saptari-district-rajbiraj

राजविराज, मंसिर १३ ।
सप्तरीको कञ्चनरूप नगरपालिका–४ स्थित जगतपुरमा आफ्नै शरीरमा मट्टितेल छर्किएर आगो लगाएकी एक बालिकाको आज बिहान निधन भएको छ ।

निधन हुनेमा स्थानीयवासी महेश चौधरीकी १३ वर्षीय छोरी अञ्जनी चौधरी रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक प्रतीक बिष्टले जनाए । आफ्नै आमासँग विवाद हुँदा बुधबार साँझ अञ्जनीले शरीरमा मट्टितेल छर्किएर आगो लगाएर आत्महत्याको प्रयास गरेकी थिइन् ।

आगोबाट शरीर जलेर घाइते भएकी उनको विराटनगरस्थित म्याक्स अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको प्रहरीले जनाएको छ । घटनाबारे बिस्तृत अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बिष्टले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here