शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

राजनीति

प्रजातन्त्रका सेनानी तथा काङ्ग्रेस चितवनका पूर्वउपभापति अधिकारीको मृत्यु

प्रजातन्त्रका सेनानी तथा काङ्ग्रेस चितवनका पूर्वउपभापति अधिकारीको मृत्यु

राजनीति, समाचार
काठमाडौं, पुस- ११ । चितवन, पुस- ११ । प्रजातन्त्रका सेनानी नेपाली काङ्ग्रेस चितवनका पूर्वउपभापति रघुनाथ अधिकारीको ७५ वर्षको उमेरमा निधन भएको छ । वीर अस्पताल काठमाडौंमा उपचारका सिलसिलामा आज बिहान उनको निधन भएको हो । हृदयाघात भएपछि उनी अस्पताल भर्ना भएका थिए । काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठका अनुसार आज उनको पवित्र तिर्थस्थल देवघाटमा अन्त्यष्टी गरिएको छ । यसअघि उनको पार्थीव शरिरमा काठमाडौँमा नेपाली काँग्रेसका उपभापति विमलेन्द्र निधि र महामन्त्री शशांक कोइरालाले पार्टीको झण्डा ओढाएर श्रदाञ्जली अर्पण गरेका थिए । अधिकारी विसं २०३६ को आन्दोलन, २०४२ को सत्याग्रह, २०४६ को जनमतसङ्ग्रहका बेला पटकपटक गिरफ्तारीमा परेका थिए । रघुनाथका बुबा उदयनाथ अधिकारी लमजुङमा ‘हलो क्रान्ति’मा सहभागी भएपछि तत्कालीन पञ्चायतले सर्वस्वहरण गरेपछि चितवन बसाँइ सरेका थिए । उदयनाथ काङ्ग्रेस चि...
प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय जनता पार्टीका नेताहरुबीच भेटवार्ता सम्पन्न

प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय जनता पार्टीका नेताहरुबीच भेटवार्ता सम्पन्न

राजनीति, समाचार
काठमाडौं, पुस- १० । आज प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय जनता पार्टीका नेताहरुबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा राजपाले सरकारलाई दिएको समर्थन र संविधान संशोधन विषय केन्द्रीत रहेर छलफल भएको थियो । भेटवार्ताको क्रममा प्रधानमन्त्री ओलीले संविधान संशोधनको गृहकार्य थाल्न आश्वासन दिनुभएको राजपाका नेताहरुले जनाएका छन् । राजपाले भने सरकारले संविधान संशोधनको प्रतिबद्धता पूरा नगरेको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी समेत दिँदै आएको छ । राजपा अध्यक्ष मण्डलको संयोजकमा राजेन्द्र महतो नियुक्त भएपछि प्रधानमन्त्री ओलीसँग राजपाको यो पहिलो भेटवार्ता हो । राजपाले यस अघि नै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएर संविधान संशोधनका लागि छठसम्मको समयसीमा दिएको थियो ।...
सरकार मेलम्चीको समस्या समाधान गर्न संवेदनशील रहेको छः मन्त्री मगर

सरकार मेलम्चीको समस्या समाधान गर्न संवेदनशील रहेको छः मन्त्री मगर

राजनीति, समाचार
काठमाडौं, पुस- ९ । नेपाल सरकारका खानेपानीमन्त्री विना मगरले मेलम्ची खानेपानी आयोजनामा देखिएको समस्या समाधान गर्न सरकार संवेदनशील रहेको बताउदै संयमित भएर लागि पर्ने जनाएकी छन् । मेलम्चीको समस्या समाधान गर्न सरकार संवेदनशील छ र यसको फाइदा अरु पक्षले लिन नपाओस् भन्नेमा समेत सरकार सचेत छ भन्दै विज्ञहरुको परामर्शको आधारमा आयोजनामा देखिएको समस्या समाधान गरिने मन्त्री विनाले जनाइन् । वास मिडिया फोरम, नेपालको सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले इटालियन ठेकदार कम्पनी ‘सीएमसी’बाटै आयोजनाको काम सम्पन्न गराउन सरकार तयार रहेको भन्दै त्यसका लागि विश्वसनीय वातावरण बनाउन कम्पनीलाई आग्रह गरेकी छन् । सीएमसी कम्पनीको अविश्वासका कारण नै आयोजनाको काम पछिल्लो समयमा आएर अघि बढ्न नसकेको जनाउदै सफलताको मुखैमा आइसकेको आयोजनाको बाँकी काम सम्पन्न गर्न सरकार लालायित रहेको मन्त्री मगरले जनाइन...
पूर्वराजासँग पोखरामा कमल थापाको औपचारीक भेटवार्ता

पूर्वराजासँग पोखरामा कमल थापाको औपचारीक भेटवार्ता

राजनीति, समाचार
काठमाडौं, पुस ६ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटवार्ता गरेका छन् । शुक्रबार बिहान पोखरामा थापाले पूर्वराजा शाहसँग औपचारीक भेट गरेका हुन् । थापा पार्टी प्रशिक्षण कार्यक्रमका सिलसिलामा पोखरामा छन् भने पूर्वराजा शाह पनि केही दिनदेखि पोखरामै रहेका छन् । थापाका अनुसार मुलुकको समसामयिक अवस्थामा समेत पूर्वराजासंग छलफल भएको थियो । ‘मुलुकको बिग्रदो अवस्थाप्रति राजामा गम्भीर चिन्ता रहेको पाएँ,’ भन्दै पूर्वराजासंगको भेटवार्ता पुष्टि गर्दै उनले ट्वीट गरेका छन् ।...
नेकपा स्थायी समिति बैठकमा सदस्यहरुको धारणा प्रस्तुत हुने क्रम भोलि पनि चल्ने, नेता भीम रावलद्वारा फरक प्रतिवेदन पेश

नेकपा स्थायी समिति बैठकमा सदस्यहरुको धारणा प्रस्तुत हुने क्रम भोलि पनि चल्ने, नेता भीम रावलद्वारा फरक प्रतिवेदन पेश

राजनीति, समाचार
काठमाडौं, पुस-०३ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को मंगलबार बिहान पार्टी कार्यालय धुम्बाराहीमा बसेको स्थायी समिति बैठकमा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले बुझाएको प्रतिवेदनमाथि छलफल गरी समिती बैठक सकिएको छ । मंगलबार बिहान करिव आठ बजे सुरु भएको बैठकमा आठ जना स्थायी समिति सदस्यहरुले प्रतिवेदनमाथि आ-आफ्नो धारणा प्रस्तुत गरेका थिए । उनीहरुले पार्टी एकतामा ढिलाई गर्न नहुने सुझाव दिदै सरकार्ले गरेका केहि काम प्रति असन्तुष्टी पनि व्यक्त गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाए । आजको बैठकमा केशव बराल, भीम रावल, शंकर पोखरेल, टोपबहादुर रायमाझी, योगेश भट्टराई, साेमनाथ प्यासी, सत्य नारायण मण्डल र पृथ्वी सुब्बा गुरुङले बोलेका थिए । प्रत्येक सदस्यलाई आफ्नु धारणा प्रस्तुत गर्नको लागि २० मिनेटको समय दिइएको थियो । सोमबार बसेको बैठकमा १० जना सदस्यहरुले आफ्नो धार...
नेपालमा पनि विभिन्न कार्यक्रमहरु गरी अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाइँदै, प्रधानमन्त्रीले दिए शुभकामना

नेपालमा पनि विभिन्न कार्यक्रमहरु गरी अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाइँदै, प्रधानमन्त्रीले दिए शुभकामना

राजनीति, समाचार
काठमाडौं, पुस-०३ । आज १८ औँ अन्तर्राष्ट्रिय आप्रवासन दिवस । श्रमको सम्मान, राष्ट्रिय अभियान र सीपयुक्त जनशक्ति र स्वरोजगार: आर्थिक समृद्धिको मूल आधार भन्ने नाराको साथ नेपालमा पनि विभिन्न कार्यक्रमहरु गरी यो दिवस मनाईंदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले आप्रवासन दिवसका अवसरमा शुभकामना दिँदै दक्ष र सीपयुक्त कामदारको परिश्रमबाट मात्र देशले आर्थिक समृद्धि हासिल गर्ने बताएका छन् । बर्षेनी लाखौं नेपाली युवा रोजगारीका लागि विदेशिनुपर्ने बाध्यता हटाउन सरकार प्रतिबद्ध रहेको उल्लेख गरेका छन् । सन् १९९० डिसेम्बर १८ तारिखमा आप्रवासीहरुको अधिकार संरक्षणसम्बन्धी राष्ट्रसंघीय महासन्धि अनुमोदन गरिएको दिनको सम्झनामा सन् २००० देखि विश्वभर अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाउन थालिएको हो । अहिले विश्वका करिव २५ करोड ८० लाख मानिस आप्रवासीका रुपमा रहदै आएको कुरा एक तथ्यांकले देखाएको छ । विश्वव्या...
विधान संशोधनको विषयमा नेपाली कांग्रेस महासमिति बैठकमा विवाद

विधान संशोधनको विषयमा नेपाली कांग्रेस महासमिति बैठकमा विवाद

राजनीति, समाचार
काठमाडौं, पुस-०३ । प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसमा पदाधिकारी बढाउने र त्यसको निर्वाचन पद्दती के हुने भन्ने विषयको विवाद अझै टुंगो लाग्न सकेको छैन । कांग्रेस महासमितिको बैठकको मुख्य एजेन्डा विधान संशोधन गर्ने भए पनि पदाधिकारीका विषय टुंगो लाग्न नसक्दा अहिलेसम्म त्यसको छलफल नै प्रारम्भ भएको छैन । पदाधिकारी बढाउने विभिन्न विकल्पमा छलफल भएपनि अन्तिम सहमति जुट्न नसक्दा बैठकमा विधान संशोधन गर्ने विषयले प्रवेश पाउन नसकेको हो । पदाधिकारी संख्या ८ वा १२ बनाउने भन्ने विषयमा अहिले छलफल भइरहेको तर त्यसको निर्वाचन पद्दतीमा अझै कुरा मिल्न सकेको छैन । सभापति शेरबहादुर देउवा पक्षका नेता मनोनितको संख्या धेरै राख्नुपर्ने पक्षमा छन् भने अन्य पक्षका सबै निर्वाचित हुनुपर्नेमा अडिग छन् । पदाधिकारी विवादसँगै कार्यसमितिको म्यादका सम्बन्धमा समेत नेताहरुबीच कुरा बाझिएको छ । कांग्रेसको वर्तमान ...
पूर्वप्रधानमन्त्री तथा मन्त्रिपरिषद् अध्यक्ष डा‍‍. तुलसी गिरीको निधन

पूर्वप्रधानमन्त्री तथा मन्त्रिपरिषद् अध्यक्ष डा‍‍. तुलसी गिरीको निधन

राजनीति, समाचार
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं वरिष्ठ राजनीतिज्ञ डा. तुलसी गिरीको मंगलबार आफ्नै निवास बूढानीलकण्ठ भिल्लामा ९३  वर्षीय गिरीको  बिहान निधन भएको छ । राजाको प्रत्यक्ष शासनका बेला मन्त्रिपरिषदको उपाध्यक्ष बनेका गिरी लामो समयदेखि कलेजोसम्बन्धी रोगबाट पीडित थिए । कलेजोमा क्यान्सर रोग लागेका उनी यसअघि करिब १० दिनसम्म भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका थिए । अस्पतालबाट घरमा ल्याइएको अवस्थामा मंगलबार बिहानै उनको देहान्त भएको हो । राजा महेन्द्रले ०१७ सालमा पञ्चायनी व्यवस्था स्थापना गर्नुपूर्व नेपाली कांग्रेसका नेता रहेका गिरी त्यसपछि हार्डलाइनर पञ्चका रुपमा चिनिन्थे । महेन्द्रलाई साग दिएका गिरी राजा वीरेन्द्रले ३६ सालमा जनमत संग्रह घोषणा गर्दा वैचारिक असहमति जनाउँदै श्रीलंकातिर लागेका थिए । ०५९ सालमा ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि उनी पुनः नेपाल फर्के र मन्त्रिपरिषदको उपाध्...
पर्याप्त स्रोत र साधनको अभावमा महानगरपालिकाले प्रभावकारी काम गर्न सकेन : मुख्यमन्त्री पौडेल

पर्याप्त स्रोत र साधनको अभावमा महानगरपालिकाले प्रभावकारी काम गर्न सकेन : मुख्यमन्त्री पौडेल

राजनीति, समाचार
ललितपुर, पुस २ । प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणी पौडेलले स्थानीय तहको काम प्रभावकारी हुन नसकेको स्वीकार गरेका छन् । सोमबार ललितपुर महानगरपालिकाको शतबार्षिकी कार्यक्रम उद्घाटन गर्दै उनले पर्याप्त स्रोत र साधनको अभावमा काम प्रभावकारी रुपमा सन्चालन हुन नसकेको बताए । तीन तहका सरकारबीच राम्रोसंग समन्वय हुन नसक्दा काम गर्न समस्या भएको उनको भनाइ थियो । पौडेलले प्रदेश सरकारले अझै पनि संघीय सरकारको मुख ताक्नु पर्ने अवस्था रहेको भन्दै गुनासो समेत गरे । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले जन चाहनाअनुसारको काम हुन नसकेको जनाए । उनले सबै महानगरपलिकाहरुबीच समन्व गरेर अगाडि बढे बिकास निर्माणको कामलाई गति दिन सकिने बताए ।...
नेपाली कांग्रेस महासमिति बैठकको बन्दसत्रमा प्रतिवेदनहरु प्रस्तुत हुने क्रम सुरु

नेपाली कांग्रेस महासमिति बैठकको बन्दसत्रमा प्रतिवेदनहरु प्रस्तुत हुने क्रम सुरु

राजनीति, समाचार
काठमाडौं, पु्ष-०१ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीयताअनुसार पार्टीको विधानलाई परिमार्जन गर्नको निम्ति बसेको महासमिति बैठकको बन्दसत्र आज सुरु भएको छ । जारी बन्दसत्रमा केन्द्रीय कार्यसमिति बैठकले परिमार्जनसहित पारित गरेका प्रतिवेदनहरु पेश भइरहेका छन् । पार्टीका उपसभापति विमलेन्द्र निधिले राजनीतिक, महामन्त्री पूर्णबहादुर खड्काले विधान संशोधन, महामन्त्री डा. शशांक कोइरालाले सांगठनिक, सहमहामन्त्री डा प्रकाशशरण महतले समग्र आर्थिक नीति र कोषाध्यक्ष सीतादेवी यादवले पार्टीको आन्तरिक आर्थिक सम्बन्धी छुट्टाछुट्टै प्रतिवेदन पेश गर्दै छन् । विधान मस्यौदाबाहेकका सबै प्रतिवेदन पार्टी केन्द्रीय कार्यसमिति बैठकले परिमार्जनसहित यस अघि नै पारित गरिसकेको छ भने विधान मस्यौदामा पदाधिकारी संख्या र पदाधिकारीको निर्वाचनबारे अझै सहमति जुट्न सकेको छैन । बैठकमा पेश गरिएका प्रतिवेदनमाथि छलफ...