rake bazar

काठमाडौं, पुस-१९ ।

इलाम र पाँचथरको सीमावर्ती क्षेत्रमा रहेको राँके बजार अहिले कोसेली बजारका रूपमा स्थापित हुँदै गएको छ ।

मेची राजमार्गमा यात्रुको चाप संगै सडकको पेटीमा राता अकबरे खुर्सानीले भरिएका बट्टा, नौनी घ्यु र टुक्रा पारेर राखिएका छुर्पी नाङ्लोमा फिँजाएर राखेका हुन्छन् ।

ग्राहकले गाडीबाटै मागेमा दिनको लागि ठिक्क पारिएर राखेको छुर्पीका प्याकेट पसलेको हातहातमै देखिन्छन ।

प्रतिकेजी चार सय रुपैँयामा बिक्री हुने अकबरेको व्यापार सिजनमा दैनिक ८० देखि ९० हजार रुपैयाँसम्मको हुने गरेको व्यापारीहरु बताउछन ।

इलामको एकतप्पा, आमचोकदेखि पाँचथरको पौवा सार्तापलगायतका गाउँका किसानका लागि राँके मुख्य बजारको रुपमा रहदै आएको छ ।

ताप्लेजुङको पाथिभरा घुम्न जाने पर्यटक तथा तिर्थयात्रीको संख्या बाक्लिएपछि राँकेमा व्यापार फस्टाएको हो ।

ताप्लेजुङको पाथीभरा,पौवाभञ्ज्याङ,साधुटारलगायतका क्षेत्रमा घुम्न आएका सिक्किम, दार्जिलिङ, काठमाडौं, पोखरा, विराटनगर लगायत स्थानका पर्यटक तथा तीर्थयात्रीले राँकेबाट अकबरे, घिउ, छुर्पी, ललिपप कोसेलीका रूपमा लिएर फर्किने गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here