नेपाली क्रिकेट खेलाडीले दुई वर्षदेखि रोकिएको तलब एकैपटक थाप्दै
काठमाडौं– पुस १९
नेपालका क्रिकेट खेलाडीले दुई वर्षदेखि रोकिएको मासिक तलब एकै पटक पाउने भएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) लाई प्रतिबन्ध गर्दै आएको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले खेलाडीको रोकिएको तलव एकैपटक दिन लागेको हो ।
आईसीसीले तलब वितरणका लागि खेलाडीको नयाँ श्रेणी निर्धारण गरेको छ ।
आईसीसीको निलम्बनमा पर्नुअघि क्यानले ‘ए’, ‘बी’ र ‘सी’ गरी तीन श्रेणीमा खेलाडीको वर्गीकरण गरेको थियो ।
क्यानले सन् २०१५ देखि बर्गीकरणमा परेका खेलाडीलाई मासिक तलव दिन थालेको थियो । खेलाडीले सन् २०१७ जुलाई सम्म तलव पाएका थिए । त्यसपछि रोकिएको तलव दिलाउन आईसीसीलाई नेपालका खेलाडीले अनुरोध गरेका थिए ।
तलव वितरणका लागि आइसीसीले प्रशिक्षक जगत टमटा र कप्तान पारस खड्का लगायतको सल्लाहमा खेलाडीको नयाँ बर्गीकरण गरेर आइसीसीमा पठाएको थियो । जसमा ए, बी र सी तीनै श्रेणीमा सातसात गरी २१ खेलाडी ...









