आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

खेलकुद

भारतले पाँचौ पटक जित्यो साफ महिला च्याम्यिनसिपको उपाधि, नेपाल ३-१ ले पराजित

भारतले पाँचौ पटक जित्यो साफ महिला च्याम्यिनसिपको उपाधि, नेपाल ३-१ ले पराजित

खेलकुद, समाचार
काठमाडौँ —चैत ८ । भारत पाचौँ पटक साफ वुमन्स च्याम्पियनसिप बनेको छ । विराटनगरस्थित सहिद रंगशालामा शुक्रबार भएको फाइनल खेलमा नेपाललाई ३-१ गोल अन्तरले हराउँदै भारतले उपाधि उचालेको हो । दिउँसो ३ बजेदेखि सुरु भएको खेलको २६ औं मिनेटमा भारतका लागि डालिमा चिबरले फ्रि किकमार्फत् गोल गरेकी थिइन् । भारतले यो प्रतियोगिताका सबै संस्करणको फाइनल जित्न सफल भयो भने नेपाल पहिलो पटक उपाधि जित्ने अवसरबाट बञ्चित रह्यो । भारतले खेलको २६ औँ मिनेटमा नै अग्रता लिएको थियो । भारतका लागि २६ औँ मिनेटमा डालिमा छिब्बरले सुरुवाती अग्रता दिलाएकी थिइन् । तर खेलको ३३ औँ नेपाली खेलाडी सावित्रा भण्डारीले हेडरमार्फत गोल गर्दै खेललाई बराबरी गरिन् । पहिलो हाफमा बराबरी नेपाल र भारतले बराबरी खेलेका थिए । तर, दोस्रो हाफमा भारतका ग्रेस डाङमीले ६३ औं र अञ्जु तामाङले ७८ मिनेटमा गोल गरेका थिए ।...
साफ वुमेन्स च्याम्पियनसिप फाइनलमा मध्यान्तरसम्म नेपाल र भारतबिच १-१ काे बराबरी

साफ वुमेन्स च्याम्पियनसिप फाइनलमा मध्यान्तरसम्म नेपाल र भारतबिच १-१ काे बराबरी

खेलकुद, समाचार
काठमाडौँ —चैत ८ । पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्ने लक्ष्य लिएको नेपाल डिफेन्डिङ च्याम्पियन भारतविरुद्ध पाँचौं साफ वुमेन्स च्याम्पियनसिपको फाइनलमा भिडिरहेको छ। विराटनगरस्थित सहित रंगशालामा शुक्रबार दिउँसो ३ बजेदेखि जारी खेलमा नेपाल र भारत १-१ को बराबरी छ । भारतको तर्फबाट खेलको २६ औं मिनेटमा डालिमा चिबरले फ्रिकिकमार्फत गोल गरेर टिमलाई अग्रता दिलाएकी थिइन् भने नेपालका लागि ३३ औं मिनेटमा सावित्रा भण्डारीले १ गोल फर्काएकी हुन् । नेपाली महिला टिमका लागि घरेलु भूमिमा पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । खेलाडीलाई घरेलु मैदान र दर्शकको साथ छ । कप्तान निरु थापाका अनुसार प्राविधिक रूपमा अहिलेको टिम उत्कृष्ट पनि छ । यो साफका तीनै खेलमा गोल गरेकी सावित्रा भण्डारीलाई दक्षिण एसियाकै उत्कृष्ट फरवार्ड मानिन्छ । विंगर अनिता बस्नेत, मिडफिल्डर रेनुका नगरकोटे र डिफेन्डर गीता राना, हिराकुमारी भुजे...
पाँचौँ महिला साफ च्याम्पियनसिपमा उपाधिको लागि नेपाल-भारत भिडन्त आज

पाँचौँ महिला साफ च्याम्पियनसिपमा उपाधिको लागि नेपाल-भारत भिडन्त आज

खेलकुद, समाचार
काठमाडौँ —चैत ८ । पाँचौँ महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनल आज (शुक्रबार) दिउँसो ३ बजे विराटनगरको सहिद रंगशालामा हुँदै छ । आयोजक नेपाल र यसअघिका सबै संस्करणको विजेता भारतको एउटै लक्ष्य उपाधि जित्नु नै हो । भारत प्रतियोगिताका सबै संस्करणमा अहिलेसम्मको अपराजित टोली हो । भारतले लगातार चार संस्करण जितिसकेको छ । भारतको प्रयास भनेको लगातार पाँचौँपटक उपाधि जित्नु हो । सुरुका ३ संस्करणमा उपविजेता बनेको नेपाल चौथोपटकको फाइनल आफ्नो पक्षमा राख्ने योजनामा छ । नेपाल पाँच वर्षपछि फाइनलमा पुगेको हो । रेकर्ड तोड्ने अवसर यसपटक नेपालसमक्ष उपाधि जित्ने अवसर छ । घरेलु मैदान र समर्थकको सहयोगमा घरेलु टोलीले भारतलाई कडा चुनौती मात्र दिने होइन, उपाधिसमेत खोस्ने तयारी गरेको नेपालका प्रमुख प्रशिक्षक हरि खड्काले बिहीबार आयोजित पत्रकार सम्मेलनमा दाबी गरेका छन् । ‘हामीसमक्ष भारतविरुद्धको रेकर्ड ...
अर्को वर्ष हुने युरो कप फुटबलको छनोट चरणका खेल सुरु

अर्को वर्ष हुने युरो कप फुटबलको छनोट चरणका खेल सुरु

खेलकुद, समाचार
काठमाडौँ —चैत ८ । अर्को वर्ष हुने युरो कप फुटबल प्रतियोगिताको लागि छनोट खेलहरु सुरु भएका छन् । गएराति भएका छनोट खेलमा बेल्जियम र नेदरल्याण्ड्सले सहज जित निकाल्दा स्कटल्याण्डले अनपेक्षित हार बेहोरेको छ । युरो कप छनोट समूह ‘सी’का खेलहरुमा नेदरल्याण्ड्सले बेलारुसलाई ४–० ले हराउँदा नर्दन आयरल्याण्डले ईस्टोनियालाई २–० ले पराजित गर्‍यो । युरो छनोट समूह ‘ई’को खेलमा क्रोएसियाले अजरबैजानलाई २–१ ले हराउँदा स्लोभाकियाले हंगेरीलाई २–० ले पाखा लगायो । यसैगरी समूह ‘जी’का खेलमा पोल्याण्डले अष्ट्रियालाई १–० ले हराउँदा उत्तरी मेसेडोनियाले लात्भियालाई ३–१ ले हराएको छ । यही समूहको अर्को खेलमा ईजरायल र स्लोभेनियाले १–१ गोलको बराबरी खेले । समूह ‘आई’का खेलमा बेल्जियमले रुसलाई ३–१ ले हराउँदा काजखस्तानले स्कटल्याण्डलाई ३–० ले तथा साईप्रसले सान मारिनोलाई ५–० ले पराजित गरे । युरो कप फुटबलको १६ औं संस...
नेपाल कुवेतसंग गोलरहित बराबरीमा रोकियो

नेपाल कुवेतसंग गोलरहित बराबरीमा रोकियो

खेलकुद, समाचार
काठमाडौँ —चैत ८ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपाल र कुवेतले बराबरी खेलेका छन् । गएराति कुवेतको अल साहब मैदानमा भएको खेल गोलरहित बराबरीमा सकिएको हो । कुवेतले खेलको ६६ औं मिनेटमा पाएको पेनाल्टी अवसरलाई गोलमा बदल्न नसकेपछि बराबरीमा समेटिएको हो । फिफा वरियतामा १५८ औं स्थानमा रहेको कुवेत र १६१ औं स्थानमा रहेको नेपालले खेलमा केही राम्रा अवसर पाए पनि गोल गर्न सकेनन् । कुवेतलाई बराबरीमा रोक्न नेपालका गोलकिपर किरण चेम्जोङले उत्कृष्ट प्रदर्शन गरे । कुवेतविरुद्ध नेपालका पाँच खेलाडीले राष्ट्रिय टोलीमा डेब्यु गरे । मुख्य प्रशिक्षक योहान कालिनले पाँच युवा खेलाडीलाई मौका दिएका थिए । युवा खेलाडीहरु अजित भण्डारी, बिमल राना, सन्तोष तामाङ, सुरज विश्वकर्मा र रवी पासवानले नेपाली टोलीमा डेब्यु गरेका हुन् । दुई मैत्रीपूर्ण खेल खेल्न कुवेत पुगेको नेपाली टोलीले अब मंगलबार दोस्रो खेल खे...
जर्मनी र सर्वियाले मैत्रीपूर्ण फुटबल खेलमा बराबरी खेले

जर्मनी र सर्वियाले मैत्रीपूर्ण फुटबल खेलमा बराबरी खेले

खेलकुद, समाचार
काठमाडौँ —चैत ७ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा जर्मनी र सर्वियाले १–१ गोलको बराबरी खेलेका छन् । गएराति भएको खेलमा सर्वियाका लुका योभिचले पहिलो गोल गरे । तर जर्मनीका गोरेज्काले एक गोल फर्काउँदै खेल बराबरी गरेका हुन् । खेलको ईन्जुरी समयमा जर्मनीका लेरोए सानेलाई फाउल गरेपछि सर्वियाका मिलान पाभ्कोभले रातो कार्ड खाएका थिए । गएराति भएको अर्को मैत्रीपूर्ण खेलमा वेल्सले ट्रिनिडाड एण्ड टोबागोलाई १–० ले हराएको छ । कठिन खेलमा वेल्सलाई विजयी गराउन बेन उडबर्नले ईन्जुरी समयमा निर्णायक गोल गरेका हुन् । (ईमेज खबर)...
नेपालले आज कुवेतसँग मैत्रीपूर्ण फुटबल खेल्ने

नेपालले आज कुवेतसँग मैत्रीपूर्ण फुटबल खेल्ने

खेलकुद, समाचार
काठमाडौँ —चैत ७ । नेपाली राष्ट्रिय फुटबल टिमले आज कुवेतसँग मैत्रीपूर्ण खेल खेल्दैछ । कुवेतमा हुने खेल नेपाली समय अनुसार राति सवा ९ बजे सुरु हुनेछ । स्वीडेनका योहान कालिनले नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण समालेपछि नेपालको यो पहिलो खेल हो । नेपाली राष्ट्रिय फुटबल टोली दुई वटा मैत्रीपूर्ण खेलका लागि कुवेत पुगेको हो । दोस्रो खेल आगामी मंगलबार हुनेछ । नेपाली सिनियर टोलीका आधा दर्जन खेलाडी अहिले युथ–२३ प्रतियोगिता खेल्न कतार पुगेका छन् । यसले राष्ट्रिय टोलीको खेलाडी छनोटलाई केही सिमित पारिदिएको छ । नेपाल र कुवेत १९ बर्षपछि खेल्न लागेका हुन । यसअघि सन् २००० मा भएको एएफसी एसिया कपमा नेपाललाई कुवेतले ५–० ले हराएको थियो । कुवेतसँग नेपाली फुटबलको निकै पुरानो साईनो छ । नेपाली खेलाडीले गरेको पहिलो अन्तर्राष्ट्रिय गोल कुवेत विरुद्धकै थियो । सन् १९८२ मा वाइबी घलेले कुवेत व...
आईपीएल खेल्न जानुअघि सन्दीप भन्छन् – ‘यसपल्ट मेरो काँधमा धेरै जिम्मेवारी थपिएको छ’

आईपीएल खेल्न जानुअघि सन्दीप भन्छन् – ‘यसपल्ट मेरो काँधमा धेरै जिम्मेवारी थपिएको छ’

खेलकुद, समाचार
काठमाडौँ —चैत ५ । अन्तर्राष्ट्रिय ट्वान्टी ट्वान्टी क्रिकेटका पहिलो नेपाली स्टार सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आईपीएल) को नयाँ संस्करणका लागि तयार छन्, फेरि एकपल्ट आफूलाई सिद्ध गर्न । गत वर्ष दिल्ली डेयर डेभिल्ससँग आवद्ध हुँदा उनी नयाँ थिए, धेरै हदसम्म कच्चा पनि थिए । त्यसैले उनले त्यति बेला धेरै मौका पनि पाएनन् । दिल्लीको टिमले अनुबन्ध गरेपछि उनी विश्व क्रिकेटका लागि सनसनीपूर्ण समाचार भने बनेका थिए । यसपल्ट यी किशोर लेग स्पिनर आफ्नो नयाँ अवतारसँगै प्रस्तुत हुनेछन्। र, यो अवतार हुनेछ, अनुभवी सन्दीपको। तय छ, यसपल्टको आईपीएलमा दिल्ली क्यापिटल्सका लागि उनको भूमिका वृहत र लामो हुनेछ। उनलाई दिल्लीले टिमका मुख्य प्रभावशाली खेलाडीका रूपमा मैदानमा उत्रनेछ। उनी बुधबार होलिकै दिन बिहान दिल्ली जाँदैछन् र त्यसको अघिल्लो दिन नेपाली मिडियासामू प्रस्तुत भए। उनले भने, 'मलाई पूरा विश्वास यसपल...
नेपालमा पहिलो पटक महिला फ्रेन्चाइज टी–ट्वेन्टी क्रिकेट प्रतियोगिता आयोजना हुँदै

नेपालमा पहिलो पटक महिला फ्रेन्चाइज टी–ट्वेन्टी क्रिकेट प्रतियोगिता आयोजना हुँदै

खेलकुद, समाचार
काठमाडौँ —चैत ५ । नेपालको पहिलो महिला फ्रेन्चाइज क्रिकेट लिग ’एनसीएल वुमन्स ट्वेन्टी ट्वेन्टी क्रिकेट आगामी बैशाख ७ गतेदेखि हुने भएको छ । विराटनगरस्थित बैजनाथ क्रिकेट मैदानमा हुने प्रतियोगितामा चार टोलीबीच भिडन्त हुने भएको छ । राजधानीमा आयोजित पत्रकार सम्मेलनमा टोलीका मार्की खेलाडीसमेत घोषणा गरिएको छ । भैरहवा क्विन्सका लागि राष्ट्रिय टोलीकी कप्तान रुबिना क्षेत्री, विराटनगर रोअरिङ लायोनेसका लागि करुणा भण्डारी, धनगढी वन्डर वुमनका लागि सीता राना मगर र काठमाडौं सुपर च्याम्पियनका लागि नेरी थापा मार्की खेलाडी घोषित भएका छन् । प्रतियोगिताको लागि खेलाडी छनोट अक्सनबाट गरिने आयोजक एनसीएल स्पोर्टस प्रालिले जनाएको छ । खेलाडीलाई तीन श्रेणीमा वर्गिकरण गरेर अक्सन गरिनेछ । पछिल्लो दुई बर्षयता राष्ट्रिय टिममा स्थान बनाएका खेलाडीलाई पहिलो श्रेणीमा राखिएको छ । दुई बर्षयता टिम बाहिर रहेका...
युभेन्टस्का फरवार्ड क्रिस्टियानो रोनाल्डो कारवाहीमा पर्ने

युभेन्टस्का फरवार्ड क्रिस्टियानो रोनाल्डो कारवाहीमा पर्ने

खेलकुद, समाचार
काठमाडौँ —चैत ५ । ईटालीयन फुटबल क्लब युभेन्टस्का फरवार्ड क्रिस्टियानो रोनाल्डो कारवाहीमा पर्ने भएका छन् । गोलको खुसीयाली मनाउने क्रममा अनुचित व्यवहार गरेको भन्दै युरोपेली फुटबल महासंघ युएफाले रोनाल्डोलाई कारबाही गर्ने भएको हो । रोनाल्डोले च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को दोस्रो लेगको खेलमा एट्लेटिको मड्रिडविरुद्व ह्याट्रिक गरेपछि गोलको खुसीयाली मनाएका थिए । ३४ बर्षीय पोर्चुगिज खेलाडी रोनाल्डोले एट्लेटिकोका प्रशिक्षक डिएगो सिमोनको नक्कल गरेका थिए । पहिलो लेगको खेलमा २–० को जित निकाल्ने क्रममा एथ्लेटिको प्रशिक्षक सिमोनले पनि दर्शकहरुलाई खराब संकेत गरेका थिए । युएफाले यही मार्च २१ मा बस्ने बैठकमा रोनाल्डोको बिषयमा निर्णय गर्नेछ । यसअघि युएफाले सिमोनलाई पनि २० हजार युरोको जरिवाना गराएको थियो । (ईमेज खबर)...