आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

गायक ध्रुव विश्को र गायिका भगवती भट्टराईको स्वरमा रहेको गीत ‘पिलनको टिकट काटी‘’ सार्वजनिक

नयाँ वर्षको अवसर पारेर गायक ध्रुव विश्को र गायिका भगवती भट्टराईको स्वरमा रहेको गीत ‘पिलनको टिकट काटी‘’ सार्वजनिक भएको छ । संजय विश्कोको शब्द, गायक ध्रुवकै कम्पोज र आमोश तामाङको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । शिव विकको निर्देशन रहेको गीतको भिडियोमा मोडल पुष्प खडका र सुकमित घिसिङलाई फिचर्ड गरिएको छ । ज्ञानेन्द्र शर्माले छायाँकन गरेको गीतको भिडियोलाई दिनशोन शाहले सम्पादन गरेका छन् ।

सुदुर पश्चिमेली भाषा प्रयोग गरिएको गीत जति राम्रो छ भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ । आफ्ना अन्य गीतले जस्तै यो गीतले पनि स्रोतादर्शकको साथ पाउनेमा आफू आशावादी रहेको गायक ध्रुवले बताए ।यस अघि सार्वजनिक गीत ‘डिट पडिजाउ’को सफलता पछि ‘पिलनको टिकट काटी‘’ ‘डिट पडिजाउ २’ स्रोतादर्शक माझ ल्याएको पनि ध्रुवले जानकारी गराए ।

गीतको भिडियो :

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *