एसईई दिएका परिक्षार्थीहरुलाइ लक्षित गरी नेतृत्व बिकास,मोडलिङ र आत्माविस्वास लाई अभिवृद्धि गराउने लक्ष्यका साथ मिस्टर एन्ड मिस नेपाल एसईई को काठमाडौ अडिसन दरबारमार्ग स्थित ओपियम रेस्टुरेन्ट मा यही चैत्र २८ गते सम्पन्न भएको छ।
एसईई दिएका परिक्षार्थीहरुलाइ लक्षित गरि नेतृत्व बिकास,मोडलिङ र आत्माविस्वास लाई अभिवृद्धि गराउने लक्ष्यका साथ मिस्टर एन्ड मिस नेपाल एसईई को काठमाडौ अडिसन सम्पन्न भएको हो।

सौन्दर्य प्रतियोगिता मार्फत मोडलिङ क्षेत्रमा प्रबेश गर्ने चाहना भएका एसईई परिक्षा दिएर फुर्सदको समयमा बसेका बिद्यार्थीहरुलाई अन्तरास्ट्रिय स्तरका कोरियोग्राफर ,मेन्टर तथा अन्तरास्ट्रिय प्रतियोगिताका बिजेताहर सम्मिलित निर्णायक मन्डलबाट छनौट गरि करिब ४५ दिन लामो विशेष प्रशिक्षण पस्चात राष्ट्रिय नाचघर जमलमा अन्तिम प्रतिस्पर्धा गराइने छ। प्रतियोगिताको कोरियोग्राफरको रुपमा अन्तरास्ट्रिय स्तरमा नै ख्याति प्राप्त कोरियोग्राफर तथा टिभि होस्ट रोजिन शाक्य हुनुहुन्छ भने व्यत्तित्व बिकास ,पब्लिक इस्पिकिङ ,आत्माबिस्वास अभिवृद्धि आदिको कक्षा व्यक्तित्व विकासको कक्षा थेन्डुप शेर्पाले लिनुहुनेछ।अन्य मेन्टरहरुमा मिस्टर नेपाल २०१८ बिकल्प राज श्रेष्ठ,मिस्टर नेसनल युनिभर्स कौसिक प्रसाई ,मिस ग्रान्ड नेपाल उरुषा जोशी , व्युटिसियन लक्ष्मी महत आदि हुनुहुन्छ।

यस सौन्दर्य प्रतियोगिताको विजेताले नेपाललाई अन्तराष्ट्रिय प्रतियोगितामा प्रतिनिधित्व गर्ने भएर पनि मिस्टर एण्ड मिस नेपाल एसईई भिन्न रहेको कुरा अभ्यानी प्रोडक्सनका सिइओ अभिविन्द खनियाले बताए। काठमाडौँपछि देशका १० मुख्य शहरमा अडिसनवाट छनौट गरी प्रशिक्षण सुरू हुनेछ।
