काठमाडौं, पुस- ९ ।
नेपाल सरकारका खानेपानीमन्त्री विना मगरले मेलम्ची खानेपानी आयोजनामा देखिएको समस्या समाधान गर्न सरकार संवेदनशील रहेको बताउदै संयमित भएर लागि पर्ने जनाएकी छन् ।
मेलम्चीको समस्या समाधान गर्न सरकार संवेदनशील छ र यसको फाइदा अरु पक्षले लिन नपाओस् भन्नेमा समेत सरकार सचेत छ भन्दै विज्ञहरुको परामर्शको आधारमा आयोजनामा देखिएको समस्या समाधान गरिने मन्त्री विनाले जनाइन् ।
वास मिडिया फोरम, नेपालको सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले इटालियन ठेकदार कम्पनी ‘सीएमसी’बाटै आयोजनाको काम सम्पन्न गराउन सरकार तयार रहेको भन्दै त्यसका लागि विश्वसनीय वातावरण बनाउन कम्पनीलाई आग्रह गरेकी छन् ।
सीएमसी कम्पनीको अविश्वासका कारण नै आयोजनाको काम पछिल्लो समयमा आएर अघि बढ्न नसकेको जनाउदै सफलताको मुखैमा आइसकेको आयोजनाको बाँकी काम सम्पन्न गर्न सरकार लालायित रहेको मन्त्री मगरले जनाइन ।