बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

राजनीति

सुदृढ वामपन्थी शक्तिहरुबीचको एकता देखेर प्रतिपक्षीहरु अतालिदैः प्रधानमन्त्री ओली

सुदृढ वामपन्थी शक्तिहरुबीचको एकता देखेर प्रतिपक्षीहरु अतालिदैः प्रधानमन्त्री ओली

राजनीति, समाचार
काठमाडौं, पु्ष-०१ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सीमाभन्दा बाहिर गएर केही बुद्धिजीविहरुले गणतन्त्रमाथि नै प्रहार गरिरहेको आरोप लगाएका छन् । तत्कालीन नेकपा माओवादी केन्द्र निकट गणतान्त्रिक प्रगतिशील कानुन व्यवसायी संगठन र तत्कालीन नेकपा एमाले निकट प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठनको एकता घोषणा कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले गणतान्त्रिक मूल्य र मान्यता विपरित हुने प्रहारलाई सरकारले परास्त गर्ने चेतावनी समेत दिए । प्रधानमन्त्री ओलीले सुदृढ वामपन्थी शक्तिहरुबीचको एकताले प्रतिपक्षीहरु अतालिनु स्वभाविक रहेको दाबी गरे । नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले पछिल्लो समय सरकारमाथि भयानक रुपमा प्रचारात्मक हमला भइरहेको भन्दै यस किसिमका निरर्थक हमलाले सरकारलाई केही फरक नपार्ने बताए । कार्यक्रममा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले समृद्धिका पक्षधर कम्...
उत्तर प्रदेशका मुुख्यमन्त्री योगी आदित्यनाथ जनकपुरमा, बाह्रबिगाबाट सम्बोधन गर्ने

उत्तर प्रदेशका मुुख्यमन्त्री योगी आदित्यनाथ जनकपुरमा, बाह्रबिगाबाट सम्बोधन गर्ने

राजनीति, समाचार
काठमाडौं, मंसिर २६ । भारत उत्तर प्रदेशका मुुख्यमन्त्री योगी आदित्यनाथ बिहान १० बजेर ३० मा जनकपुर आइपुगेका छन् । निजी विमानबाट आदित्यनाथ बुजनकपुर विमानस्थलमा ओर्लिएका हुन् । मुख्यमन्त्री योगीसहितको जन्तीको टोलीलाई स‌ंघीय सरकार पर्यटनमन्त्री रविन्द्र अधिकारी र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलगायतका मन्त्रीहरुले स्वागत गरेका थिए । बिवाह पन्चमीको अवसरमा हुने भिडभाडलाई मध्यनजर गर्दै जनकपुरमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । योगीले जनकपुरधामको पूजाअर्चना गरी परिक्रम समेत गरिसकेका छन् । योगीको सम्मानमा दिवा भोजमा ५६ प्रकारको व्यन्जनको ब्यवस्था गरिएको छ । आज दिउँसो २ बजे प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र मुख्यमन्त्री योगीले रंगभूमि मैदान बाह्रबिगामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम समेत रहेको छ। साथै कार्यक्रमको समाप्तिसंगै योगीको ४ बजे फर्कने कार...
राष्ट्रपति भण्डारीले विवाह पञ्चमीको अवसरमा शुभकामना प्रदान

राष्ट्रपति भण्डारीले विवाह पञ्चमीको अवसरमा शुभकामना प्रदान

राजनीति, समाचार
काठमाडौं, मंसिर २६ । राष्ट्रपति विद्यादेवी भण्डारीले मार्ग शुक्ल पञ्चमी अर्थात विवाह पञ्चमीको पावन अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा शुभकामना व्यक्त गरेकी छन् । आज एक शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले धार्मिक तथा सांस्कृतिक विविधतायुक्त हाम्रो संस्कृति, हामी नेपालीको अमूल्य नीधि भएको समेत बताएकी छन् । नेपाल धार्मिक र सांस्कृतिक विविधताले सम्पन्न रहेको सन्देशमा उल्लेख गरेकी छन् । “प्राचीन सांस्कृतिक पर्व विवाह पञ्चमीले हामीहरुबीच आपसी मेलमिलाप, सद्भाव र सहिष्णुता सुदृढ पार्न सहयोग पुर्‍याएको छ । जसबाट हामीमा राष्ट्रिय एकताको भावना जागृत गरेको छ,” राष्ट्रपति भण्डारीद्वारा जारी गरिएको सन्देशमा उल्लेख गरिएको छ । आदिकालमा ज्ञान, शिक्षा र सांस्कृतिक वैभवले सम्पन्न मिथिला भूमिमा रहेको आदर्श राज्य र राजर्षी जनकको महिमाको गायन युगौँयुगदेखि हुँदै आएको कुरा उ...
के.पी.ओली इतिहासकै सबैभन्दा बलियो प्रधानमन्त्री : गगन थापा

के.पी.ओली इतिहासकै सबैभन्दा बलियो प्रधानमन्त्री : गगन थापा

राजनीति, समाचार
उर्लाबारी, मंसिर २६ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली इतिहासकै सबैभन्दा बलियो प्रधानमन्त्री भएको जनाएका छन् । नेपाली कांग्रेस उर्लाबारी नगर समितिले मंगलबार आयोजना गरेको सभालाई सम्बोधन गर्दै थापाले बीपी कोइरालाको दुईतिहाइको सरकारका बेला समेत पार्टीभित्र र बाहिर सबैतिर दबाब रहेको स्मरण गर्दै हालका प्रधानमन्त्रीलाई त्यस्तो कुनै दबाब नरहेको धारणा राखे । थापाले वर्तमान सरकारले देशलाई समृद्धितर्फ अगाडि बढाउनुपर्नेमा त्यस्तो कुनै संकेत आजसम्म नदेखिएको बताए । उनले सरकारका बारेमा आलोचना गर्नुभन्दा पनि अबका चार वर्ष पार्टी संगठन सुदृढीकरण गर्दै जनताको मन जितेर आगामी निर्वाचनमा बहुमत सहित विजयी हासिल हुनेगरी कांग्रेस अघि बढ्नुपर्नेमा जोड दिए । रासस...
राज्यमा हत्या, हिंसा तथा आतंकका घटनाहरु बढ्दै गएको भन्दै महतोले गरे सरकारको आलोचना

राज्यमा हत्या, हिंसा तथा आतंकका घटनाहरु बढ्दै गएको भन्दै महतोले गरे सरकारको आलोचना

राजनीति, समाचार
विराटनगर, मंसिर २५ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका संयोजक राजेन्द्र महतोले शान्ति–सुुरक्षा दिन नसकेको भन्दै सरकारको आलोचना गरेका छन् । राज्यमा हत्या, हिंसा तथा आतंकका घटनाहरु बढ्दै जाँदा सरकार शान्ति ब्यबस्था कायम गर्न चुकेको बताएका छन । मंगलबार विराटनगर विमानस्थलमा सन्चारकर्मीहरुसित कुरा गर्दै उनले हत्या, हिंसा, बलात्कारजस्ता घटना बढ्दै गएपनि दोषी पक्रन सरकार असफल भएको समेत जिकिर गरे । उनले संविधान संशोधन नगरेसम्म आफ्नो पार्टी सरकारमा सहभागी नहुने स्पस्ट पारे ।...
निर्मलाको हत्या प्रकरणको दोषि तत्काल पत्ता लगाउन प्रहरीलाई सुशासन समितिको निर्देशन

निर्मलाको हत्या प्रकरणको दोषि तत्काल पत्ता लगाउन प्रहरीलाई सुशासन समितिको निर्देशन

राजनीति, समाचार
काठमाडौं, मंसिर-२४ । संसदीय समितिले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार पछि हत्या गर्ने हत्यारालाई तत्काल सार्वजनिक गरी दोषीमाथि कडा कारवाही गर्न नेपाल प्रहरीलाई पुनः निर्देशन दिएको छ । संघीय संसद राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले राज्यमामा बढ्दै गएको हत्या, हिंसा, चोरी, डकैत नियन्त्रणका लागि आवश्यक सजकता र सतर्कता अपनाउन समेत ध्यानाकर्षण गराउदै नेपाल प्रहरीलाई सचेत गराएको छ । समितिको बैठकमा सदस्यहरुले निर्मला पन्तको हत्यारालाई आजसम्म पक्राउ गर्न नसकेको भन्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको चर्को आलोचना गरेका छन् । जवाफमा बोल्दै प्रहरी महानिरीक्षक खनालले निर्मला पन्तको हत्याराको खोजी कार्य जारी रहेको जनाए । खनालले घटनालाई प्रभावित तुल्याउने गतिविधि हुन नदिन समेत समितिसँग आग्रह गरे । उनले नेपाल प्रहरीले अनुसन्ध...
राप्रपाका केन्द्रिय सदस्य सलिम खानको निधन

राप्रपाका केन्द्रिय सदस्य सलिम खानको निधन

राजनीति, समाचार
काठमाडौं, मंसिर-२४ । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य एवं मुस्लिम नेता सलिम खान गौसको ह्रदयघातका कारण गएराति निधन निधन भएको छ । खान राप्रपाको संस्थापक सदस्य समेत हुन् । तत्कालीन राप्रपा नेपालले हिन्दु राष्ट्र पुनःस्थापनाको लागि गरेको चरणबद्ध आन्दोलनमा समेत खानको सक्रियता रहेको थियो । राप्रपाको मुस्लिम संगठनका पूर्व अध्यक्ष र सल्लाहकार समेत रहेका खानको पार्थिव शरीरलाई बालाजुस्थित उनकै निवासमा राखिएको छ । राप्रपा नेता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले पार्टीको झण्डा ओढाएर खानप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । खानको आज मुस्लिम परम्परा अनुसार स्वयम्भू मस्जिद परिसरमा अन्तेष्टि गरिने जनाइएको छ । राप्रपा नेता खानका १ श्रीमती र १ छोरी छन् ।...
धर्मको बारेमा निर्णय गर्ने अधिकार जनतालाई दिनुपर्नेः  डा.शशांक कोइराला

धर्मको बारेमा निर्णय गर्ने अधिकार जनतालाई दिनुपर्नेः डा.शशांक कोइराला

राजनीति, समाचार
चितवन, मंसिर-२४ । नेपाली काँग्रेसका महामन्त्री डा.शशांक कोइरालाले जनमत संग्रह मार्फत देशलाई हिुन्दूराष्ट्र बनाउनुपर्ने जनाएका छन् । भरतपुर गणेशधाम निर्माणार्थका आयोजना गरिएको वृहत धनधान्याचल महायज्ञमा बोल्दै महामन्त्री डा.कोइरालाले जनमत संग्रह गराएर मात्रै देशलाई हिन्दूराष्ट्र बनाउनुपर्ने कुरामा जोड दिएका छन । ‘मेरो व्यक्तिगत चाहना भनेको नेपाल हिन्दूराष्ट्र हुनुपर्छ, तर बलजफ्ती होइन जनमत संग्रह गराएर घोषणा गरिनुपर्छ ।’ उनले धर्मको बारेमा निर्णय गर्ने अधिकार जनतालाई दिनुपर्ने बताए । नेता कोइरालाले नेपाली काँग्रेसको अब बस्ने महासमिति बैठकमा पनि हिन्दू धर्मको बारेमा ठूलो बहस हुने जनाए । उनले नेपालमा धर्ममा स्वतन्त्रता पनि हुनुपर्ने तर्क समेत प्रस्तुत गरे । मंसिर २२ गतेदेखि सुरु भएको वृहत धनधान्याचल महायज्ञ भने मंसिर २९ गतेसम्म चल्नेछ । महायज्ञबाट करिव २० करोड रुपैयाँ संकलन ग...
विश्व मानवअधिकार दिवसको अवसरमा प्रधानमन्त्रीद्वारा शुभकामना सन्देश जारी

विश्व मानवअधिकार दिवसको अवसरमा प्रधानमन्त्रीद्वारा शुभकामना सन्देश जारी

राजनीति, समाचार
काठमाडौं, मंसिर-२४ । विश्व मानवअधिकार दिवस नेपालमा पनि विभिन्न कार्यक्रमहरु गर्दै आज मनाईंदै छ । संयुक्त राष्ट्र संघकोमहासभाले सन् १९४८ को डिसेम्बर १० मा मानवअधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्र जारी गरेको थियो । महासभाले मानवअधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्र पारित गरेको दिनको सम्झनामा हरेक वर्ष डिसेम्बर १० को दिन विश्व मानवअधिकार दिवस मनाउने गरिन्छ । यसैको अवसरमा विश्व मानवअधिकार दिवसको शुभकामना सन्देश दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले कानुनको सर्वोच्चताविरुद्ध कुनै पनि प्रकारका गतिविधिप्रति सैह्य नहुने जनाएका छन् । मानवअधिकार उल्लंघन हुन नदिन र मानवअधिकार उल्लघंनका दोषीलाई कानुनको दायरामा ल्याउने प्रतिवद्धता समेत उनले व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले पीडितलाई क्षतिपूर्ति र न्याय दिलाउन पनि सरकार त्यत्तिकै सजग रहेको जनाएका छन् । मानवअधिकार र संक्रमणकालीन न्य...
प्रदेश नं. २ को राजधानी र नामांकण सम्बन्धित सुझाव संकलन सुरु हुँदै

प्रदेश नं. २ को राजधानी र नामांकण सम्बन्धित सुझाव संकलन सुरु हुँदै

राजनीति, समाचार
संवाद तथा सुझाव आयोगले वीरगंजमा प्रदेश नं. २ को प्रदेश राजधानी र प्रदेशको नामांकन सम्बन्धित सुझाव संकलन कार्यको थालनी गर्दै एक कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा अधिकांश राजनीतिक दलका प्रतिनिधिहरुले जनकपुर धार्मिकस्थल भए पनि आर्थिक दृष्टिकोण समृद्ध, अन्तर्राष्ट्रियस्तरका मापदण्ड, मधेश आन्दोलनको उद्गमस्थल धार्मिक, ऐतिहासिक तथा आर्थिक रुपमा सबल भएकाले प्रदेश २ को स्थायी राजधानी वीरगंज नै हुनुपर्ने सुझाव दिएका थिए । कार्यक्रममा विभिन्न व्याक्तिले प्रदेश २ को नाम-जानकी प्रदेश, मध्य मधेश प्रदेश, भोजपुरा मधेश, मधेश प्रदेश, मध्यमाञ्चल प्रदेशमध्येबाट एक हुनुपर्ने सुझाव दिएका थिए । संवाद तथा सुझाव आयोगका संयोजक झाको सभापतित्वमा भएको सुझाव संकलन कार्यक्रममा प्रदेश नं. २ का आन्तरिक मामिला तथा उद्योग राज्यमन्त्री उषा यादव, सांसद प्रदीप यादव, प्रदेश सांसद मञ्जुर अन्सारी, श्याम पटेल, सांसद ...