काठमाडौं, पुस-१९ ।
अफ्रिकी मुलुक बुर्किना फासोमा जातिय हिंसा भड्किए पछि १३ जना सर्वसाधारणको मृत्यु भएको छ ।
छिमेकी मुलुक मालीमा अन्तर समुदायबीच संघर्ष बढ्दै जाँदा बुर्किना फासोमा पनि त्यसको प्रभाव परेको अधिकारीहरुले जनाएका छन ।
मोटरसाइकलमा आएका सशस्त्र हतियारधारी व्यक्तिहरुले बार्सालोगो जिल्लास्थित यिरगौमा ६ जना सर्वसाधारणको हत्या गरेको सरकारी प्रवक्ताले जनाएका छन् ।
त्यसैको प्रतिशोधमाआक्रोसित सोही गाउँका मोसी जातिय समूहसँग सम्बन्ध राख्ने सात जनाको हत्या भएको सरकारी प्रवक्ताले जनाए ।
जिल्लाका मेयरले मृतकको संख्या अझै बढ्न सक्ने जनाएका छन् ।
घटनापछि बुर्किना फासोले मुलुकका सात प्रान्तका १३ प्रशासनिक क्षेत्रमा आपतकालिन अवस्थाको घोषणा गरेको छ ।
(एजेन्सी)
