ललितपुर, पुस २ ।
प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणी पौडेलले स्थानीय तहको काम प्रभावकारी हुन नसकेको स्वीकार गरेका छन् ।
सोमबार ललितपुर महानगरपालिकाको शतबार्षिकी कार्यक्रम उद्घाटन गर्दै उनले पर्याप्त स्रोत र साधनको अभावमा काम प्रभावकारी रुपमा सन्चालन हुन नसकेको बताए ।
तीन तहका सरकारबीच राम्रोसंग समन्वय हुन नसक्दा काम गर्न समस्या भएको उनको भनाइ थियो ।
पौडेलले प्रदेश सरकारले अझै पनि संघीय सरकारको मुख ताक्नु पर्ने अवस्था रहेको भन्दै गुनासो समेत गरे ।
काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले जन चाहनाअनुसारको काम हुन नसकेको जनाए ।
उनले सबै महानगरपलिकाहरुबीच समन्व गरेर अगाडि बढे बिकास निर्माणको कामलाई गति दिन सकिने बताए ।