rajapa and prime minister kp oli bhetbarta

काठमाडौं, पुस- १० ।

आज प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय जनता पार्टीका नेताहरुबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा राजपाले सरकारलाई दिएको समर्थन र संविधान संशोधन विषय केन्द्रीत रहेर छलफल भएको थियो ।

भेटवार्ताको क्रममा प्रधानमन्त्री ओलीले संविधान संशोधनको गृहकार्य थाल्न आश्वासन दिनुभएको राजपाका नेताहरुले जनाएका छन् ।

राजपाले भने सरकारले संविधान संशोधनको प्रतिबद्धता पूरा नगरेको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी समेत दिँदै आएको छ ।

राजपा अध्यक्ष मण्डलको संयोजकमा राजेन्द्र महतो नियुक्त भएपछि प्रधानमन्त्री ओलीसँग राजपाको यो पहिलो भेटवार्ता हो ।

राजपाले यस अघि नै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएर संविधान संशोधनका लागि छठसम्मको समयसीमा दिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here