शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

अन्तराष्ट्रिय

महारानी एलिजावेथ द्वितीयकाका पति फिलिप सवारी दुर्घटनामा घाइते

महारानी एलिजावेथ द्वितीयकाका पति फिलिप सवारी दुर्घटनामा घाइते

अन्तराष्ट्रिय, समाचार
माघ—४, लण्डन । बेलायतकी महारानी एलिजावेथ द्वितीयका पति फिलिप सवारी दुर्घटनामा परी घाइते भएका छन् । सवारी दुर्घटनापछि उनलाई उपचारका लागि एक अस्पतालमा लगिएको स्थानीय संचारमाध्यामहरुले जनाएका छन् । फिलिपको अवस्था खतरामुक्त रहेको बताइएको छ । उनको शरीरमा भित्री चोट नरहेको समेत चिकित्सकले जनाएका छन् । ९७ वर्षीय फिलिप सवार मोटर भने पुरै क्षतिग्रस्त भएको छ । दुर्घटनामा अन्य सवारी साधनमा पनि क्षति भएको जनाईएको छ । अन्य केही सवारी साधनका चालक र यात्रुसमेत घाइते भएको अधिकारीहरुले बताएका छन् । (एजेन्सी)...
किन भयो ‘वासिंटन पोस्ट’ को मुख्य समाचारमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राजीनामा दिएको विवरण उल्लेख ?

किन भयो ‘वासिंटन पोस्ट’ को मुख्य समाचारमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राजीनामा दिएको विवरण उल्लेख ?

अन्तराष्ट्रिय, समाचार
वासिंटन, माघ ३ । बुधबार अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउस अगाडि केही मानिसले ‘वासिंटन पोस्ट’ अखबार बाँडिरहेका थिए । उक्त अखबारको पहिलो पृष्ठमा मुख्य समाचारमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राजीनामा दिएको विवरण उल्लेख थियो । एकाबिहानै मानिसले यस्तो समाचारलाई ‘अप्रत्याशित’ मान्नु स्वाभाविकै थियो । र, समाचारको मुख्य शीर्षकमा पनि ‘अप्रत्याशित’ नै लेखिएको थियो । ‘अप्रत्याशित : ट्रम्प ह्वाइट हाउसबाट बिदा, संकट अन्त्य’ शीर्षकको उक्त समाचारले धेरैको ध्यान आकर्षित गर्‍यो । ट्रम्पका विरोधीहरुले खुशी मनाउन थाले । सामाजिक सञ्जालमार्फत समाचार भाइरल बन्यो र विदेशमा पनि ट्रम्पका विरोधीहरु खुशी देखिए । केहीबेरमा वास्तविकता उजागर भयो । कसैले वासिंटन पोस्टका नाममा नक्कल गरेर अखबार प्रकाशित गरेको रहेछ । उक्त अखबारमा मितिसमेत १ मे, २०१९ राखिएको थियो । वासिंटन पोस्टका प्रवक्ताले आ...
केन्याको राजधानी नैरोबीमा पाँचतारे होटलमा आक्रमण, ६ जनाको मृत्यु

केन्याको राजधानी नैरोबीमा पाँचतारे होटलमा आक्रमण, ६ जनाको मृत्यु

अन्तराष्ट्रिय, समाचार
नैरोबी, माघ— २ । केन्याको राजधानी नैरोबीको एक पाँचतारे होटलमा सशस्त्र समूहले गरेको आक्रमणमा परि कम्तिमा ६ जनाको मृत्यु भएको छ । राजधानी नैरोबीको वेष्टल्याण्ड क्षेत्रमा रहेको पाँचतारे होटल डुस्डिटी–टू मा अन्धाधुन्ध गोली प्रहार तथा बम बिस्फोट भएको हो । आक्रमणको जिम्मा भने सोमालियाको बिद्रोही समूह अल–शबाबले लिएको छ । रगतमा लत्तपतिएका केही मानिसहरुलाई प्रहरीले भवनबाट बाहिर निकालेको छ । अहिले भवन पूर्णरुपमा सुरक्षाकर्मीको नियन्त्रणमा रहेको त्यहाका सरकारी अधिकारीले जनाएका छन् । होटलको रेस्टुरेन्ट परिसरमै कम्तिमा पाँच जनाको ज्यान गएको सरकारी अधिकारी तथा प्रत्यक्षदर्शीले बताएका छन् । यस्तै अर्का एक जनाको अस्पतालमा उपचारको क्रममा ज्यान गएको तथा घटनामा घाइते अन्य केहीको अवस्थासमेत चिन्ताजनक रहेको त्यहाका संचारमाध्यमले जनाएका छन । घटनामा मृत्यु हुनेको संख्या अझै बढ्नसक्ने सम्भावन...
पोल्यान्डमा धारिलो हतियार प्रहार गरी गडान्स्क शहरका मेयरको हत्या

पोल्यान्डमा धारिलो हतियार प्रहार गरी गडान्स्क शहरका मेयरको हत्या

अन्तराष्ट्रिय, समाचार
काठमाडौं, माघ- १ । पोल्यान्डको गडान्स्क शहरका मेयर पावेल अडमोविजको हत्या भएको छ । मेयर पावेल माथि परोपकारी सम्बन्धी एक कार्यक्रममा सहभागी भएका बेला धारिलो हतियार प्रहार गरी हत्या भएको हो । हतियार प्रहार पश्चात ५३ वर्षीय मेयर पावेलको उपचारका क्रममा निधन भएको अधिकारीहरुले जनाएको छ । सयौं मानिस सहभागी रहेको कार्यक्रममा मेयर पावेल स्टेजमै रहेका बेला एक व्यक्तिले धारिलो हतियार प्रहार गरेका थिए । गम्भीर घाइते भएका मेयरलाई तत्काल उपचारका लागि अस्पतालमा पुर्‍याइएको थियो । अस्पतालमा पावेलको पाँच घण्टा लामो शल्यक्रिया गरिए पनि उनलाई बचाउन नसकिएको अधिकारीहरुले जनाएका छन् । घटनामा संलग्न रहेको आरोपमा २७ वर्षीय एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । उनले पत्रकारको परिचयपत्र बनाएर मेयरलाई भेट्ने क्रममा आक्रमण गरेको आरोप प्रहरीले लगाएको छ । पक्राउ परेका व्यक्ति यसअघि पनि विभिन्न ...
गत वर्ष अक्टोबरमा दुर्घटनाग्रस्त लायन एयरको दोस्रो ब्ल्याकबक्स भेटियो

गत वर्ष अक्टोबरमा दुर्घटनाग्रस्त लायन एयरको दोस्रो ब्ल्याकबक्स भेटियो

अन्तराष्ट्रिय, समाचार
जकार्ता, पुस-३० । इन्डोनेसियामा गत वर्ष अक्टोबरमा दुर्घटनाग्रस्त लायन एयरको विमानको दोस्रो ब्ल्याकबक्स भेटिएको अधिकारीहरुले बताएका छन् । उडेको केही समयभित्रै दुर्घटनामा परेको लायन एयरको उक्त नयाँ विमानसम्बन्धी तथ्य बुझ्न ब्ल्याकबक्सले सहयोग पुग्ने बताइएको छ । बोइङ ७३७ म्याक्स श्रेणीको नयाँ विमान राजधानी जकार्ताबाट उडेको १३ मिनेटमै राडारको सम्पर्कबाट बेपत्ता भएको थियो । उक्त विमान जाभाको तटीय समुद्रमा खसेको थियो । दुर्घटनामा विमानमा यात्रारत सबै १८९ जनाको मृत्यु भएको थियो । विमान उडेको केही समयपछि पाइलटले विमान पुनः जकार्ता फर्काउन लागेको बताएका थिए । इन्डोनेसियाको राष्ट्रिय यातायात सुरक्षा समितिका उपप्रमुख हारयो सातमिकोले सोमबार विहान दोस्रो ब्ल्याकबक्स भेटिएको जानकारी दिए । खोज तथा उद्धार टोलीले उक्त जहाजको फ्लाइट डाटा रेकर्डर (ब्ल्याकबक्स) फेला पारिसकेका थिए । उक्त रेकर्डर...
सुडानमा मूल्यवृद्धिको विरोधमा प्रदर्शन चर्कियो, मृतकको संख्या २२ पुग्यो

सुडानमा मूल्यवृद्धिको विरोधमा प्रदर्शन चर्कियो, मृतकको संख्या २२ पुग्यो

अन्तराष्ट्रिय, समाचार
खार्तुम, पुस- २७ । पाउरोटी र इन्धनको मूल्यवृद्धिको विरोधमा सुडानमा चर्किएको आन्दोलनमा मृत्यु हुनेको संख्या २२ पुगेको छ । सुडानी सरकारले पाउरोटीमा २ सुडानी पाउन्ड र इन्धनमा दोब्बर मूल्यवृद्धि गरेपछि एकाएक आन्दोलन चर्किएको हो । राजधानी खार्तुममा ठूलो संख्यामा भेला भएर नागरिकले प्रदर्शन गरेपछि प्रहरीले कारबाही गर्दा उनीहरुको मृत्यु भएको अन्तराष्ट्रिय संचार माध्यमहरुले बताएको छन । जनस्तरमा असर पर्ने गरी मूल्यवृद्धि गरेको भन्दै प्रदर्शनमा उत्रिएकाहरु र सुरक्षाकर्मीबीच ठाउँठाउँमा झडप हुँदा कयौं प्रदर्शनकारी घाइते भएका छन् । प्रदर्शनकारीले राष्ट्रपति ओमार अल बसिरको राजीनामाको माग गर्दै नारावाजी समेत गरेका छन् । मूल्य समायोजनको मागसहित प्रदर्शनमा उत्रेका हजारौं प्रदर्शनकारीले सरकारको विरोध गर्दै ठाउँठाउँमा सडक अबरुद्ध गर्नुका साथै सरकारी र सार्वजनिक सवारी साधनमा आगजनीसमेत गरेको त्यहाका...
कोरियाली नेता किम जोङ उन ट्रम्पसँगको वार्ताका विषयमा छलफल गर्न बख्तरबन्द रेल चढेर चीन पुगे

कोरियाली नेता किम जोङ उन ट्रम्पसँगको वार्ताका विषयमा छलफल गर्न बख्तरबन्द रेल चढेर चीन पुगे

अन्तराष्ट्रिय, समाचार
काठमाडौं, पुस- २४ उत्तर कोरियाली नेता किम जोङ उन बख्तरबन्द रेल चढेर चीन भ्रमणमा पुगेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको आगामी वार्ताका विषयमा छलफल गर्न किम चीन गएका हुन् । तीन दिने चीन भ्रमणका क्रममा उत्तर कोरियाली नेता किमले अमेरिकी राष्ट्रपतिसँग हुने आगामी वार्ताका मस्यौदामाथि चीनका राष्ट्रपति सी जिन पिङसँग छलफल गर्ने अड्कल वाजी गरिएको छ । गत जुनमा राष्ट्रपति ट्रम्पसँगको भेटवार्ता अघि पनि नेता किमले चिनियाँ राष्ट्रपतिसँग छलफल गरेका थिए । श्रीमती रि सोल जु सँगै नेता किम अति सुरक्षित मानिने बख्तरबन्द रेलबाट बेइजिङ पुगेका हुन । उत्तर कोरियाको मुख्य व्यापारिक साझेदार चीन उसको प्रमुख कूटनीतिक साझेदारको रुपमा समेत रहदै आएको छ । (एजेन्सी)...
मेक्सिको को सीमानामा पर्खाल लगाउनेमा कुनै सम्झौता हुँदैनः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प

मेक्सिको को सीमानामा पर्खाल लगाउनेमा कुनै सम्झौता हुँदैनः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प

अन्तराष्ट्रिय, समाचार
काठमाडौं, पुस– २३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोको सीमामा पर्खाल लगाउने आफ्नो मागमा कुनै सम्झौता नहुने बताएका छन् । मेक्सिकोको सीमामा पर्खाल लगाउनका लागि चाहिने ५ अर्ब ६० करोड डलर संसद्ले विनियोजन गर्नुपर्ने उनको माग छ । राष्ट्रिय सुरक्षाका लागि पर्खाल लगाउन आफूले मागेको रकम संसद्ले विनियोजन नगरे राष्ट्रिय आपतकाल लागू गर्ने चेतावनी पनि उनले दोहोर्‍याए । डेमोक्रेटिक पार्टीका सांसदहरु राष्ट्रपतिको मागमा सहमत हुन नसक्दा संसद्बाट पारित विनियोजन विधेयकमा ट्रम्पले हस्ताक्षरसमेत गरेका छैनन् । सोही कारण अहिले अमेरिकाको सरकारी काम आंशिक रुपमा ठप्प भएको छ । उनले सरकारी काम वर्षौंसम्म ठप्प पारेर भए पनि पर्खाल लगाउने आफ्नो चाहना पूरा गर्ने बताए । तर डेमोक्रेटिक सांसदहरुले भने राष्ट्रपतिको पर्खाल लगाउने चाहना अनैतिक भएको बताइरहेका छन् । राष्ट्रपति ट्रम्पले अब सरकार...
चर्चको छानामा राखिएको बम निष्कृय गर्ने क्रममा एक सुरक्षा जवानको मृत्यु

चर्चको छानामा राखिएको बम निष्कृय गर्ने क्रममा एक सुरक्षा जवानको मृत्यु

अन्तराष्ट्रिय, समाचार
इजिप्ट- पुस २२ । इजिप्टमा बम निष्कृय गर्ने क्रममा एक सुरक्षाकर्मीको मृत्यु भएको छ । इजिप्टको नसर शहरमा रहेको एक चर्चको छानामा राखिएको बम निष्कृय पार्ने क्रममा सुरक्षा जवानको को मृत्यु भएको हो । बम निष्कृय पार्नमा निकै पोख्त मानिएका मुस्तफा अविद आफ्ना सहकर्मीहरुको सहयोगमा काम गरिरहेका बेला अचानक बम विस्फोट हुँदा उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ । उक्त घटनामा अन्य तीन सुरक्षाकर्मी समेत घाइते भएका छन् । बम कसले राखेको भनेर जिम्मेवारी भने कुनै समूहले लिएको छैन । (एजेन्सी)...
अफ्रिकी मुलुक बुर्किना फासोमा जातिय हिंसा भड्किदा १३ सर्वसाधारणको मृत्यु

अफ्रिकी मुलुक बुर्किना फासोमा जातिय हिंसा भड्किदा १३ सर्वसाधारणको मृत्यु

अन्तराष्ट्रिय, समाचार
काठमाडौं, पुस-१९ । अफ्रिकी मुलुक बुर्किना फासोमा जातिय हिंसा भड्किए पछि १३ जना सर्वसाधारणको मृत्यु भएको छ । छिमेकी मुलुक मालीमा अन्तर समुदायबीच संघर्ष बढ्दै जाँदा बुर्किना फासोमा पनि त्यसको प्रभाव परेको अधिकारीहरुले जनाएका छन । मोटरसाइकलमा आएका सशस्त्र हतियारधारी व्यक्तिहरुले बार्सालोगो जिल्लास्थित यिरगौमा ६ जना सर्वसाधारणको हत्या गरेको सरकारी प्रवक्ताले जनाएका छन् । त्यसैको प्रतिशोधमाआक्रोसित सोही गाउँका मोसी जातिय समूहसँग सम्बन्ध राख्ने सात जनाको हत्या भएको सरकारी प्रवक्ताले जनाए । जिल्लाका मेयरले मृतकको संख्या अझै बढ्न सक्ने जनाएका छन् । घटनापछि बुर्किना फासोले मुलुकका सात प्रान्तका १३ प्रशासनिक क्षेत्रमा आपतकालिन अवस्थाको घोषणा गरेको छ । (एजेन्सी)...