सुन्दरादेवी म्युजिक अवार्डको पाँचौ संस्करणको आवेदन फारम खुल्ला
सुन्दरादेवी म्युजिक अवार्डको पाँचौ संस्करणको आवेदन फारम खुल्ला गरिएको छ । निरन्तर रुपमा २०७२ सालबाट मोफसलबाट सञ्चालन भइरहेको सुन्दरादेवी म्युजिक अवार्डको पाँचौ संस्करणको आवेदन फारम खुल्ला गरिएको हो ।
‘नेपाली गीत सङ्गीत हाम्रो पहिचान, सञ्चार सस्थाबाट कलाकार सम्मान हाम्रो अभियान’ भन्ने मुल नाराको साथ पाचौँ सुन्दरादेवी सन्देश म्युजिक अवार्ड २०७६ गर्न लागिएको सुन्दरादेवी सन्देश म्युजिक अवार्डका अध्यक्ष किरण अधिकारीले जानकारी दिए । पहिलो र दोस्रो नुवाकोटा, तेस्रो धादिङ र चौथो अवार्ड बनेपामा यस आगाडी सफलता पुर्वक सञ्चालन भसकेको छ । यस पटक भन्ने भिन्न तरिकाबाट अन्तर्राष्ट्रिय स्तरमा गर्न लागीएको कार्यक्रम संयोजक गीता अधिकारीले जानकारी गराइन । उक्त अवार्डमा राष्ट्रिय भावका गीत, लोकदोहोरी, आधुनिक, पप, मौलिक सिर्जनाका भाका, देउडा, पुर्वेली, तामाङसेलो मेन्दोमाया तर्फबाट ५० विधामा अवार्ड प्रदान गरि...









