आइत, असार ३, २०८१
Sun, June 16, 2024
Shadow

महारानी एलिजावेथ द्वितीयकाका पति फिलिप सवारी दुर्घटनामा घाइते

माघ—४, लण्डन ।

बेलायतकी महारानी एलिजावेथ द्वितीयका पति फिलिप सवारी दुर्घटनामा परी घाइते भएका छन् ।

सवारी दुर्घटनापछि उनलाई उपचारका लागि एक अस्पतालमा लगिएको स्थानीय संचारमाध्यामहरुले जनाएका छन् ।

फिलिपको अवस्था खतरामुक्त रहेको बताइएको छ । उनको शरीरमा भित्री चोट नरहेको समेत चिकित्सकले जनाएका छन् ।

९७ वर्षीय फिलिप सवार मोटर भने पुरै क्षतिग्रस्त भएको छ ।

दुर्घटनामा अन्य सवारी साधनमा पनि क्षति भएको जनाईएको छ । अन्य केही सवारी साधनका चालक र यात्रुसमेत घाइते भएको अधिकारीहरुले बताएका छन् ।
(एजेन्सी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *