man city

काठमाडौं, पुस- २६ ।

इङ्लिस लिग कप फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लिगको खेलमा म्यान्चेस्टर सिटीले बुर्टन आल्बियोनलाई पराजित गरेको छ ।

गएराति म्यान्चेस्टर सिटीको मैदानमा भएको खेलमा म्यान्चेस्टर सिटी ९–० को विशाल गोलअन्तरले विजयी भयो । सिटीको जितमा ब्राजिलियन खेलाडी ग्याब्रिएल जिससले एक्लै चार गोल गरे भने केभिन डे ब्रायन, रियाद माहारेज, फिल फोडन, जिन्चेन्को र कायल वाल्करले थप एक एक गोल गरे ।

जितसँगै सिटीले लिग कप अर्थात काराबाओ कप फुटबलको फाइनल यात्रा लगभग निश्चित पारेको छ ।

दोस्रो लिगको खेल भने यही जनवरी २४ तारिखका दिन बुर्टनको घरेलु मैदानमा हु्दैछ ।

बुर्टन आल्बियोन इङ्लिस फुटबलको तेस्रो श्रेणीकोमा रहेको टोली हो । उसले लिग वानमा प्रतिस्पर्धा गर्दछ ।

लिग कप फटबलको दोस्रो सेमिफाइनल खेलमा चेल्सी र टोटनह्याम हट्सपर भिड्दैछन् । पहिलो लिगको खेलमा टोटनह्यामले चेल्सी विरुद्द १–० को अग्रता लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here