गायक ध्रुव विस्को तथा गायिका सरु गौतम

काठमाडौं—फागुन २९।

सांगितिक आकाशमा चर्चाको शिखरमा उक्लन सफल तथा भर्साटाईल गायक ध्रुव विस्को तथा गायिका सरु गौतमको नयाँ गीत मेरो प्रेम प्रस्तावको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

दर्जनौ चर्चित गीतहरु नेपाली सांगीतिक बजारमा ल्याएर आफ्नो छुट्टै पहिचान बनाउन सफल दुवै गायक गायिकाले ‘मेरो प्रेम प्रस्ताव’को म्युजिक भिडियो सार्वजनिक गरेका हुन ।

कुमार कटुवालको शव्द तथा दिपक शर्माको संगीत रहेको यस गीतको म्युजिक भिडियोमा नायिका शिल्पा पोख्रेल र मोडल दिक्पाल कार्कीको अभिनय रहेको छ ।

देवेन्द्र पाण्डेको निर्देशन रहेको म्युजिक भिडियो उत्सव दाहालले छायांकन र शाहिल खानले सम्पादन गरेका छन ।

भिडियोलाई भने गीतकार कुमार कटुवालले निर्माण गरेका हुन ।

भिडियोः

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here