भारतीय अभिनेता मनमीत ग्रेवालले आत्महत्या गरे, लकडाउनमा डिप्रेसनको शिकार
सब टिभीको शो ‘आदत से मजबुर’ मा देखिएका अभिनेता मनमीत ग्रेवालले शुक्रबार आत्महत्या गरेका छन् । ३२ वर्षका मनमीतले शुक्रबार राती पासो लगाएर आत्महत्या गरेका हुन् ।
उनी आफ्नी श्रीमतीसँगै मुम्बईमा बस्दै आएका थिए । भारतीय मिडियामा प्रकाशित जानकारीका अनुसार मनमीत लकडाउनका कारण निकै चिन्तित थिए । लकडाउनका कारण उनको कमाई रोकिएको थियो र यसैले उनी डिप्रेशनको शिकार भएका थिए ।
स्रोतका अनुसार मनमीतले पहिले देखि नै आर्थिक समस्या झेलिरहेका थिए । यस्तोमा लकडाउनको क्रममा उनको समस्या झनै बढ्यो । उनी आफ्नो भाडा तिर्नसमेत असमर्थ भएका थिए ।
एबीपी न्यूजसँग उनका नजिकका साथी मनजीत सिंह राजपुतले लकडाउनले मनमीतको जीवनमा निकै समस्या ल्याएको बताए । मनजीतले भने, ‘मनमीत पछिल्लो थुप्रै समस्यादेखि आर्थिक समस्यासँग जुधिरहेका थिए । उनले व्यक्तिगत र व्यावसायिक कामका लागि लाखौं रुपैयाँ उधारो लिइसकेका थिए । लकडाउनका क...









