आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

मनोरन्जन

चर्चित रक गायक बिनोदको ‘दुःख’मा नेपालकै कान्छा र्यापर रोजनले र्याप दिएको भिडियो सार्वजनिक( भिडियो सहित)

चर्चित रक गायक बिनोदको ‘दुःख’मा नेपालकै कान्छा र्यापर रोजनले र्याप दिएको भिडियो सार्वजनिक( भिडियो सहित)

मनोरन्जन, समाचार
काठमाडौँ  : गायक तथा संगीतकार विनोद ढकालको नयाँ गीत ‘दुःख’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा नेपालकै कान्छा ११ बर्षिय र्यापर रोजन बराइलीले र्याप दिएका छन् । सार्वजनिक गीतमा रोजन बराइलीको शब्द रचना रहेको छ भने गीतमा बिनोद ढकालको संगीत रहेको छ र गीतलाई दिनेश श्रेष्ठले एरेन्ज गरेका छन । प्राय रक गीत गाएर चर्चा कमाउदै आईरहेका रक गायक बिनोद बव मार्लीको समेत उपमा पाएका छन । करीव ७ वर्ष पश्चात आफ्नो लामो कपाल काटे लगतै बिवाह बन्धनमा बांधिएका विनोदले आफ्नो गीतमा ११ वर्षीय र्यापरलाई प्रस्तुत गरेका छन । गीतको म्युजिक भिडियोमा किशोर भण्डारी, कविता आलेमगर र जोर्डन फिचर भएका छन् भने यस भिडियोलाई सोनम पाख्रिनले निर्देशन गरेका छन । सन्जीत श्रेष्ठले खिचेको गीतको म्युजिक भिडियोलाई माधव वेलवासेले सम्पादन गरेका छन । भिडियो हेर्नुहोस : https://www.youtube.com/watch?v=QVQlo8SQ7SQ...
गायक रामकृष्ण श्रेष्ठ तथा गायिका जेनी खालिङको ‘रसिलो त्यो मायाको बोलिमा’ सार्वजनिक (भिडियो सहित)

गायक रामकृष्ण श्रेष्ठ तथा गायिका जेनी खालिङको ‘रसिलो त्यो मायाको बोलिमा’ सार्वजनिक (भिडियो सहित)

मनोरन्जन, समाचार
१८ बैशाख, काठमाण्डौ । गायक रामकृष्ण श्रेष्ठ तथा गायिका जेनी खालिङको ‘रसिलो त्यो मायाको बोलिमा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । डि.पि. परिश्रमिको शब्द दिपक शर्माको संगितमा रहेको गीतको म्यूजिक भिडियो ओएसआर डिजिटल यूट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । म्युजिक भिडियोमा अनु शाह र रमेश खड्काले फिचरिङ्ग गरेका छन । प्रिज्मा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको सो गीतको भिडियोमा समन अधिकारीले निर्देशन गरेका छन भने क्यामरा निरोज श्रेष्ठ र भिडियो सम्पादन शिलन लम्सालको रहेको छ । https://youtu.be/QJg9Yf_aVVA...
मण्डला शैलीमा रम्दै चेल्सी

मण्डला शैलीमा रम्दै चेल्सी

मनोरन्जन, समाचार
काठमाडौँ — बैशाख १६ । पछिल्ला समयमा व्यावसायिक चित्रकार बढ्दै गईरहेका छन् । त्यसै परिप्रेक्ष्यमा नेपालगन्ज पासाङल्हामु रोडमा स्थायी घर रहेर भारतको बैङ्लोरमा आम संचार तथा पत्रकरिता विषयमा अध्यनरत चेल्सी बोथ्रा मण्डला शैलीको चित्रकला मार्फत नेपाली कला क्षेत्रमा प्रवेश गर्दै छिन । शनिबार अर्थात् छुट्टिको दिन। यो दिन बोथ्राका लागि भने कला सिर्जनाको दिन बन्थ्यो। पढाई संगसंगै मण्डला चित्रकलातर्फको विशेष रुचीका कारण १९ वर्षको कलिलो उमेरमै चेल्सीले बनाएका नेपालको लोक कलाको रुपमा चिनिने मण्डला शैलीका चित्रकलाका आध्यात्मिक विम्ब, जनजीवन, चालचलन, रीतिथिति र घटनाक्रम सुन्दर र हेर्न लायक देखिन्छन् । साँस्कृतिक र कला क्षेत्रमा अग्रणी पहिचान बोकेका मण्डला शैलीको कला आफैँमा मौलिक हो । बौद्ध तथा हिन्दू पौराणिक कथामा समावेश कथावस्तु र संस्कृति जोगाउन यस चित्रकलाले ठुलो भूमिका खेल्दै आएको छ । भौगोलिक क्षेत्र...
चलचित्र ‘कुम्भकरण’को अफिसियल फष्टलुक पोस्टर सार्वजनिक

चलचित्र ‘कुम्भकरण’को अफिसियल फष्टलुक पोस्टर सार्वजनिक

मनोरन्जन, समाचार
चलचित्र ‘कुम्भकरण’को अफिसियल फष्टलुक पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक दुई पोष्टरमा गौरब पहाडीलाइ अरु चलचित्रमा भन्दा अलि भिन्न रुपमा प्रस्तुत गरिएको छ भने गौरबसँगै पोष्टरमा भोलाराज सापकोटा, निशा अधिकारी र अभय बराललाइ देखाईएको छ । आकाश पल इन्टरटेर्मेण्टको ब्यानरमा निर्माण भएको यो चलचित्रले सिनेमाघरमा आउँने मिति जेष्ठ १७लाई तय गरेको छ । चलचित्र केही समय पहिला सार्वजनिक गीत ‘कुटु कुटु…’ले चर्चा पाइरहँदा निर्माण पक्षले चलचित्रको पोष्टर सार्वजनिक गरेको हो । सस्पेन्स कमेडी अनि प्रेम कथामा आधारित यस चलचित्रमा दीपक ओलीको निर्देशन रहेको छ भने चलचित्रमा महेश दवाडीको पटकथा सम्बाद रहेको छ । चलचित्रमा निशा अधिकारी, गौरब पहाडी, भोलाराज सापकोटा , अभय बराल, प्रमोद अग्रहरी, आकाश पल, कुलदीप अधिकारी, कमल गाउले, प्रतिभा छेत्री, सुधब थापालगायतका कलाकारको अभिनय रहेको छ । चित्रबहादुर घर्ति मगर...
सन्देशमुलक गीत ‘मन्दिर धाए’ सार्वजनिक (भिडियोसहित)

सन्देशमुलक गीत ‘मन्दिर धाए’ सार्वजनिक (भिडियोसहित)

मनोरन्जन, समाचार
काठमाडौं : मन्दिर, मस्जिद, गुम्बा जहाँ जहाँ धाए पनि भगवान मानिसभित्र नै हुन्छ भन्ने सन्देश बोकेको गीत ‘मन्दिर धाए…’ सार्वजनिक भएको छ । सौगात लामाको स्वर, मित्र केसीको शब्द/संगीत र संजय हमालको एरेञ्ज रहेको गीतको भिडियो युट्युब मार्फत सार्वजनिक गरिएको हो । मिना लामाले निर्देशन गरेको गीतको भिडियोमा सुरवीर पण्डित र राजकुमार महर्जनलाई फिचरिङ गरिएको छ । एलेन मगरले छायाँकन गरेको गीतको भिडियोलाई एकान्त मगरले सम्पादन गरेका छन् । लेलेका विभिन्न रमणिय दृश्य कैद गरिएको गीतको भिडियो व्हाइट पिगन मिडियाका लागि राजकुमार महर्जनले निर्माण गरेका हुन् । ‘हामीले यसपाली अलिक फरक खालको गीत स्रोता/दर्शकमाझ ल्याएका छौ, आशा छ सबैले मनपराइ दिनुहुनेछ’, राजकुमारले भने । https://youtu.be/QGxYz7GVL-0  ...
इएन आई डि सिने अवार्ड–२०७६ मनोनयन सार्बजनिक को को परे ? सूचि सहित

इएन आई डि सिने अवार्ड–२०७६ मनोनयन सार्बजनिक को को परे ? सूचि सहित

मनोरन्जन, समाचार
काठमाडौं । नेपाली चलचित्र अवार्डकै सन्दर्भमा पहिलोपटक गौरवमय एघारौं अवार्डको रुपमा डि सिने अवार्ड –०७६ को मनोनयन सार्वजनिक गरिएको छ । मूलतः नेपाली चलचित्र उद्योगको बृहत्तर हितमा अवार्ड आयोजना प्रारम्भ गरी प्रविधिका माध्यमले चलचित्रको गुणस्तर वृद्धि तथा सिर्जनकर्मी, पौरखी हातहरुलाई प्रोत्साहन–सम्मान गरी बृहत्तर चलचित्र उद्योगको परिदृश्यमा विगत ११ वर्षदेखि डि सिने अवार्ड आयोजना भैरहेको आयोजक पक्षले बताएको छ । छायाँछविले यसपटक देखि डि सिने अवार्डमा उत्कृष्ट ५ को परम्परालाई तोड्दै अन्तराष्ट्रिय आम मान्यतामा आधारित रहेर हामीले उत्कृष्टताको सूचीमा सातसम्म स्थान दिने निर्णय गरेको छ । ११ औं संस्करणको इएनआई छायाँछवि  डि सिने अवार्ड –०७६का लागि यस वर्ष रिलिज भएका १०० चलचित्रमध्ये पिजडा मार्फत ४८ चलचित्र छानिएका थिए । जसमध्ये यस पटकको अवार्डमा सहभागीताका लागि आब्हान गर्दा विभिन्न कारणले रणविर, बुलबुल...
चर्चित गायक प्रमोद खरेलको झुमा झुमा बोलको गीत सार्वजनिक (भिडियो सहित)

चर्चित गायक प्रमोद खरेलको झुमा झुमा बोलको गीत सार्वजनिक (भिडियो सहित)

मनोरन्जन, समाचार
चर्चित गायक प्रमोद खरेलको नयाँ गीत सार्वजनिक भएको छ । झुमा झुमा बोलको गीत सार्वजनिक भएको हो । गीतमा टीकटकवाट भाइरल भएका जुम्ल्याहा दिदी बहिनीले प्रिन्सी र प्रिज्माले अभिनय गरेका छन् । उनीसंगै संगै छन् चर्चीत कलाकार पल शाह । सांगीतिक करियरको करिब एक दशक संघर्षमा बिताएका खरेल पछिल्लो आधा दशकदेखि लोकप्रिय गायकका रूपमा सु परिचित छन् । चलचित्र, आधुनिक, पप, राष्ट्रिय आदि शैलीका करिब २ हजारभन्दा बढी गीत गाइसकेका प्रमोदलाई ‘म बिना कसै कसैलाई मुस्किल छ पोखरामा’ बोलको गीतले झनै चर्चीत बनाएको हो । त्यो गीत पछि उनलाई पछाडी फर्केर हेर्नुपरेको छैन । ब्यस्त र सुपरहिट गीत पस्कने उनै प्रमोदले शुक्रवार आफ्नै युट्युव च्यानलवाट नयाँ गीत सार्वजनिक गरेका हुन् । दिक्षा कृयशनले प्रस्तुत गरेको सो गीतमा सार्वजनिक भएको एक घण्टा नबित्दै निकै राम्रा प्रतिकृया आएका छन् । हिमान्सु रायमाझिको रचना रहेको गीतमा सुभम भ...
नेपाल लाइफ तेस्रो राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०७५ हुने

नेपाल लाइफ तेस्रो राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०७५ हुने

मनोरन्जन, समाचार
काठमाण्डौ ६ बैशाख: नेपाल लाइफ तेस्रो राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०७५ हुने भएको छ । यसको मुख्य प्रायोजन नेपाल लाइफ इन्स्योरेन्सले गर्ने भएको छ । साथै लाइफटाइम अचिभमेन्ट फोटोपत्रकारिता अवार्ड विधा पनि नेपाल लाइफ इन्स्योरेन्सको नामबाट वितरण गरिने भएको छ । यसै सम्बन्धमा शुक्रबार औपचारिक रुपमा आयोजक संस्थाका संयोजक प्रदीपराज वन्त र प्रायोजक संस्थाको तर्फवाट कर्पोरेट प्रमुख पवन कुमार खड्का बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । लाइफ टाइम अचिभमेन्ट अवार्डबाट एक जना वरिष्ठ फोटोपत्रकारलाई नगद पुरस्कार रु ५० हजार सहित ट्रफी र सम्मान पत्रले सम्मानित गरिनेछ साथै फोटो पत्रकारिताको अन्य विधामा १४ अवार्ड दिइने भएको छ । सो कार्यक्रम दरबारमार्ग स्थित होटल अन्नपूर्णमा यहि बैशाख १३ गते हुने भएको छ । उक्त कार्यक्रममा गोल्डस्टार सुज खेलकुद फोटोपत्रकारिता अवार्ड,नेपाल टेलीकम डेली लाइफ फोटो पत्रकारिता अवा...
बिप्लव सैजु र मनिषा क्षेत्रीले हात पारे नेपाल्स टप मोडल आईकनको उपाधी

बिप्लव सैजु र मनिषा क्षेत्रीले हात पारे नेपाल्स टप मोडल आईकनको उपाधी

मनोरन्जन, समाचार
काठमाडौं । राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न नेपाल्स टप मोडल आईकनको उपाधी पुरुष तर्फको बिप्लव सैजु मस्ट हैण्डसमको उपाधी सहित र महिला तर्फको मस्ट व्युटिफुलको उपाधी सहित मनिषा क्षेत्रीले हात पारेका छन । प्रतियोगितामा पुरुष तर्फको फर्स्ट रनर अपको उपाधी संगै मस्ट फोटोजेनीक तथा मस्ट टैलेन्टको उपाधी बिप्लव शाही ठकुरीले जितेका थिए भने सेकेण्ड रनर अपमा युवराज शाहले हात पारेका थिए, त्यसै संग उनले मस्ट पपुलरको उपाधी समेत हात पार्न सफल भए । त्यसै गरि महिला तर्फ फस्र्ट रनर अपको उपाधी कृष्टिना श्रेष्ठले हात पारिन भने त्यसै संगै उनले मस्ट पपुलरको उपाधी समेत हान पार्न सफल भईन । सकेण्ड रनर अपमा अन्जली पुलामी मगरले जितिन भने त्यससंगै उनले बेष्ट क्याटवाकका उपाधी समेत हात पार्न सफल भईन ।उनीहरुले उपाधीसंगै विभिन्न आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरे । यस सौन्दर्य प्रतियोगितामा भाग लिएका प्रति...
म्यूजिक खबर म्यूजिक अवार्डको ८ औं संस्करणको आवेदन खुला

म्यूजिक खबर म्यूजिक अवार्डको ८ औं संस्करणको आवेदन खुला

मनोरन्जन, समाचार
काठमाडौं । विगत ८ वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको म्यूजिक खबर म्यूजिक अवार्डको ८ औं संस्करणको लागि गीतसंगीत सहभागी गराउनका लागि आवेदन खुला गरिएको छ । गत वर्ष असोज १९ गते प्रदेश नं। १ को राजधानी विराटनगरमा भव्य रुपमा सम्पन्न भएको म्यूजिक खबर म्यूजिक अवार्डले प्रत्येक वर्ष अन्य प्रदेशमा पनि गर्ने लक्ष्यका साथ अघि बढेको छ । ‘कल्चरल टुरिजम अफ नेपाल’ भन्ने मूल उद्देश्यका साथ आन्तरिक रुपमा सांस्कृतिक पर्यटन बढाउन यो अवार्डले विशेष भूमिका खेल्ने आयोजक पक्षले बताएको छ । शुभकामना मिडिया सोलुशनको आयोजनामा हुन लागेको यो अवार्डलाई योभन्दा पहिला म्यूजिक खबर डटकमले आयोजना गर्दै आएको थियो । यस वर्षबाट शुभकामना मिडिया सोलुशन ९एसके मिडिया०ले सम्पूर्ण व्यवस्थापनसहित आयोजना गर्ने भएको छ । विभिन्न ३५ विधामा आयोजना हुने यस अवार्ड गीतसंगीत क्षेत्रमा विशेष चासोको विषय बन्ने गरेको छ । यस अवार्डमा राष्...