आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

खेलकुद

अमेरिकी प्रहरीले बलात्कारको आरोप खेपिरहेका रोनाल्डोसँग डिएनए नमुना माग्यो

अमेरिकी प्रहरीले बलात्कारको आरोप खेपिरहेका रोनाल्डोसँग डिएनए नमुना माग्यो

खेलकुद, समाचार
काठमाडौं, पुस- २७ । पोर्चुगलका राष्ट्रियटिमका स्ट्राइकर तथा चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोसँग उनको डिएनएको नमुना माग गरिएको छ । बलात्कारको आरोप खेपिरहेका रोनाल्डोसँग सोही मुद्दाको विस्तृत अनुसन्धानका लागि अमेरिकाको लस भेगसको प्रहरीले रोनाल्डोसँग उनको डिएनए नमुना माग गरेको हो । इटलीको युभेन्टस क्लबका वकिल पिटर क्रिस्टियानसेनले लस भेगस प्रहरीले रोनाल्डोको डिएनए नमुना माग गरेको वारेमा पुष्टि गर्दै प्रहरीको यस्तो माग ‘स्वाभाविक’ भएको बताएका छन । रोनाल्डोले सन् २००९ मा लस भेगसको होटलमा क्याथरिन मायोर्गा नाम गरेकी महिलालाई यौन आक्रमण गरेको आरोप लागेको छ । रोनाल्डोले भने उक्त आरोप अस्वीकार गर्दै आएका छन् । उनले सहमतिमै यौन सम्बन्ध रहेको दावी यसअघीनै गरिसकेका छन् । अमेरिकी सञ्चार माध्यमका अनुसार मायोर्गाको कपडामा अर्को व्यक्तिको डिएनए स्याम्पल पाइएको थियो । उक्त डिएनए रोनाल...
स्पेनिस ‘कोपा डेल रे’ फुटबलमा बार्सिलोना पराजित, लेभान्ते २–१ ले विजयी

स्पेनिस ‘कोपा डेल रे’ फुटबलमा बार्सिलोना पराजित, लेभान्ते २–१ ले विजयी

खेलकुद, समाचार
काठमाडौं, पुस- २७ । स्पेनिस ‘कोपा डेल रे’ फुटबल अन्तर्गत प्रि–क्वाटरफाइनलको पहिलो लिगको खेलमा बार्सिलोना पराजित भएको छ । गएराति भएको खेलमा बार्सिलोनालाई लेभान्तेले २–१ ले पराजित गरेको हो । कठिन खेलमा बार्सालऐ पराजित गर्नन लेभान्तेका एरिक काबाको र बोर्या मेयोरलले एक–एक गोल गरे भने पराजित टोली बार्साका ब्राजिलियन मिडफिल्डर कौटिन्होले पेनाल्टीमार्फत एक गोल फर्काए । हारसँगै दोस्रो लिगको खेलपूर्व बार्सिलोना भने केही दबाबमा आएको छ । किङ्स कप फुटबलकै अर्को खेलमा सेभियाले एथ्लेटिक बिल्बाओलाई ३–१ ले पराजित गरेको छ । त्यस्तै रियाल बेटिस र रियाल सोसिडाडले गोलरहित बराबरी खेलेका छन् ।...
म्यान्चेस्टर सिटीको उत्कृष्ट जित, बुर्टन आल्बियोन विरुद्द गोलको बर्षा

म्यान्चेस्टर सिटीको उत्कृष्ट जित, बुर्टन आल्बियोन विरुद्द गोलको बर्षा

खेलकुद, समाचार
काठमाडौं, पुस- २६ । इङ्लिस लिग कप फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लिगको खेलमा म्यान्चेस्टर सिटीले बुर्टन आल्बियोनलाई पराजित गरेको छ । गएराति म्यान्चेस्टर सिटीको मैदानमा भएको खेलमा म्यान्चेस्टर सिटी ९–० को विशाल गोलअन्तरले विजयी भयो । सिटीको जितमा ब्राजिलियन खेलाडी ग्याब्रिएल जिससले एक्लै चार गोल गरे भने केभिन डे ब्रायन, रियाद माहारेज, फिल फोडन, जिन्चेन्को र कायल वाल्करले थप एक एक गोल गरे । जितसँगै सिटीले लिग कप अर्थात काराबाओ कप फुटबलको फाइनल यात्रा लगभग निश्चित पारेको छ । दोस्रो लिगको खेल भने यही जनवरी २४ तारिखका दिन बुर्टनको घरेलु मैदानमा हु्दैछ । बुर्टन आल्बियोन इङ्लिस फुटबलको तेस्रो श्रेणीकोमा रहेको टोली हो । उसले लिग वानमा प्रतिस्पर्धा गर्दछ । लिग कप फटबलको दोस्रो सेमिफाइनल खेलमा चेल्सी र टोटनह्याम हट्सपर भिड्दैछन् । पहिलो लिगको खेलमा टोटनह्यामले चेल्सी विरुद्द १–० ...
इङ्लिस प्रिमियर लिगमा चेल्सी विरुद्द टोटनह्याम विजयी, आज राति म्यान्चेस्टर सिटी र बुर्टन आमनेसामने हुदै

इङ्लिस प्रिमियर लिगमा चेल्सी विरुद्द टोटनह्याम विजयी, आज राति म्यान्चेस्टर सिटी र बुर्टन आमनेसामने हुदै

खेलकुद, समाचार
काठमाडौं, पुस-२५ । इङ्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लिगको खेलमा टोटनह्याम हट्सपरले चेल्सीलाई पराजित गरेको छ । टोटनह्यामको घरेलु मैदानमा गएराति भएको खेलमा चेल्सी १–० ले पराजित भयो । टोटनह्यामको जितमा खेलको २७ औं मिनेटमा ह्यारी केनले पेनाल्टीमार्फत गरेको गोल नै खेलको निर्णायक गोल बन्यो । जितपश्चात टोटनह्याम लिग कप अर्थात काराबाओ कप फुटबलको फाइनल नजिक पुग्दा दोस्रो लिगको खेलपूर्व चेल्सी भने निकै दबाबमा आएको छ । दोस्रो लिगको खेल यही जनवरी २४ तारिखका दिन चेल्सीको घरेलु मैदानमा हु्दैछ । प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा आज राति म्यान्चेस्टर सिटी र बुर्टन आल्बियोनले आमनेसामने गर्दैछन ।...
‘ए’ डिभिजन लिग च्याम्पियन मनाङ मर्स्याङ्दी अन्तिम खेलमा फ्रेन्ड्ससित पराजित

‘ए’ डिभिजन लिग च्याम्पियन मनाङ मर्स्याङ्दी अन्तिम खेलमा फ्रेन्ड्ससित पराजित

खेलकुद, समाचार
काठमाडौं, पुस- २४ शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता सकिएको छ । अन्तिम खेलमा मंगलबार उपाधि विजेता मनाङ–मर्स्याङ्दी क्लब फ्रेन्ड्स क्लबसंग पराजित भएसंगै खेल सकिएको हो । यसअघिका भएका लिहको खेलमा शतप्रतिशत नतिजा निकालेको मनाङ अन्तिम खेलमा भने फ्रेन्ड्ससित १–० ले पराजित हुन पुग्यो । फ्रेण्ड्सलाई जित दिलाउने क्रममा इन्जुरी समयको अन्तिम मिनेटमा विकास लामाले गोल गर्दैै मनाङको शतप्रतिशत नतिजामा पूर्णविराम लगाएका हुन् । सातदोवाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा मनाङले गोल गर्ने एक दर्जनभन्दा बढी अवसर खेर फालेपछि हारको सामना गर्यो । यसअघि नै उपाधि सुरक्षित गरेको मनाङले आठौंपटक लिगको उपाधि उचालेको छ । संकटा क्लब उपविजेता हुँदा थ्रीस्टार क्लबले भने तेस्रो स्थानमा चित्त बुझाएको छ । त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी र नेपाल पुलिस क्लब क्रमशः चौथो, पाँचौं र छैटौं स्थानमा रह...
७१ वर्षपछि अस्ट्रेलियामा भारतले टेष्ट शृङ्खला जित्यो

७१ वर्षपछि अस्ट्रेलियामा भारतले टेष्ट शृङ्खला जित्यो

खेलकुद, समाचार
काठमाडौं, पुस- २४ भारतले अस्ट्रेलियाविरुद्धको चार टेष्टको शृङ्खला आफ्नो पक्षमा पारेको छ । चौथो तथा अन्तिम टेष्ट बर्षाले अवरुद्ध भएपछि बराबरीमा भएपश्चात भारतले २–१ ले शृङ्खला जितेको हो । भारतले अस्ट्रेलियन भूमीमा ७१ बर्षपछि पहिलो पटक टेष्ट शृङ्खला जितेको हो । सन् १९४८ पछि अस्ट्रेलियन भुमीमा पहिलो पटक शृङ्खला जित्न भारतका चेतेश्वर पुजारा र कुलदिप यादवको प्रदर्शन निकै महत्त्वपूर्ण रह्यो । शृङ्खलाको पहिलो टेस्टमा भारत ३१ रनले विजयी हुँदा दोस्रोमा १ सय ४६ रनले पराजित भएको थियो । भारतले तेस्रो टेस्टमा १ सय ३७ रनको जित निकाल्दै घरेलु टोली अष्ट्रेलियालाई दबाबमा राखेको थियो । चौथो टेष्ट बर्षाले बिथोलिएसँगै भारतले शृङ्खलामा आफ्नो कब्जा गरेको हो ।...
इङ्लिस प्रिमियर लिगमा शीर्ष स्थानमा रहेको लिभरपुल एफए कपको तेस्रो चरणबाटै घर फर्कियो

इङ्लिस प्रिमियर लिगमा शीर्ष स्थानमा रहेको लिभरपुल एफए कपको तेस्रो चरणबाटै घर फर्कियो

खेलकुद, समाचार
काठमा्डौं, पुस- २४ । इङ्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शीर्ष स्थानमा रहेको लिभरपुल एफ.ए कप फुटबलमा भने तेस्रो चरणबाटै बाहिरिन पुगेको छ । गएराति भएको एफ.ए कपको खेलमा लिभरपुललाई प्रिमियरसिप प्रतिद्वन्द्वी वुल्भरह्याम्पटन वान्डरर्सले २–१ ले सजिलै पराजित गर्‍यो । वुल्भरह्याम्पटनको जितमा राउल जिमिनेज र रुबेन नेभेसले एक–एक गोल गरेका थिए । लिभरपुलका लागि भने डिभोक ओरीगीले सान्त्वना एक गोल फर्काए । जितसँगै वुल्भरह्याम्पटनले एफ.ए कपको चौथो चरणमा आफ्नो स्थान सुरक्षित गरेको छ ।...
एसिया कप फुटबलमा भारतको विजयी सुरुवात, थाइल्याण्ड विरुद्द ४–१ ले विजयी

एसिया कप फुटबलमा भारतको विजयी सुरुवात, थाइल्याण्ड विरुद्द ४–१ ले विजयी

खेलकुद, समाचार
काठमाडौं, पुस- २३ । युएईमा जारी एसिया कप फुटबल अन्तर्गत भारतले विजयी सुरुवात गरेको छ । गएराति थाइल्याण्ड विरुद्द भएको खेलमा भारतले ४–१ को स्पष्ट जित निकालेको छ । कप्तान सुनिल क्षत्रीले भारतको जितमा २ तथा अनिरुद्र थापा र जेजे लाल्पेखुलाले थप एक-एक गोल गरे । एसिया कप फुटबलमा हिजो राती नै भएको अर्को खेलमा जोर्डनले साविक विजेता अष्ट्रेलियामाथि १–० को जित निकाल्दा सिरिया र प्यालेस्टाईनले भने गोलरहीत बराबरी्मा चित्त बुझाएका छन् । एसिया कप फुटबलमा आज तीन खेल हुदैछन् । आज हुने खेलमा चीन र कीर्गिस्तान भिड्दा दक्षिण कोरिया र फिलिपिन्स तथा ईरान र यमन आमनेसामने हुँदैछन ।...
एफए कप फुटबलमा चेल्सी, म्यान्चेस्टर युनाईटेड र आर्सनल  चौथो चरणमा प्रवेश

एफए कप फुटबलमा चेल्सी, म्यान्चेस्टर युनाईटेड र आर्सनल चौथो चरणमा प्रवेश

खेलकुद, समाचार
काठमाडौं- पुस २२ । एफ.ए कप फुटबल प्रतियोगिता अन्तर्गत शीर्ष क्लबहरु चेल्सी, म्यान्चेस्टर युनाईटेड र आर्सनल चौथो चरणमा प्रवेश गरेका छन् । गएराति भएको तेस्रो चरणको खेलमा चेल्सीले नटिङ्घम फरेस्टलाई २–० ले हरायो भने आर्सनलले ब्ल्याकपूलमाथि ३–० को रोमान्चक जित निकाल्यो । त्यस्तै म्यान्चेस्टर युनाईटेडले रिडिङलाई २–० ले पराजित गर्दा ब्राईटनले बर्नमाउथलाई ३–१ ले पराजित गर्यो । गएराति नै भएका अन्य खेलमा वेष्ट ह्याम युनाईटेड, बर्न्ले, एभर्टन, क्रिष्टल प्यालेस र स्वान्सी सिटी पनि विजयी हुँदै एफ.ए कप फुटबलको चौथो चरणमा प्रवेश गरेका छन् ।...
लियोनल मेस्सी वर्ष २०१८ को सर्वोत्कृष्ट खेलाडी घोषित, लुका मोड्रिच दोश्रो स्थानमा

लियोनल मेस्सी वर्ष २०१८ को सर्वोत्कृष्ट खेलाडी घोषित, लुका मोड्रिच दोश्रो स्थानमा

खेलकुद, समाचार
स्पेन—पुस २० । अर्जेन्टिनी फुटवल टिमका ढुकढुकी तथा क्लव बार्सिलोनाका सुपरस्टार लियोनल मेस्सी वर्ष २०१८ को सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । स्पेन्बाट प्रकाशित हुने प्रतिष्ठित पत्रिका ‘मार्का’ ले बिहिबार मेस्सीलाई सर्वोत्कृष्ट खेलाडी घोषणा गरेको हो । उक्त पत्रिकाले सन् २०१८ मा खेला्डिहरुले गरेको प्रदर्शनका आधारमा विभिन्न एकसय उत्कृष्ट खेलाडीको मनोनयन यसअघि नै सर्वजनिक गरेको थियो । जसमा मेस्सी उत्कृष्ट प्रदर्शनको आधारमा सबैभन्दा शीर्ष स्थानमा पर्न सफल रहे । उत्कृष्टको मुल्यांकन गर्न मार्काले मार्काको निर्णायक मण्डलको साथै आफ्ना पाठकलाई पनि भोटिङको अधिकार दिएको थियो । मेस्सीले वर्षको सर्वोत्कृष्ट फुटवलरको यो पुरस्कार जित्न ब्यालोन डि‘ओर विजेता लुका मोड्रिचलाई समेत पछि पारे । जसमा मोड्रिच, एट्लेटिको म्याड्रिडका एन्टोइन ग्रीजम्यान, युभेन्ट्सका क्रिस्टियानो रोनाल्डो र पेरिस सेन...