दाङ ।
दाङको घोराही उपमहानगरपालिका – १६ का वडाध्यक्ष लक्षिणप्रसाद बुढा मगरको निधन भएको छ ।
गएको जेठ महिनादेखि बिरामी भएका वडाध्यक्ष बुढा मगरको गएराती ३ बजे निधन भएको हो ।
२०७४ साल असार १४ गते सम्पन्न स्थानीय तहको निर्बाचनमा घोराही–१६ को वडाध्यक्ष पदमा निर्वाचित बुढा मगरको भारतको मेदान्त अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
विभिन्न रोगले ग्रसित बुढा मगरको उपचार यसअघि नेपाल, भारत र थाइल्याण्डमा समेत गरिएको थियो ।
बुढाको निधन प्रति प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोख्रेलले दुःख ब्यक्त गर्दै श्रद्धान्जली ब्यक्त गरेका छन् ।