आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

राजनीति

संसदीय सुनुवाई विशेष समितिले राजदुतको सुनुवाई मंसिर २३ मा गर्दै

संसदीय सुनुवाई विशेष समितिले राजदुतको सुनुवाई मंसिर २३ मा गर्दै

राजनीति, समाचार
काठमाडौं, मंसिर-१९ । सरकारले सिफारिस गरेका ४ देशका राजदुतको सुनुवाई संसदीय सुनुवाई विशेष समितिले मंसिर २३ गते आइतबार गर्ने भएको छ । संसदीय सुनुवाई विशेष समितिको बुधबार सिंहदरबारमा बसेको बैठकले सरकारद्वारा भारतका लागि राजदुत सिफारिस गरेका निलाम्बर आचार्य, यूएईका लागि कृष्ण ढकाल, मलेसियाका लागि सिफारिस उदयराज पाण्डे र इजरायलका लागि राजदुत सिफारिस गरिएकी अञ्जान शाक्यसँग २३ गते बिहान ११ बजे सुनुवाई गर्ने निर्णय गरेको समितिका सभापति लक्ष्मणलाल कर्णले जनाए । प्रस्तावित राजदुतहरु मध्ये एकजना उपर समितिमा उजुरी परेकाले शुक्रबार नै सो सम्बन्धमा छलफल गरिने सभापति कर्णले जनाए । राष्ट्रको मर्यादासमेत राख्नुपर्ने भएकाले राजदुतको आवश्यक योग्यता र क्षमताका विषयमा अनुभवी पूर्व राजदुतहरुसँग पनि विशेष छलफल गर्ने निर्णय गरिएको समितिले जानकारी दिएको छ ।...
काठमाडौं घोषणापत्र जारी गर्दै एसिया प्यासिफिक सम्मेलन आज सम्पन्न हुने

काठमाडौं घोषणापत्र जारी गर्दै एसिया प्यासिफिक सम्मेलन आज सम्पन्न हुने

राजनीति, समाचार
काठमाडौं, मंसिर १६। काठमाडौं घोषणापत्र जारी गर्दै एसिया प्यासिफिक सम्मेलन आज सम्पन्न हुँदैछ । काठमाडौंको होटल हायातमा चलिरहेको एसिया प्यासिफिक सम्मेलनमा सहभागी देशका प्रतिनिधिहरुबीच आज दुई वटा सेसनमा विविध छलफल हुँदैछ । पहिलो सेसनमा सहभागी देशहरुले जलवायु परिवर्तनका सम्बन्धमा आ–आफ्नो कार्यपत्र जारी गर्दै छन् । त्यसैगरी दोस्रो सेसनमा शान्ति र अन्तर्राष्ट्रिय सम्बन्धमा सञ्चारको भूमिकाबारे छलफल हुने जनाइएको छ । त्यसपश्चात काठमाण्डौ घोषणापत्र जारी गर्दै सम्मेलन सकिने बतऐएको छ । सम्मेलनमा सहभागी हुनका लागि बिभिन्न सात देशका प्रतिनिधि अहिले काठमाडौंमा रहेका छन् । सम्मेलनको समापन भने सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने जनाईएको छ । यसैबीचमा प्रधानमन्त्री ओली दम्पती सहित १५ सय उच्च पदस्थ नेपाली दम्पतीलाई संसारभरी पवित्र आमा भनेर चिनिने डा. हाक जा हान मुनले आशिर्वाद दिन...
पार्टीभित्रको व्यक्तिगत स्वार्थले गुटको राजनीति बढ्यो :  प्रवक्ता श्रेष्ठ

पार्टीभित्रको व्यक्तिगत स्वार्थले गुटको राजनीति बढ्यो : प्रवक्ता श्रेष्ठ

राजनीति, समाचार
विराटनगर, मंसिर १४ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीभित्र व्यक्तिगत स्वार्थले गुटको राजनीति मौलाएको स्वीकारेका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका सचिवालय सदस्य समेत रहेका श्रेष्ठले व्यक्तिगत स्वार्थमा आधारित गुट र गिरोहलाई निरुत्साहित बनाउन धेरै आवश्यक रहेकोमा जोड दिए । उनले सरकारले गरेको कामको मूल्यांकन गर्ने समय भइ नसकेको भन्दै कामको समीक्षा गर्न सुझाव दिए । अर्को एक फरक प्रसंगमा बोल्दै नेता श्रेष्ठले निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाका दोषी पक्राउ गर्न नसक्नु दुःखद भएको बताए । उनले अपराधी पत्ता लगाउन सरकारले केही नगरेकोजस्तो देखिए पनि भित्रभित्रै विस्तृत अनुसन्धान भइरहेको दाबी समेत गरे । घटनामा संलग्नलाई पक्राउ गरेरै छाड्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।...
प्रधानमन्त्री ओली र सुकीबिच  कुटनितिक भेटवार्ता

प्रधानमन्त्री ओली र सुकीबिच कुटनितिक भेटवार्ता

राजनीति, समाचार
काठमाडौं, १४ मंसिर । नेपालको औपचारिक भ्रमणमा रहेकी म्यान्मारका स्टेट काउन्सिलर आङ सान सु कीले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी छिन्। भेटको अवसरमा उनीहरू बीचमा द्विपक्षीय हित र आपसी सम्बन्धका विविध विषयमा कुराकानी भएको जनाइएको छ। भेटमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्री ओलीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रधानमन्त्री ओलीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराईको समेत उपस्थिति रहेको थियो। आजै दुईदेशबीच आपसी सहकार्यका विषयमा सम्झौता हुने बुझिएको छ। एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिने सिलसिलामा प्रधानमन्त्री ओलीको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणमा स्टेट काउन्सिलर सु की बिहीबार काठमाडौँ अाएकी हुन्। सो सम्मेलन यहि शनिवार काठमाडौँमा आयोजना हुँदैछ।...
राष्ट्रपति भण्डारी र सुचीबिच भेटवार्ता

राष्ट्रपति भण्डारी र सुचीबिच भेटवार्ता

राजनीति, समाचार
काठमाडौं, मंसिर १४ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालको औपचारिक भ्रमणमा रहेकी म्यानमारकी स्टेट काउन्सिलर आङ सान सुचीले भेटवार्ता गरेकी छिन् । शुक्रबार बिहान राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटको क्रममा द्विपक्षीय आपसी हितका विविध विषयमा कुराकानी भएको जनाइएको छ । भेटवार्तामा राष्ट्रपति कार्यालय एवं परराष्ट्र मन्त्रालयका उच्च अधिकृत पनि सहभागी रहेका थिए । एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिने सिलसिलामा प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणमा आएकी सुची बिहीबार काठमाडौं आइपुगेकी हुन् ।...
‘एसिया प्यासिफिक समिट’ को राजनीतिक स्तरबाट विरोध सुरु , बाबुराम र प्रकाशचन्द्र खुलेरै विरोधमा उत्रिए

‘एसिया प्यासिफिक समिट’ को राजनीतिक स्तरबाट विरोध सुरु , बाबुराम र प्रकाशचन्द्र खुलेरै विरोधमा उत्रिए

राजनीति, समाचार
काठमाडौं, मंसिर १४ । राजधानीमा हुन लागेको ‘एसिया प्यासिफिक समिट’ को पक्ष र विपक्षमा बहस तथा छलफल तीव्र हुन थालेको छ । सोही सम्मेलनका कारण विदेशी विशिष्ट अतिथिको सवारी व्यवस्था सहज तुल्याउन भन्दै राजधानीमा सवारी साधनका लागि ‘जोर बिजोर प्रणाली’ लागू गर्यो । जोर विजोर प्रणालीको विरोध गर्नेहरु पनि प्रशस्त भए । सरकारले यस प्रकारको सम्मेलनले ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सघाउ पुग्ने बताइरहँदा कतिपयले उक्त सम्मेलनको औचित्यमै प्रश्न चिन्ह खडा गरे । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले उक्त सम्मेलनका नाममा जनतालाई सास्ती दिइएको भन्दै असन्तुष्टि जनाएका छन् । उनले कम्युनिस्ट पृष्ठभूमिबाट सत्तामा पुगेकाहरु ‘कमाउरेड’ भएको भन्दै व्यंग्यसमेत प्रकट गरेका छन् । उनले ट्वीट गर्दै भनेका छन्, ‘त्यसै त रंगमञ्चमा गुम्दै गएको नेपालको छवि राष्ट्रवादको बैशाखी टेकेर सत्तामा...
घोराही उपमहानगरपालिका का वडाध्यक्षको मृत्यु

घोराही उपमहानगरपालिका का वडाध्यक्षको मृत्यु

राजनीति, समाचार
दाङ । दाङको घोराही उपमहानगरपालिका - १६ का वडाध्यक्ष लक्षिणप्रसाद बुढा मगरको निधन भएको छ । गएको जेठ महिनादेखि बिरामी भएका वडाध्यक्ष बुढा मगरको गएराती ३ बजे निधन भएको हो । २०७४ साल असार १४ गते सम्पन्न स्थानीय तहको निर्बाचनमा घोराही–१६ को वडाध्यक्ष पदमा निर्वाचित बुढा मगरको भारतको मेदान्त अस्पतालमा उपचारको क्रममा निधन भएको हो । विभिन्न रोगले ग्रसित बुढा मगरको उपचार यसअघि नेपाल, भारत र थाइल्याण्डमा समेत गरिएको थियो । बुढाको निधन प्रति प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोख्रेलले दुःख ब्यक्त गर्दै श्रद्धान्जली ब्यक्त गरेका छन् ।...
नेकपाको सातै प्रदेश कमिटी सदस्यको नामावली आज सार्वजनिक गरिने

नेकपाको सातै प्रदेश कमिटी सदस्यको नामावली आज सार्वजनिक गरिने

राजनीति, समाचार
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले लामो समयको कसरतपछि सातै प्रदेश कमिटीका सदस्यको नाम टुङ्गो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो साँझ बसेको बैठकले सातै प्रदेश कमिटीका सदस्यहरुको सदस्यसूची टुंगो लगाएको हो । सातै प्रदेश कमिटी एकीकरणको टुङ्गो लगाएको र नामावली भने आज सार्वजनिक गरिने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी गराए । बैठकले यसअघि नै प्रदेश कमिटीका अध्यक्ष, सचिव, इञ्चार्ज र सहइञ्चार्ज भने तोकिसकेको छ । आगामीे बैठकमा केन्द्रीय समितिका सदस्यको कार्यविभाजन, जनवर्गीय सङ्गठनको एकीकरण र जिल्ला समितिका मुख्य नेतृत्वको चयनको प्रक्रिया अगाडि बढाइने पार्टी प्रवक्ता श्रेष्ठले जानकारी दिए । अर्काे बैठकको मिति भने तत्काल तय भएको छैन । यसअघि मङ्गलबार बोलाइएको बैठक योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमका कारण स्थगित भएको थियो । पार्ट...
अध्यक्ष पुष्पकमल दाहाल संग अमेरिकी राजदूतको शिष्टाचार भेट

अध्यक्ष पुष्पकमल दाहाल संग अमेरिकी राजदूतको शिष्टाचार भेट

राजनीति, समाचार
काठमाडौं, मंसिर ११ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले नेपालको शान्ति–प्रक्रिया र संविधान निर्माणमा अमेरिकी सरकार र जनताको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । आफ्नै निवास खुमलटारमा शिष्टाचार भेटका लागि पुगेका नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी डब्ल्यु बेरीलाई अध्यक्ष दाहालले नेपाल आर्थिक समृद्धिको युगमा प्रवेश गरेकाले सबैको सहयोग र सद्भाव आवश्यक रहेको जनाए । ‘जलविद्युत्, पर्यटन र कृषिमा आधारित उद्योग समृद्ध नेपालको प्राथमिक कार्यसूची रहेको छ’–दाहालले भने । अध्यक्ष दाहालले भर्खरै मात्र राजदूतको जिम्मेवारी पाएर नेपाल आएका राजदूत बेरीलाई भने–‘तपाइँको कार्यकालमा नेपाल र अमेरिकाको सम्बन्ध अझै प्रगाढ बन्ने मैले विश्वास लिएको छु ।’ उनले नेपालको शान्ति–प्रक्रिया विश्वका लागि उदाहरणीय भएको पनि जनाए । उनीहरुबीच भएको द्विपक्षीय भेटमा दुई देशबीचको सम्बन्ध, नेपालमा ...
राजपा विवाद चुलियो, एकाएक स्थगित ठाकुर भयो पक्षको बैठक

राजपा विवाद चुलियो, एकाएक स्थगित ठाकुर भयो पक्षको बैठक

राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालमा रहेका तत्कालीन तमलोपाका नेता तथा कार्यकर्ताको बैठक स्थगित भएको छ । राजपा नेपालको संयोजकबाट महन्थ ठाकुरलाई हटाएर राजेन्द्र महतोलाई नयाँ संयोजक बनेपछि सो पार्टीमा विवाद चुलिएकै बेला आन्तरिक छलफलका लागि भन्दै ठाकुर पक्षले अलग्गै बैठक बोलाएको थियो । राजपा नेपालका वरिष्ठ उपाध्यक्ष वृषेशचन्द्र लालको विषेश सक्रियतामा बैठक बोलाइएको थियो । तर, उनै लालले विजुलीवजार स्थित तत्कालीन तमलोपाको कार्यालयमा विहान ११ बजे बोलाइएको बैठक स्थगित भएको भन्दै नेताहरुलाई फोन गरेर जानकारी गराएको पार्टीका एक नेताले जनाए । यसबारे उपाध्यक्ष लाले बृहद रुपमा छलफल गर्न लागेको तर गुटको भेला भन्दै गलत प्रचार भएकाले तत्कालका लागि बैठक स्थगित भएको प्रतिक्रिया दिए । ...