आइत, जेष्ठ १३, २०८१
Sun, May 26, 2024
Shadow

सुदृढ वामपन्थी शक्तिहरुबीचको एकता देखेर प्रतिपक्षीहरु अतालिदैः प्रधानमन्त्री ओली

काठमाडौं, पु्ष-०१ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सीमाभन्दा बाहिर गएर केही बुद्धिजीविहरुले गणतन्त्रमाथि नै प्रहार गरिरहेको आरोप लगाएका छन् ।

तत्कालीन नेकपा माओवादी केन्द्र निकट गणतान्त्रिक प्रगतिशील कानुन व्यवसायी संगठन र तत्कालीन नेकपा एमाले निकट प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठनको एकता घोषणा कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले गणतान्त्रिक मूल्य र मान्यता विपरित हुने प्रहारलाई सरकारले परास्त गर्ने चेतावनी समेत दिए ।

प्रधानमन्त्री ओलीले सुदृढ वामपन्थी शक्तिहरुबीचको एकताले प्रतिपक्षीहरु अतालिनु स्वभाविक रहेको दाबी गरे ।

नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले पछिल्लो समय सरकारमाथि भयानक रुपमा प्रचारात्मक हमला भइरहेको भन्दै यस किसिमका निरर्थक हमलाले सरकारलाई केही फरक नपार्ने बताए ।

कार्यक्रममा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले समृद्धिका पक्षधर कम्युनिष्टहरुमा जति परिवर्तनको प्रभाव देखिनुपर्ने थियो त्यो अझैसम्म देखिन नसकेको भन्दै अबको दिनमा त्यो प्रभाव देखाउनुपर्ने जनाए ।

अध्यक्ष दाहालले राष्ट्रको समृद्धिका लागि कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाबीच तालमेल हुनुपर्नेमा कुरामा समेत जोड दिए ।

प्रगतिशील पेशागत कानुन व्यवसायी संगठन र गणतान्त्रिक प्रगतिशील कानुन व्यवसायी संगठनको एकीकरणपछि संगठनको नया नामाकरण गर्दै नेपाल कानुन व्यवसायी संगठन नाम राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *