आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

खेलकुद

लिभरपुल इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लियो, एभर्टनविरुद्द चेल्सी पराजित

लिभरपुल इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लियो, एभर्टनविरुद्द चेल्सी पराजित

खेलकुद, समाचार
काठमाडौँ —चैत ४ । फुल्हमलाई हराउँदै लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति फुल्हमको मैदानमा भएको खेलमा लिभरपुल २–१ ले विजयी भयो । खेलमा लिभरपुललाई विजयी गराउन जेम्स मिल्नरले पेनाल्टीमार्फत् निर्णायक गोल गरे । यसअघि, सादियो मानेको गोलबाट लिभरपुलले खेलमा अग्रता लिएपनि रायन बाबलको गोलमार्फत् फुल्हमले खेल बराबरी गरेको थियो । चेल्सीलाई एभर्टनले हरायो प्रिमियर लिगअन्तर्गत् आइतबार राति नै भएको अर्को खेलमा चेल्सीलाई एभर्टनले २–० ले हराएको छ । आफ्नै मैदानमा एभर्टनलाई विजयी गराउन रिचार्लिसन र जिल्फी सिगुर्डसनले एक/एक गोल गरेका थिए । हारपछि चेल्सीले अंकतालिकाको चौथो स्थानमा उक्लिने अवसर गुमाएको छ । लिगमा ३१ खेलबाट ७६ अंक जोडेको लिभरपुल शीर्ष स्थानमा छ । एक खेल कम खेलेको म्यानचेस्टर सिटी ७४ अंकसहित दोस्रो स्थानमा छ । तेस्रो स्थानको टो...
नेपाललाई एथ्लेटिक्समा ऐतिहासिक सफलता, एसियन युथ एथ्लेटिक्समा अजितकुमार यादवले जिते स्वर्ण पदक

नेपाललाई एथ्लेटिक्समा ऐतिहासिक सफलता, एसियन युथ एथ्लेटिक्समा अजितकुमार यादवले जिते स्वर्ण पदक

खेलकुद, समाचार
काठमाडौँ —चैत ३ । हङकङमा जारी तेस्रो एसियन युथ एथ्लेटिक्स च्याम्पियनसिपमा नेपालका अजितकुमार यादवले स्वर्ण पदक जितेका छन् । आइतबार भएको ३ हजार मिटर दौडमा भारत, जापान, यमन लगायतका प्रतिस्पर्धीलाई पछि पार्दै नेपाल एपीएफ क्लबका खेलाडी अजितले स्वर्ण जितेका हुन् । उनले निर्धारित दूरी ८ मिनेट ३०.३२ सेकेण्डमा पूरा गरे । दोस्रो स्थानमा रहेका भारतका अमित जंगजीर ८ मिनेट ३६.३४ सेकेण्डमा दूरी पूरा गरी रजत र ८ मिनेट ३८.६० सेकेण्डमा निर्धारित दूरी पूरा गरेका यमनका गामिल अल हामातीले काश्य पदक पाए । जुनियर एथ्लेटिक्समा नेपालले एशियाली स्तरमा पहिलो स्वर्ण जितेको हो । वास्तवमा एशियाली एथ्लेटिक्स च्याम्पियनसिपमा जीतबहादुर केसीले नेपाललाई पहिलो पदक जितेयता एशियाली एथ्लेटिक्समा नेपालले अहिलेसम्म पदक जित्न सकेको छैन । नेपाल एथ्लेटिक्स संघको विवादका कारण यस प्रतियोगितामा नेपालको सहभागिताको टुंगो अन्ति...
सुधारिएको प्रदर्शन बंगलादेशको

सुधारिएको प्रदर्शन बंगलादेशको

खेलकुद, समाचार
विराटनगर — चैत १ । नेपाल र बंगलादेशबीच एएफसी यू–१४ गर्ल्स रिजनल च्याम्पियनसिपको फाइनल सुरु हुन दुई घण्टामात्र बाँकी थियो । महाभूकम्प (वैशाख १२, २०७२) ले ९ हजार बढी नेपालीको ज्यान लियो र दशरथ रंगशालालाई पनि क्षतिग्रस्त बनायो । त्यसले यू–१४ को फाइनल पनि रोकियो । त्यसको ६ महिनापछि नेपाली सेनाको लगनखेलस्थित शारीरिक तथा खेलकुद तालिम केन्द्रमा भएको फाइनलमा घरेलु टिम नेपालमाथि १–० को जित रच्दै बंगलादेशले अन्तर्राष्ट्रिय महिला फुटबलमा पहिलो उपाधि हात पारेको थियो । बंगलादेशी महिला फुटबल टिमले नेपालमाथि पाएको पहिलो जित त्यही लगनखेलको थियो । त्यहाँ निर्णायक गोल गरेकी सविना खातुन बंगलादेशी राष्ट्रिय टिमको कप्तानी गर्दै विराटनगर आइपुगेकी छन् । उनको टिमले एसियाली फुटबल महासंघ (एएफसी) को दक्षिण तथा मध्य एसियाली प्रतियोगिता सन् २०१६ मा पनि जितेको थियो । त्यसपछि बंगलादेशले छनोट पार गरेर एएफसी यू–१६ च...
साफ महिला च्याम्पियनसिपमा आज बंगालदेश र भुटान भिड्दै

साफ महिला च्याम्पियनसिपमा आज बंगालदेश र भुटान भिड्दै

खेलकुद, समाचार
विराटनगर — फागुन ३०। दुई वर्षअघि फाइनल खेलेको बंगलादेशले बिहीबार कमजोर मानिएको भुटानविरुद्धको खेलमार्फत् पाँचौं साफ वुमेन्स च्याम्पियनसिपको यात्रा सुरु गर्दै छ । च्याम्पियनसिपको तेस्रो दिन सहिद मैदानमा हुने खेलमा बंगलादेशले सफलता हात पार्ने अनुमान गरिएको छ। सन् २०१० को पहिलो साफ महिला च्याम्पियनसिपमा बंगलादेशले भुटानलाई ९-० ले पराजित गरेको थियो। २०१२ को दोस्रो साफमा बंगलादेशले भुटानमाथि १-० को सफलता पाएको थियो। त्यसयता यी दुई टिम साफमा पहिलोपल्ट प्रतिस्पर्धा गर्न लागेका हुन्। बंगलादेश चौथो साफ २०१६ को उपविजेता हो। भुटानले साफको इतिहासमा कुनैपनि खेल जितेको छैन। पहिलो साफ २०१० मा श्रीलंकाविरुद्ध १-१ को बराबरी गरेबाहेक बाँकी सबै खेल उसले हारेको छ। घरेलु टिम नेपालले पहिलो खेलमा भुटानलाई ३-० ले पराजित गरेको थियो। त्यसैले तीन देश सहभागि समूह ‘ए’को प्रतिस्पर्धामा बंगलादेशविरुद्ध हारेक...
साफ च्याम्पियनसिप आजबाट सुरु, उद्घाटन खेलमा नेपाल र भुटान भिड्दै

साफ च्याम्पियनसिप आजबाट सुरु, उद्घाटन खेलमा नेपाल र भुटान भिड्दै

खेलकुद, समाचार
विराटनगर — फागुन २८। पहिलोपल्ट उपाधि जित्ने योजना बनाएको न्पाली मलिा राष्ट्रिय फुटबल टिमले साफ महिला च्याम्पियनसिप २०१९ को उद्घाटन खेलमा आज मंगलबार भुटानविरुद्ध प्रतिस्पर्धा गर्दैछ । सुरुका तीन संस्करणमा फाइनल खेलेको नेपाल यसपालि उपाधिको दाबेदार मानिएको छ । गत महिना भुवनेश्वरमा भएको हिरो वुमेन्स गोल्डकपमा चार टिममध्ये सबभन्दा तल्लो वरीयताको भएरपनि नेपाल फाइनल पुगेको थियो । फिफा वरीयतामा एक सय आठौं वरीयतामा रहेको नेपालको लागि भुटान कठिन प्रतिद्वन्द्वी होइन । बिना वरीयताको भुटानी टिमले साफको नौ बर्षे इतिहासमा हालसम्म कुनैपनि खेल जितेको छैन । नेपालले भने भारतबाहेक अरु दक्षिण एसियाली टिमविरुद्ध कहिल्यै हार बेहोरेको छैन । त्यसैले पाचौं साफ महिला च्याम्पियनसिपको उद्घाटन खेलमा तीन अंक जोड्न नेपाललाई गाह्रो हुने छैन । नेपाल र भुटान यसअघि दुईपल्ट भिडेका थिए । साफ २०१४ र २०१६ को भेटमा ने...
रियाल मड्रिडका मुख्य प्रशिक्षकमा फेरी जिनेदिन जिदान नियुक्त

रियाल मड्रिडका मुख्य प्रशिक्षकमा फेरी जिनेदिन जिदान नियुक्त

खेलकुद, समाचार
काठमाडौं—फागुन २८। फ्रान्सका फुटबल हस्ती जिनेदिन जिदान पुनः स्पेनिस क्लब रियाल मड्रिडका मुख्य प्रशिक्षक बनेका छन् । लगातार खराब प्रदर्शन गर्दै आएको रियाल मड्रिडले सान्टियागो सोलारीलाई बर्खास्त गर्दै जिदानलाई क्लबको जिम्मेवारी दिएको हो । रियालले सामाजिक सञ्जालबाट सोलारीलाई बर्खास्त गर्दै जिदानलाई नियुक्त गरेको जनाएको छ । जिदान क्लब छाडेको १० महिनापछि पुनः रियाल मड्रिड फर्किएका हुन् । रियालसँग जिदानले सन् २०२२ सम्मको सम्झौता गरेका छन् । रियाल मड्रिडलाई लगातार तीन सिजन युएफा च्याम्पियन्स लिग जिताएपछि जिदालने गत मे महिनामा क्लब छाडेका थिए । यसअघि उनले एउटा खेलाडी र प्रशिक्षकको रुपमा रियाल मड्रिडलाई झन्डै एक दर्जन उपाधि जिताएका थिए । जिदानले जिम्मेवारी समाले पनि यो सिजन भने रियाल मड्रिड उपाधिबिहिन हुने देखिएको छ । रियाल च्याम्पियन्स लिग र कोपा डेल रे फुटबल प्रतियोगिताबाट...
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगाशाला निर्माणको काम धमाधम, सामाजिक अभियन्ताहरू समेत श्रमदानमा

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगाशाला निर्माणको काम धमाधम, सामाजिक अभियन्ताहरू समेत श्रमदानमा

खेलकुद, समाचार
चितवन—फागुन २८। धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनमा निर्माण सुरु गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगाशालाको काम तीव्र गतिमा अघि बढेको छ । रंगशाला निर्माणका लागि सामाजिक अभियन्ताहरू समेत श्रमदानमा जुटिरहेका छन् । डीपीआरको चरणमा रहेको रंगाशाला निर्माणका लागि भौतिक संरचनाको काम सुरु भएकाले सामाजिक अभियन्ताहरू श्रमदाननमा जुटेका हुन् । पर्यटन वर्ष २०२० लाई सफल पार्ने योजनासहित वातावरण सरसफाइ अभियानमा जुटेको ‘वे ग्रुप’ चितवनका अभियन्ताहरुले रंगशाला निर्माणस्थल पुगेर श्रमदान गरेका छन् । नेपालकै गौरवको आयोजना भएकाले सबैले आ–आफ्नो स्थानबाट सहयोग गर्नुपर्छ भन्ने भावनासहित श्रमदानमा जुटेको वे ग्रुपका संयोजक भोजनारायण कँडेलले जानकारी दिए । केही दिनअघिदेखि मजदूर बस्न र निर्माण सामग्री राख्न भौतिक संरचना निर्माणको काम भइरहेको छ । साथै क्रिकेट मैदानको क्षेत्रफलभित्र जस्ता लगा...
इङ्लिस प्रिमियर लिगमा आर्सनलद्वारा म्यानचेस्टर युनाइटेड पराजित, बर्न्लेबिरुद्द लिभरपुल ४–२ ले विजयी

इङ्लिस प्रिमियर लिगमा आर्सनलद्वारा म्यानचेस्टर युनाइटेड पराजित, बर्न्लेबिरुद्द लिभरपुल ४–२ ले विजयी

खेलकुद, समाचार
काठमाडौं—फागुन २७। इङ्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनलले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ । पूर्व खेलाडी ओले गुना सोल्सायरले प्रशिक्षण समालेपछि म्यान्चेस्टर युनाईटेडको लाहि भने यो पहिलो लिग हार हो । गएराति भएको खेलमा आर्सनलले म्यान्चेस्टर युनाईटेडलाई २–० ले हरायो । आर्सनलको घरेलु मैदानमा भएको खेलमा उसलाई जित दिलाउन ग्रानिट झाका र अलेक्जेण्डर लाकाजेट्ले एक एक गोल गर्दै टोलीलाई विजयी गराए । प्रिमियर लिग फुटबलको अर्को खेलमा भने लिभरपुलले बर्न्लेलाई ४–२ ले पाखा लगायो । लिभरपुलको जितमा रोबर्टो फर्मिनो र सादियो मानेको दुई/दुई गोल सामेल थियो । गएराति चेल्सीले भने वुल्भरह्याम्पटन वान्डरर्ससँग १–१ गोलको बराबरीमा चित्त बुझाएको छ । वुल्भरह्याम्पटनका राउल जिमिनेजले पहिलो गोल गरेको खेलमा चेल्सीका एडिन हाजार्डले ईन्जुरी समयमा एक गोल गर्दै टोलीलाई हारबाट जोगाए । गएराति...
स्पेनिस लिगमा रियाल मड्रिडद्वारा रियाल भालाडोलीड पराजित

स्पेनिस लिगमा रियाल मड्रिडद्वारा रियाल भालाडोलीड पराजित

खेलकुद, समाचार
काठमाडौं—फागुन २७। स्पेनिस लिग फुटबल अन्तर्गत गएराति रियाल मड्रिडले रियाल भालाडोलीडलाई ४–१ ले पराजित गरेको छ । भालाडोलिडको मैदानमा भएको खेलमा फराकिलो जित निकाल्दै पाहुना टोली रियाल मड्रिडले राहत महसुस गरेको हो । रियालको जितमा करिम बेन्जमाले २ गोल गर्दा राफेल भाराने र लुका मोड्रिचले एक एक गोल थपे । जितपछि रियाल मड्रिडले २७ खेलबाट ५१ अंक बनाएको छ भने शीर्ष स्थानको बार्सिलोनाको ६३ अंक छ । ५६ अंकका साथ एथ्लेटिको मड्रिड दोस्रो स्थानमा रहेको छ ।...
स्पेनिस ला लिगा फुटबलमा रायो भायकानोबिरुद्द बार्सिलोना ३–१ ले विजयी

स्पेनिस ला लिगा फुटबलमा रायो भायकानोबिरुद्द बार्सिलोना ३–१ ले विजयी

खेलकुद, समाचार
काठमाडौँ — फागुन २६। स्पेनिस लिग फुटबल अन्तर्गत बार्सिलोनाले रायो भायकानोलाई पराजित गरेको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा भायकानो विरुद्द बार्सिलोना ३–१ ले विजयी भयो । बार्साका लागि जेरार्ड पिके, लियोनल मेस्सी र लुईस सुवारेजले एक–एक गोल गरे । ला लिगा फुटबलकै अर्को खेलमा एथ्लेटिको मड्रिडले लेगानेजलाई १–० ले पराजित गर्दा गेटाफेले हुएस्कामथि २–१ को जित निकाल्यो । गएराति डेपोर्टिभो आलाभेज र आईबारले १–१ गोलको बराबरी खेलेका छन् । ला लिगा फुटबलमा आज राति रियाल मड्रिडले रियाल भालाडोलिडसँग खेल्नेछ । गएरातिका खेलपछि स्पेनिस लिग फुटबलमा २७ खेलबाट ६३ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा छ । समान खेलबाट ५६ अंक जोडेको एथ्लेटिको मड्रिड दोस्रो स्थानमा रहँदा एक खेल कम खेलेको रियाल मड्रिड ४८ अंकको साथ तेस्रो स्थानमा रहेको छ ।...