आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाचार

सिके राउतसँगको सम्झौतामा सरकार अपरिपक्व : कांग्रेस नेता पौडेल

सिके राउतसँगको सम्झौतामा सरकार अपरिपक्व : कांग्रेस नेता पौडेल

राजनीति, समाचार
अर्घाखाँची — फागुन २९। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सिके राउतसँग जुन सम्झौता सरकारले गर्‍यो, त्यो अपरिपक्क खेल जस्तै भएको र सम्झौतामा उल्लेख गरिएका बुँदा हस्ताक्षर गर्ने खालको नै नभएको बताए । 'राष्ट्रिय स्वतन्त्रता र अखण्डाताको सवालमा आपत्तिजनक छ, यसमा सरकारले स्पष्ट जवाफ दिनुपर्छ,' प्रेस युनियनले सन्धिखर्कमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने । 'राउतले राष्ट्रिय अखण्डतामा माथि आँच आउने काम अब मैले कुनैपनि गर्दिनँ भन्ने हुनुपर्थ्यो, त्यो भएन, सरकारले अपरिपक्क र राष्ट्रियप्रति गम्भीर देखाएन,' उनले भने । सत्ताधारीको नियत माथि आशंका भएको छ । जनकपुरमा स्वागत गर्दा जुन प्रकारको नाराबाजी भयो, त्यो आपत्तिजनक भएको उनले बताए । प्रधानमन्त्री केपी ओली सरकारले काम गर्ने सुनौलो अवसर र मौका पाएपनि एक वर्ष खेर फालेको बताए । जनताले कम्युनिस्टलाई पत्याएर भोट दिएको तर, कम्यु...
विप्लवका नेतृत्वको नेकपाको गतिविधिलाई प्रतिबन्ध लगाएप्रति सत्तारुढ दलकै नेताहरुको विरोध

विप्लवका नेतृत्वको नेकपाको गतिविधिलाई प्रतिबन्ध लगाएप्रति सत्तारुढ दलकै नेताहरुको विरोध

राजनीति, समाचार
काठमाडौं—फागुन २९। नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका गतिविधिमाथि प्रतिबन्ध लगाउने सरकारी निर्णयको सत्तारुढ दल नेकपाकै नेताहरुले विरोध जनाउन थालेका छन् । उनीहरुले सरकारी कदम हतारमा भएको टिप्पणी पनि गरेका छन् । काठमाडौंमा आज भएको साक्षात्कारमा नेकपा नेता देवेन्द्र पौडेलले विप्लव नेतृत्वको नेकपाको गतिविधिलाई आपराधिक ठहर गर्दे प्रतिबन्ध लगाउने निर्णय हतारमा भएको टिप्पणी गरे । उनले वार्ता, सहमति र संवादबाटै समस्या सामधान गर्न सरकारसंग आग्रह गरे । उनले नेपाललाई पुनः द्वन्द्वमा फसाउने षड्यन्त्र भइरहेको भन्दै द्वन्द्वको क्रिडास्थल हुनबाट जोगाउनु पर्ने बताए । राजपाका नेता अनिल झाले समस्याको शान्तिपूर्ण समाधान निकाल्नु पर्नेमा जोड दिए । उनले विप्लवले हिंसा त्याग्नु पर्ने भन्दै सरकारलाई संवाद थाल्न आग्रह गरे । दुबै नेताहरुले हिंसाले मुलुकको हित नगर्ने ...
प्रधानमन्त्री ओलीको सनकले देश फेरि द्वन्द्वतर्फ धकेलिदै : गगन थापा

प्रधानमन्त्री ओलीको सनकले देश फेरि द्वन्द्वतर्फ धकेलिदै : गगन थापा

राजनीति, समाचार
अर्घाखाँची —फागुन २९। नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री केपी ओलीको सनकका कारण देश बिग्रन थालेको बताएका छन् । उनले प्रधानमन्त्रीको सनकले देश नचल्ने बताए । महिला संघले सन्धिखर्कमा राखेको कार्यकर्तासँगको भेटघाटमा संघीय सांसद थापाले संसदमा विपक्षी दल कांग्रेस छ भन्ने पनि हेक्का नराख्नु ओलीको लागि भुल भएको बताए । उनले देशलाई बचाइराख्न अब कांग्रेसले सशक्त भूमिका खेल्ने बताए । ‘गिरिजाबाबुको नेतृत्वमा तत्कालिन माओवादीसँग सहमति गरेर देशमा शान्ति स्थापना भयो,’ उनले भने, ‘अहिले ओलीले फेरी देशलाई अशान्ती र द्वन्द्वतर्फ धकेल्न खोजे ।’ ओली सरकारले भष्टचारलाई रोक्न नसकेको, जनताका आधारभूत आवश्यकता पुरा गर्न नसकेको र दुई तिहाइको दम्भले सरकार तानासा बन्नतर्फ लागेको उनले दाबी गरे । ‘ओली सरकार चलाउन असफल भैसके,’ उनले भने । (कान्तिपुर दैनिक)...
नेत्रविक्रम चन्दका गतिविधि माथि सरकारले लगायो प्रतिबन्ध

नेत्रविक्रम चन्दका गतिविधि माथि सरकारले लगायो प्रतिबन्ध

राजनीति, समाचार
काठमाडौं—फागुन २९। सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका गतिविधिलाई आपराधिक ठहर गर्दै त्यसलाई नियन्त्रण गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबार साँझ बसेको बैठकमा गृहमन्त्री रामबहादुर थापाले चन्द समूहका गतिविधि आपराधिक भएकाले नियन्त्रण गर्नुपर्ने ठाडो प्रस्ताव लगेका थिए । उक्त समूह राजनीतिक उद्देश्यभन्दा हिंसात्मक र आपराधिक ढंगले अघि बढेकाले कानुनी प्रक्रियाबाट नियन्त्रण गर्नुपर्ने निष्कर्ष बैठकले निकालेको हो । ‘वार्तामा आउन पटक–पटक आग्रह ग¥यौं तर वार्तालाई वास्ता गरेन, उल्टो हिंसात्मक गतिविधि गर्दै गयो,’ एक मन्त्रीले कान्तिपुरसँग भने, ‘चन्द समूहको राजनीतिक उद्देश्य पनि देखिएन । आपराधिक खालका गतिवधिमा मात्र संलग्न रह्यो । त्यसैले त्यस्ता गतिविधि रोक्ने निष्कर्षमा सरकार पुगेको हो ।’ ती मन्त्रीका अनुसार अब प्रहरीले चन्द समूहका गतिविधिमा विशेष निगरानी र कारबाही अघि बढाउने ...
गायक ध्रुव विस्को तथा गायिका सरु गौतमको “मेरो प्रेम प्रस्ताब”को म्युजिक भिडियो सार्वजनिक, शिल्पा र दिक्पालको रोमान्स (भिडियो सहित)

गायक ध्रुव विस्को तथा गायिका सरु गौतमको “मेरो प्रेम प्रस्ताब”को म्युजिक भिडियो सार्वजनिक, शिल्पा र दिक्पालको रोमान्स (भिडियो सहित)

मनोरन्जन, समाचार
काठमाडौं—फागुन २९। सांगितिक आकाशमा चर्चाको शिखरमा उक्लन सफल तथा भर्साटाईल गायक ध्रुव विस्को तथा गायिका सरु गौतमको नयाँ गीत मेरो प्रेम प्रस्तावको म्युजिक भिडियो सार्वजनिक भएको छ । दर्जनौ चर्चित गीतहरु नेपाली सांगीतिक बजारमा ल्याएर आफ्नो छुट्टै पहिचान बनाउन सफल दुवै गायक गायिकाले 'मेरो प्रेम प्रस्ताव'को म्युजिक भिडियो सार्वजनिक गरेका हुन । कुमार कटुवालको शव्द तथा दिपक शर्माको संगीत रहेको यस गीतको म्युजिक भिडियोमा नायिका शिल्पा पोख्रेल र मोडल दिक्पाल कार्कीको अभिनय रहेको छ । देवेन्द्र पाण्डेको निर्देशन रहेको म्युजिक भिडियो उत्सव दाहालले छायांकन र शाहिल खानले सम्पादन गरेका छन । भिडियोलाई भने गीतकार कुमार कटुवालले निर्माण गरेका हुन । भिडियोः https://youtu.be/Aee3r60thvM...
सभामुख देखि सभासद सम्म काठमाडौं मल व्यापार संघले बुझाए ज्ञापनपत्र (ज्ञापनपत्र सहित)

सभामुख देखि सभासद सम्म काठमाडौं मल व्यापार संघले बुझाए ज्ञापनपत्र (ज्ञापनपत्र सहित)

आर्थिक, समाचार
काठमाण्डौं— फागुन २९। द काठमाण्डौं मल व्यापार संघले मलको समस्याको विषयमा सभामुख कृष्णबहादुर महरालाई ज्ञापनपत्र बुझाएको छ । संघका अध्यक्ष सुषमा महरा र मलका ब्यवसायी प्रतिनिधिहरुले सभामुख महरालाई भेट गरी ज्ञापनपत्र बुझाएको हो । काठमाण्डौं मलमा सञ्चयकोषले व्यापारीलाई हटाउने चलखेल गरेपछि मलका व्यवसायी आन्दोलित भएका हुन् । साथै सोहि प्रतिनिधि मन्डलले सभासद कृष्ण गोपाल श्रेष्ठ, डा.अजय क्रान्ति शाक्य, चन्दा चौधरी र हृदेश त्रिपाटीलाई छुटा छुटै भेटि ज्ञापनपत्र बुझाएको छ । संघका अध्यक्ष सुषमा महराका अनुसार भोलि अर्थ मन्त्रिलाई भेटी ब्यवसाय सुरक्षाका निम्ती पहल गर्ने , सन्चयकोष घेराउगर्ने र सन्चयकोषका कर्मचारीले गरेका भष्ट्रचार र अनियमिता लाई लिएर आमरण अन्सन बस्ने बताए । ज्ञापन पत्र राजधानीको मुख्य भागमा रहेको काठमाडौं मल व्यापारिक केन्दका रुपमा २०६२ सालदेखि सञ्चालनमा आएको हो । नेपाल सरकार...
भरतपुर महानगरपालिकाको वडा कार्यालयमा बम विस्फोट

भरतपुर महानगरपालिकाको वडा कार्यालयमा बम विस्फोट

अपराध, समाचार, समाज
चितवन—फागुन २९। चितवनको भरतपुर महानगरपालिकास्थित वडा नम्बर ५ को कार्यालय भवनमा बम विष्फोट भएको छ । गएराति अज्ञात समूहले वडा कार्यालय भवनमा सिलिन्डर बम विस्फोट गराएको प्रहरीले जनाएको छ । विस्फोटपछि भवन चर्किएको छ भने कार्यालयमा आगलागी समेत भएको छ । विस्फोट गराउनेको समूहको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिएका छन । विस्फोटको घटनामा सरकारले हिजो मात्रै प्रतिवन्ध लगाउने निर्णय गरेको विप्लव नेतृत्वको नेकपाको हात रहेको आशंका सुरक्षा अधिकारीहरुले गरेका छन् । अहिलेसम्म घटनाको जिम्मेवारी कसैले पनि लिएको छैन ।...
मकवापुरमा जन्ती बस दुर्घटना, २ जनाको मृत्यु , २८ जना घाईते

मकवापुरमा जन्ती बस दुर्घटना, २ जनाको मृत्यु , २८ जना घाईते

समाचार, समाज
हेटौडा — फागुन २८। कान्ति राजपथबाट भक्तपुरबाट हेटौडा आउँदै गरेको जन्ती बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी २८ जना घाइते भएका छन् । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले जानकारी दिए । बा ४ ख २ २२१७ नम्बरको जन्ती बस मकवानपुरगढी गाउँपालिकाको सिखर कटेरीमा मंगलबार दिउँसो सडकबाट तल खसेको थियो। बालाजुका २० वर्षीय विकास धमला र भक्तपुरका ३५ वर्षीय नवराज परियारको मृत्यु भएको प्रहरीले जनाएको छ। घाइतेहरुको हटौंडामा उपचार भइरहको प्रहरीले जनाएको छ। (कान्तिपुर दैनिक)...
मन्त्रिमण्डल पुनर्गठनको तयारी हुदै— नेकपा पुष्पकमल अध्यक्ष दाहाल

मन्त्रिमण्डल पुनर्गठनको तयारी हुदै— नेकपा पुष्पकमल अध्यक्ष दाहाल

राजनीति, समाचार
विराटनगर — फागुन २८। नेकपाका अध्यक्ष पुष्पकमल दाहालले मन्त्रिमण्डल पुनर्गठनको तयारी भइरहेको बताएका छन् । विराटनगरको सहिद रंगशालामा आजबाट सुरु हुने साफ महिला फुटबल प्रतियोगिताको उद्घाटन गर्न आएका अध्यक्ष दाहालले मङ्गलवार संवाददाताहरूसँग यस्तो कुरा गरेका हुन् । 'आज बिहान मात्र प्रधानमन्त्रीसँग मन्त्रिमण्डल पुनर्गठनको विषयमा कुरा भएको छ,' अध्यक्ष दाहालले भने, 'अहिले म सिधै बालुवाटारबाट यहाँ आएको हुँ। मन्त्रिमण्डल पुनर्गठनको विषयमा कुरा भएको थियो।' प्रधानन्त्रीले अध्यक्ष दाहालसँग पुर्नगठनका बारेमा राय मागेका थिए। 'प्रधानमन्त्रीजीले गर्नुपर्‍यो भने दुईवटा अध्यक्षबीचमा छलफल गरौँला तर अहिले हतारै चाही छैन भन्नुभयो,' अध्यक्ष दाहालले भने, 'मैले यो निर्णय तपाईँले नै गर्नुहोस् भनेको छु। यो तपाईँको मूल्याङकनमा भर पर्ने कुरा हो र अधिकार पनि तपाईँकै हो।' सरकार सकारात्मक दिशामा अघि बढी रहेको ...
साफ च्याम्पियनसिप आजबाट सुरु, उद्घाटन खेलमा नेपाल र भुटान भिड्दै

साफ च्याम्पियनसिप आजबाट सुरु, उद्घाटन खेलमा नेपाल र भुटान भिड्दै

खेलकुद, समाचार
विराटनगर — फागुन २८। पहिलोपल्ट उपाधि जित्ने योजना बनाएको न्पाली मलिा राष्ट्रिय फुटबल टिमले साफ महिला च्याम्पियनसिप २०१९ को उद्घाटन खेलमा आज मंगलबार भुटानविरुद्ध प्रतिस्पर्धा गर्दैछ । सुरुका तीन संस्करणमा फाइनल खेलेको नेपाल यसपालि उपाधिको दाबेदार मानिएको छ । गत महिना भुवनेश्वरमा भएको हिरो वुमेन्स गोल्डकपमा चार टिममध्ये सबभन्दा तल्लो वरीयताको भएरपनि नेपाल फाइनल पुगेको थियो । फिफा वरीयतामा एक सय आठौं वरीयतामा रहेको नेपालको लागि भुटान कठिन प्रतिद्वन्द्वी होइन । बिना वरीयताको भुटानी टिमले साफको नौ बर्षे इतिहासमा हालसम्म कुनैपनि खेल जितेको छैन । नेपालले भने भारतबाहेक अरु दक्षिण एसियाली टिमविरुद्ध कहिल्यै हार बेहोरेको छैन । त्यसैले पाचौं साफ महिला च्याम्पियनसिपको उद्घाटन खेलमा तीन अंक जोड्न नेपाललाई गाह्रो हुने छैन । नेपाल र भुटान यसअघि दुईपल्ट भिडेका थिए । साफ २०१४ र २०१६ को भेटमा ने...