बेंगलुरु– कोरोना भाइरसको संक्रमणलाई रोक्नका लागि भारतमा लागू गरिएको लकडाउन तथा शारीरिक दूरीको नियमहरुलाई उलंघन गर्दै भारतको कर्नाटकका पूर्व मुख्य मन्त्री एचडी कुमारास्वामीले शुक्रवार आफ्नो छोरा निखिल कुमारास्वामीको विवाह समारोह भव्य रुपमा आयोजना गरेका छन् ।
विवाह समारोहमा लकडाउन तथा शारीरिक दूरीको नियमहरुलाई वास्ता गरिएन । उनको विवाह कांग्रेसका पूर्व आवासीय मन्त्री एम कृष्णप्पाकी नातीनि रेवतीसंग भएको हो ।
सन् २०१९ मा राजनीतिको क्षेत्रमा कदम राख्ने निखिलले मंड्या लोकसभा सीटबाट निर्वाचनमा लडेका थिए, तर हारेका थिए । निखिलले कन्नड फिल्ममा पनि डेब्यू गरेका छन् ।
प्रारम्भमा के भनिएको थियो भने उक्त विवाहको सहमारोहा धेरै मान्छेहरु सहभागि हुने छैनन्, तर सार्वजनिक भएका तस्बिरहरुमा लकडाउनलाई पूर्ण रुपले उलंघन गरिएको देखिएको छ ।
उक्त समारोहका लागि रामनगरमा फार्म हाउसलाई पहिलादेखि नै निकै आकर्षक शैलीमा सजाइएको थियो । विवाहको उक्त समारोहका लागि रामनगर जिल्ला प्रशासनबाट पनि अनुमति लिइएको थियो ।
बिहिबार मात्र कर्नाटकका उप–मुख्यमन्त्री सीएन अश्वत्थले के भनेका थिए भने कुमारस्वामीका छोराको विवाह समारोहको निगरानीका लागि प्रशासनलाई सूचित गरिएको थियो ।
यदि लकडाउनको दिशानिर्देशलाई कुनै पनि प्रकारले उलंघन गरियो भने कारवाही गरिने भनिएको थियो ।
नोवल कोरोना भाइरसको संक्रमणलाई फैलिनबाट रोक्नका लागि भारतमा मे ३ सम्मका लागि लकडाउनलाई बढाइएको छ । जसका कारण मानिसहरुले मास्क लगाउन तथा शारीरिक दूरीका नियमहरुलाई कडाइका साथ अपनाउन आदेश दिइएको छ ।
