काठमाडौं, पुस- २४

उत्तर कोरियाली नेता किम जोङ उन बख्तरबन्द रेल चढेर चीन भ्रमणमा पुगेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको आगामी वार्ताका विषयमा छलफल गर्न किम चीन गएका हुन् ।

तीन दिने चीन भ्रमणका क्रममा उत्तर कोरियाली नेता किमले अमेरिकी राष्ट्रपतिसँग हुने आगामी वार्ताका मस्यौदामाथि चीनका राष्ट्रपति सी जिन पिङसँग छलफल गर्ने अड्कल वाजी गरिएको छ ।

गत जुनमा राष्ट्रपति ट्रम्पसँगको भेटवार्ता अघि पनि नेता किमले चिनियाँ राष्ट्रपतिसँग छलफल गरेका थिए ।

श्रीमती रि सोल जु सँगै नेता किम अति सुरक्षित मानिने बख्तरबन्द रेलबाट बेइजिङ पुगेका हुन ।

उत्तर कोरियाको मुख्य व्यापारिक साझेदार चीन उसको प्रमुख कूटनीतिक साझेदारको रुपमा समेत रहदै आएको छ ।
(एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here