देवेन्द्र पौडेल

काठमाडौं—फागुन २९।

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका गतिविधिमाथि प्रतिबन्ध लगाउने सरकारी निर्णयको सत्तारुढ दल नेकपाकै नेताहरुले विरोध जनाउन थालेका छन् ।

उनीहरुले सरकारी कदम हतारमा भएको टिप्पणी पनि गरेका छन् ।

काठमाडौंमा आज भएको साक्षात्कारमा नेकपा नेता देवेन्द्र पौडेलले विप्लव नेतृत्वको नेकपाको गतिविधिलाई आपराधिक ठहर गर्दे प्रतिबन्ध लगाउने निर्णय हतारमा भएको टिप्पणी गरे ।

उनले वार्ता, सहमति र संवादबाटै समस्या सामधान गर्न सरकारसंग आग्रह गरे ।

उनले नेपाललाई पुनः द्वन्द्वमा फसाउने षड्यन्त्र भइरहेको भन्दै द्वन्द्वको क्रिडास्थल हुनबाट जोगाउनु पर्ने बताए ।

राजपाका नेता अनिल झाले समस्याको शान्तिपूर्ण समाधान निकाल्नु पर्नेमा जोड दिए । उनले विप्लवले हिंसा त्याग्नु पर्ने भन्दै सरकारलाई संवाद थाल्न आग्रह गरे ।

दुबै नेताहरुले हिंसाले मुलुकको हित नगर्ने भएकाले वार्ताबाटै राजनीतिक समस्याको सामधान खोजिनु पर्नेमा जोड दिएका छन् ।

(ईमेज खबर)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here