बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

अन्तराष्ट्रिय

सबरीमला मन्दिरमा दुई महिलाले प्रवेश गरे, पुजारीद्वारा मन्दिर बन्द

सबरीमला मन्दिरमा दुई महिलाले प्रवेश गरे, पुजारीद्वारा मन्दिर बन्द

अन्तराष्ट्रिय, समाचार
केरला, पुस- १८ । भारतको केरला राज्यस्थित सबरीमला मन्दिरमा बुधबार दुई महिलाले प्रवेश गर्दै सदियौ पुरानो परम्परालाई तोडेका छन् । १० देखि ५० वर्षबीचको उमेर समूहका महिलाहरुलाई प्रवेश निषेध गरिएको सो मन्दिरमा सोही उमेर समूहका दुई महिला प्रवेश गर्दै उनिहरुले उक्त परम्परा तोडेका हुन् । केही समय अघि भारतको सर्वोच्च अदालतले मन्दिरमा महिलालाई प्रवेश निषेध गर्ने उक्त परम्परा उपयुक्त नभएको भन्दै कसैलाई मन्दिर प्रवेशबाट रोक्न नहुने फैसला समेत गरेको थियो । सोही फैसलालाई आधार बनाएर केरलाका दुई महिला मन्दिरभित्र प्रवेश गरेको जनाईएको छ । मुख्यमन्त्री पी विजयनले समेत महिलाहरु मन्दिरमा प्रवेशको पुष्टि गरे । उनले ती महिलाहरुलाई सुरक्षा व्यबस्था उपलब्ध गराइएको समेत जनाए । स्थानीयवासीले भने महिलालाई मन्दिरमा प्रवेश गराउने प्रयासको विरोध जनाउदै आएका थिए । उनीहरुले यसअघि बारम्बार मन्दिर प्रवेशका लागि ...
रुसमा विस्फोटका कारण ध्वस्त भवनमा पुरिएका ११ महिने बालकको जिवितै उद्धार

रुसमा विस्फोटका कारण ध्वस्त भवनमा पुरिएका ११ महिने बालकको जिवितै उद्धार

अन्तराष्ट्रिय, समाचार
रुस, पुस-१८ । रुसको मध्यभागमा रहेको मग्नितागोस्र्क सहरको एक भवनामा गत सोमबार भएको बिस्फोटपछि भग्नावशेषमा पुरिएकाहरुलाई खोज्ने क्रममा ११ महिने बालकको जिवितै उद्धार गरिएको छ । तापक्रम माइनस १७ पुगेको अवस्थामा पनि इवान नामका ती बालकलाई जिउँदै उद्धार गर्न उद्धारकर्मीहरु सफल भएका हुन । भग्नावशेष पन्छाउने क्रममा रुँदै गरेको बालकलाई उद्धारकर्मीहरुले भेटेका हुन् । बालकको टाउकोमा सामान्य चोट लागेको छ भने हात र खुट्टा भाँचिएको छन । उनलाई थप उपचारको लागि मस्कोको एक अस्पतालमा भर्ना गरिएको जानाईएको छ । गत सोमबार भएको बिस्फोटमा चारजनाको ज्यान गएको थियो भने विस्फोटका कारण भवनका ४८ वटा फ्ल्याटहरु ध्वस्त भएका थिए । अझै ३६ भन्दा बढी बेपत्ता रहेको त्यहाँका अधिकारीहरुले जनाएका छन् । भवनमा लगभग १२० जना बस्दै आएका थिए । राष्ट्रपति पुटिनले विस्फोटका कारण प्रभावितलाई सबै प्रकारको सहयोग गर्ने ...
यमनमा हुथी विद्रोहीका कारण भोकमरी र कुपोषणको संकट बढ्दै

यमनमा हुथी विद्रोहीका कारण भोकमरी र कुपोषणको संकट बढ्दै

अन्तराष्ट्रिय, समाचार
काठमाडौं, पुस- १७ । करिव दुई करोड जनताले यमनमा खाद्य सामग्री अभावका कराण भोकमरी र कुपोषणको शिकार बनेको संयुक्त राष्ट्रसंघले जनाएको छ । हुथी बिद्रोहीको कब्जामा रहेको क्षेत्रसम्म खाद्य सामग्री पुर्याउन नसकेका कारण दुई करोड जनता मारमा परेका छन् । केही स्थानामा खाद्य सामग्री उपलब्ध गराइएको भएपनि सम्बन्धित ब्यक्तिहरुले पाउने गरेका छैनन् भन्दै संयुक्त राष्ट्रसंघ खाद्य कार्यक्रमका अधिकारीहरुले विश्व समुदायको ध्यानाकर्षण गराएका छन् । हुथी बिद्रोहीलाई संयुक्त राष्ट्रसंघले पटक पटक खाद्य सामग्री उपलब्ध गराउने बाटो खुला गर्न आग्रह गर्दा पनि उनीहरुले कुनै प्रतिक्रिया दिएको छैन । यमनको पश्चिमी क्षेत्र हुथी बिद्रोहीले नियन्त्रणमा लिएको छ भने साउदी अरब समर्थित राष्ट्रपति अब्दुरब्बु मंसुर हादीलाई देश निकाला समेत गरेको थियो । यमनमा सन् २०१५ देखि शुरु गृहयुद्धमा पछिल्लो समय साउदी गठबन्धनको ...
बंगलादेशमा भएको आम निर्वाचनमा शेख हसिनाको पार्टी अवामी लिग बहुमतका साथ विजयी

बंगलादेशमा भएको आम निर्वाचनमा शेख हसिनाको पार्टी अवामी लिग बहुमतका साथ विजयी

अन्तराष्ट्रिय, समाचार
काठमाडौं, पुस-१६ । बंगलादेशमा भएको आम निर्वाचनमा बहालवाला प्रधानमन्त्री शेख हसिना वाजेदको पार्टी अवामी लिग बहुमतका साथ विजयी भएको छ । हिजो सम्पन्न भएको निर्वाचनमा अवामी लिगले आफ्नो पकड पुनः दोहोर्याएको छ । अवामी लिगले ३ सय ८० संसदीय क्षेत्रमध्ये २८१ मा आफ्नो जित निकाल्न सफल भयो । बहुमतको साथ जित निकालेसंगै प्रधानमन्त्री हसिनाले आफ्नो तेस्रो कार्यकाल सुरक्षित गर्न सफल हुनु भएको छ । तर बंगलादेशको मुख्य विपक्षी दल बंगलादेशले नेस्नलिस्ट पार्टीले भने निर्वाचन परिणामलाई अस्वीकार गरेको छ । मुख्य विपक्षी दलले निर्वाचनमा व्यापक धाँधली भएको आरोप लगाउँदै पुनः मतदानको मागसमेत गरेको छ । बीएनपीका प्रवक्ताले २२१ संसदीय निर्वाचन क्षेत्रमा धाँधली भएको आरोप लगाएका छन् । मतदान सुरु हुनुपूर्व नै विपक्षी गठबन्धनका झण्डै ४७ उम्मेदवारले निर्वाचनमा गडबडी हुन लागेको भन्दै बुथ बहिष्कार गरेका थिए ।...
रुसी राष्ट्रपति तथा शक्तिशाली नेता भ्लादिमिर पुटिनको तस्वीर सहितको क्यालेन्डरले जापानमा तहल्का

रुसी राष्ट्रपति तथा शक्तिशाली नेता भ्लादिमिर पुटिनको तस्वीर सहितको क्यालेन्डरले जापानमा तहल्का

अन्तराष्ट्रिय, समाचार
टोकियो, पुस-१६ । विश्वका शक्तिशाली नेतामध्ये एक मानिने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनल रुसको राष्ट्रपतिका रुपमा चौथो कार्यकाल सम्हालिरहेका छन ।पुटिनलाई धेरैले ‘स्टाइलिस’ नेताको रुपमा पनि मान्दछन् । ६६ वर्षीय पुटिन ‘फिटनेस’ मा निकै ध्यान दिन्छन्, नियमित व्यायाम गर्नु, छुट्टीका समय घोडचडी, शिकार खेल्नु पुटिनको सोख हो । पुटिनको यही व्यक्तित्वलाई केन्द्रमा राखेर हालै एउटा क्यालेन्डर प्रकाशित भएको छ । सन् २०१९ का लागि प्रकाशित उक्त क्यालेन्डरमा पुटिनलाई उनको विभिन्न रुपमा देख्न पाईन्छ । उक्त क्यालेन्डरले जापानमा निकै लोकप्रियता प्राप्त गरेको छ । पुटिनको तस्वीरसहितको सो क्यालेन्डरले जापानमा प्रकाशित भएका अन्य क्यालेन्डरको तुलनामा धेरै नै बजार तताएको छ । त्यसो त जापानका नागरिक स्वदेशीपन मै रम्न चाहने प्रवृत्तिका मानिन्छन तर पुटिनको सवालमा उनीहरुले आफ्ना मुलुकका चर्चित खेलाडी तथा कल...
बंगलादेशमा आज चुनाव हुँदै, चौथो कार्यकालको लागि हसिना प्रयासरत

बंगलादेशमा आज चुनाव हुँदै, चौथो कार्यकालको लागि हसिना प्रयासरत

अन्तराष्ट्रिय, समाचार
ढाकापुस- १५। बंगलादेशमा आज (आइतबार) हुने निर्वाचनका लागि सम्पूर्ण तयारी भएको अधिकरीहरूले जनाएका छन् । खासगरी ‘शेख हसिना र खालिदा जियाबीचको युद्ध’ का रूपमा व्याख्या गरिएको चुनावी प्रतिस्पर्धालाई विश्व समुदायले समेत निकै चासोका साथ हेरिरहेको जनाइएको छ । ७१ वर्षीया प्रधानमन्त्री हसिना बंगलादेशका संस्थापक शेख मुजिबुर रहमानकी छोरी हुन् । दुई पटक प्रधानमन्त्री भइसकेकी ७३ वर्षीय जिया पूूर्व तानाशाह जियाउर रहमानकी विधवा हुन् । बंगलादेशमा विगत ३ दशकमा भएका चुनावमा मुख्यत: दुई नेतृबीचको प्रतिस्पर्धा हुँदै आएको छ । आइतबारको चुनावमार्फत हसिना चौथो कार्यकालका लागि प्रधानमन्त्री बन्ने दाउमा छन् । तर भ्रष्टाचार मुद्दामा जेल सजाय काटिरहेकाले जिया प्रत्यक्ष रूपमा चुनावी प्रतिस्पर्धामा छैनन् । उनी बंगलादेशको पहिलो महिला प्रधानमन्त्री हुन् भने मुस्लिम बाहुल्य भएको देशकी दोस्रो । बंगलादेश स्वतन्त्र ...
सुनामीबाट मुत्यु हुनेको संख्या ४२८ पुग्यो, हजारौंको संख्यामा विस्थापित

सुनामीबाट मुत्यु हुनेको संख्या ४२८ पुग्यो, हजारौंको संख्यामा विस्थापित

अन्तराष्ट्रिय, समाचार
कारिता (इन्डोनेसिया), पुस- १० । इन्डोनेसियामा गत शनिबार राति भएको ज्वालामुखी विस्फोट र त्यसपछिको सुनामीबाट ज्यान गुमाउने व्यक्तिको संख्या ४२८ पुगेको छ । यस प्रकोपमा एक हजार २१ जना घाइते हुनुका साथै ७७ जना अझै बेपत्ता रहेको इन्डोनेसियाको प्रकोप व्यवस्थापन विभागका प्रवक्ता सुटोपो पुर्वो नुग्राहोले जानकारी दिएका छन् । सो प्रकोपका कारण हजारौं स्थानीयवासी विस्थापित भएको पनि उनले जानकारी दिए । ज्वालामुखी विस्फोटपछि आएको सामुद्रिक छालका कारण ठूलो जनधनको क्षति भएको विवरण प्राप्त भएको छ । इन्डोनेसियाका सुन्डा स्त्राइटको तटीय क्षेत्रमा स्थानीय समयानुसार शनिबार राति ९ः३० मा भएको ज्वालामुखी विस्फोट र त्यसपछि भीषणरुपमा आएको सुनामीका कारण मंगलबार बिहानसम्म ३९७ जनाको मृत्यु भएको पाइएको थियो । यस प्रकोपका कारण दक्षिणी सुमात्रा र पश्चिमी जाभा द्वीपका तटीय क्षेत्रमा रहेका हजारौं भवन ध्वस्त...
मेक्सिकोको पुएब्ला राज्यकी गभर्नर एलोन्सोको हेलिकोप्टर दुर्घटनामा मृत्यु

मेक्सिकोको पुएब्ला राज्यकी गभर्नर एलोन्सोको हेलिकोप्टर दुर्घटनामा मृत्यु

अन्तराष्ट्रिय, समाचार
काठमाडौं, पुस- १० । मेक्सिकोको पुएब्ला राज्यकी गभर्नर मार्था एरिका एलोन्सोको हेलिकोप्टर दुर्घटनामा परी मृत्यु भएको छ । यही डिसेम्बर १४ मा मात्रै गभर्नरका रुपमा सपथ लिएकी एलोन्सोको हेलिकोप्टर दुर्घटनामा निधन भएको हो । दुर्घटनामा परि उनका श्रीमान सेनातोर राफयल मोरिनो भालीको पनि निधन भएको छ । पुएब्ला शहरबाट उडेको केही बेरमै हेलिकोप्टर दुर्घटना भएको मेक्सिकोका अधिकारीहरुले बताएका छन् । ४५ वर्षीया एलोन्सो पुएब्ला शहरको पहिलो महिला गभर्नर बनेकी थिइन । उनी पीएएन पार्टीकी सदस्य समेत थिइन । (एजेन्सी)...
भारतले ४ हजार किलोमिटर टाढा सम्म हान्न सक्ने मिसाइलको सफल परीक्षण गर्‍यो

भारतले ४ हजार किलोमिटर टाढा सम्म हान्न सक्ने मिसाइलको सफल परीक्षण गर्‍यो

अन्तराष्ट्रिय, समाचार
काठमाडौं, पुस- ९ । दक्षिण एसियाली मुलुक भारतले ४ हजार किलोमिटर टाढा सम्म प्रहार गर्न सक्ने मिसाइलको परीक्षण गरेको छ। अग्नि चौंथौ मिसाइल नाम दिईएको उक्त मिसाइल २० मिटर लामो छ भने यसको तौल १७ टन रहेको छ। अत्याधुनिक प्रविधि समावेश गरिएको मिसाइलमा आर्ट गाइडिङ, नेभिगेसन र सञ्चार प्रणाली समेत जडान गरिएको जनाइएको छ। भारतले यसअघि पनि अग्नि पहिलो, दोस्रो, तेस्रो र पृथ्वी नाम्क मिसाइलहरुको सफल परीक्षण गरिसकेको छ।...
इन्डोनेसिया सुन्डा स्ट्रेट तटीय क्षेत्रमा आएको शक्तिशाली सुनामीमा परी करीव २० को मृत्यु १ सय ६५ घाइते

इन्डोनेसिया सुन्डा स्ट्रेट तटीय क्षेत्रमा आएको शक्तिशाली सुनामीमा परी करीव २० को मृत्यु १ सय ६५ घाइते

अन्तराष्ट्रिय, समाचार
काठमाडौं, पुष - ८ इन्डोनेसिया सुन्डा स्ट्रेट तटीय क्षेत्रमा आएको सुनामीमा परी कम्तिमा २० जनाको मृत्यु भएको छ । सुनामीमा परेर करीव १ सय ६५ जना घाइते भएको त्यहाँको प्रकोप व्यवस्थापन एजेन्सीले बताएको छ । सुनामीका कारण उक्त क्षेत्रमा दर्जनौं भवन भत्किएका छन् साथै सयौं सवारी साधनहरुमा समेत क्षति पुर्‍याएको छ । सडकसम्म पानी पसेकाले सवारी आवागमन समेत ठप्प भएको छ । सुन्डा स्ट्रेट खाडी आसपासको तटीय क्षेत्रमा ज्वालामुखी बिस्फोट भइ समुद्रभित्र पहिरो गएपछि सुनामी आएको अधिकारीहरुले आशंका गरेको जनाएका छन । सुमात्रा र जावा द्वीपको बीचमा रहेको सुन्डा स्ट्रेट हिन्द महासागरसँग जोडिएको छ । सुन्डा स्ट्रेट र आसपासका नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ । नागरिकहरुलाई सचेत रहन सरकारले अपील गरेको छ । (एजेन्सी)...