ । तस्करले चलाएको गोली लागि एक प्रहरी जवान घाइते भएका छन् । उनको बायाँ पाखुरामा गोली ला...
बलात्कार मुद्दामा छुटेपछि ‘डिएसपी हुँ’ भन्दै ठमेल र दरबारमार्गमा आतंक मच्चाउने एक व्यक्ति पक्राउ

बलात्कार मुद्दामा छुटेपछि ‘डिएसपी हुँ’ भन्दै ठमेल र दरबारमार्गमा आतंक मच्चाउने एक व्यक्ति पक्राउ

अपराध, समाचार, समाज
काठमाडौं, पुस- २७ । ठमेल र दरबारमार्गका विभिन्न होटल रेष्टुरेण्टहरुमा ‘डिएसपी हुँ’ भन्दै परिचय पत्र देखाएर आतंक मच्चाउने एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा जबर्जस्ती करणी मुद्दामा जेल परेर गत भदौमा छुटेका ३५ वर्षीय अनिल थापा रहेका छन् । भक्तपुरको बालकोट स्थायी घर भएका थापाले नेपाल प्रहरीको ‘डिएसपी हुँ’ भन्दै भीम किरण बोगटीको नाममा जारी भएको परिचय पत्र देखाउदै आपराधिक गतिविधी गर्दै आएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । विगत १४ दिनदेखि कमलादीस्थित तिरुपती होटलको रुम नम्बर २०३ मा बसेर धाक–रवाफ देखाई विभिन्न आपराधिक गतिविधी संलग्न रहदै आएका ‘नक्कली डिएसपी’ थापालाई काठमाडौं प्रहरीको विशेष टोलीले बिहीबार साँझ पक्राउ गरेको हो । २०६९ सालमा जबर्जस्ती करणी मुद्दामा जेल परेर गत भदौमा मात्र छुटेका अनिल थापाबारे सरकारी छाप दस्तखत किर्ते मुद्दामा म्याद लिएर विस्तृत अनुसन...
‘लिटिल बुद्ध’ भनिने बम्जनको आश्रमबाट ‘महात्मा गुरु’ सोधपुछका लागि प्रहरीको नियन्त्रणमा

‘लिटिल बुद्ध’ भनिने बम्जनको आश्रमबाट ‘महात्मा गुरु’ सोधपुछका लागि प्रहरीको नियन्त्रणमा

अपराध, समाचार, समाज
काठमाडौं, पुस- २७ । बलात्कार, हत्या तथा बेपत्ताको आरोप लागेका ‘लिटिल बुद्ध’ भनिने रामबहादुर बम्जनको एक आश्रमबाट बिहीबार एक ‘महात्मा गुरु’लाई प्रहरीले नियन्त्रणमा लिएको छ । सिन्धुलीको कमलामाई नगरपालिका–८ स्थित पैरे, धापसार भन्ने स्थानमा रहेको आश्रममा सिन्धुपाल्चोकबाट आएको प्रहरीले महात्मा गुरुलाई सोधपुछका लागि नियन्त्रणमा लिएको हो । आश्रमबाट महात्मा गुरु भनिने इन्द्रबहादुर स्याङ्तानलाई सोधपुछका लागि ल्याइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले जानकारी दिए । उनले हेटौंडा घर भएका स्याङ्तानलाई सिन्धुली आश्रमबाट सामान्य सोधपुछ गर्नुपर्ने भएकाले ल्याइएको बताए । प्रहरीले सामान्य सोधपुछका लागि ल्याइएको बताएपनि अन्य जानकारी भने दिएको छैन । यसैबीच, सिन्धुपाल्चोकबाट प्रहरी नायव उपरीक्षक विमलराज कँडेलको टोली पनि सिन्धुली आइपुगेको छ । उक्त टोलीले ब...
मूर्ति चोरीको आरोपमा डोल्पाका एक वडाध्यक्ष पक्राउ

मूर्ति चोरीको आरोपमा डोल्पाका एक वडाध्यक्ष पक्राउ

अपराध, समाचार, समाज
डोल्पा, पुस- २७ । हिमाली जिल्ला डोल्पाका एक वडाध्यक्ष बुद्धमूर्ति चोरीको आरोपमा पक्राउ परेका छन् । उपल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिका–५ का वडाध्यक्ष कार्मा गुरुङलाई प्रहरीले मूर्ति चोरीको आरोपमा पक्राउ गरेको हो । शे– फोक्सुण्डो गाउँपालिका–४ स्थित राहाप गुम्बाका बुद्ध मूर्ति चोरीको आरोपमा वडाध्यक्ष गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । वडाध्यक्ष गुरुङलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले काठमाडौंको बौद्धबाटै पक्राउ गरेको हो । गुरुङ गएको स्थानीय तहको निर्वाचनमा डोल्पोबुद्ध गाउँपालिकाको वडा नं ५ को अध्यक्षमा स्वतन्त्रबाट बिजयी भएका थिए भने पार्टी एकतापछि नेकपामा प्रवेश गरेका थिए । शे–फोक्सुण्डो गाउँपालिका–४ साल्दाङस्थित राहाप गुम्बाकै बौद्ध मूर्ति चोरीको आरोपमा शे–फोक्सुण्डो गाउँपालिका–४ का ४१ वर्षीय उक्रेन पासाङ गुरुङ, डोल्पोबुद्ध गाउँपालिका–१ का ४१ वर्षीय झ्याम्पाछुल्...