आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

अन्तराष्ट्रिय

दलाई लामा अस्वस्थ, छातीमा संक्रमण देखिएपछि अस्पताल भर्ना

दलाई लामा अस्वस्थ, छातीमा संक्रमण देखिएपछि अस्पताल भर्ना

अन्तराष्ट्रिय, समाचार
दिल्ली — चैत्र २७ । भारतमा निर्वासित जीवन बिताइरहेका तिब्बती बौद्ध धर्मगुरु दलाई लामा अस्वस्थ भएपछि दिल्लीस्थित एक अस्पतालमा भर्ना गरिएका छन् । उनको छातीमा संक्रमण देखिएकोले आस्पताल गर्नुपरेको तर स्वास्थ्य अवस्था भने हाललाई स्थिर रहेको बताइएको छ। ८३ वर्षका दलाई लामाका सहयोगी तेन्जिन ताक्लाका अनुसार दलाई लामालाई केही अप्ठ्यारो महसुस भएपछि उनी बसोबास गरिरहेको हिमाचल राज्यको धर्मशालाबाट दिल्ली लगिएको थियो। 'चिकित्सकहरूले उहाँको छातीमा संक्रमण रहेको पत्ता लगाएका छन् र त्यसकै उपचार हुँदैछ,' ताक्लाले रोएटर्सलाई बताए। चिनियाँ शासनविरुद्ध उनको नेतृत्वमा तिब्बतमा गरिएको विद्रोह असफल भएपछि ६० वर्षअघि उनी भागेर भारतमा शरण लिन पुगेका थिए। नोबेल शान्ति पुरस्कारबाट सम्मानित लामा, प्रेरक वक्ताका रुपमा पनि विश्वभर चर्चित छन्। दलाई लामासँगै हजारौं तिब्बतीहरूले भारतमा निर्वासित जीवन बित...
लोकसभा चुनावका लागि घोषणापत्र जारी : दार्जिलिङ फकाउँदै भाजपा

लोकसभा चुनावका लागि घोषणापत्र जारी : दार्जिलिङ फकाउँदै भाजपा

अन्तराष्ट्रिय, समाचार
नयाँदिल्ली — चैत्र २६ । सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा) ले आगामी शासनकालका लाागि सुशासन, राष्ट्रिय सुरक्षा र समृद्धिको प्रतिबद्धतासहितको चुनावी घोषणा पत्र जारी गरेको छ । नयाँदिल्लीस्थित पार्टी मुख्यालयमा सोमबार आयोजित कार्यक्रम प्रधानमन्त्री नरेन्द्र मोदी, पार्टी अध्यक्ष अमित शाह, वरिष्ठ नेता तथा गृहमन्त्री राजनाथ सिंहलगायतले अप्रिल ११ देखि सुरु हुने १७ औं लोकसभा चुनावका लागि घोषणापत्र जारी गरेका हुन् । भाजपाले दार्जिलिङ र सिक्किम क्षेत्रका नेपालीभाषी भारतीयलाईआफ्नो पक्षमा ल्याउन फेरि एक पटक भारतीय गोर्खाअन्तर्गतका ११ जातिलाई जनजातिको मान्यता दिलाउने घोषणा गरेको छ । भाजपाले सन् २०१४ को चुनावमा पनि यस्तै प्रतिबद्धता जनाएको थियो । र, त्यही प्रतिबद्धताकै आधारमा सन् २०१४ को चुनावमा दार्जिलिङको एक मात्र लोकसभा सिटका लागि गोर्खा मुक्ति मोर्चा (गोमुमो) लगायतका संगठनले भाजपालाई समर...
अमेरिकी स्वतन्त्रता संग्रामी पुलस्की महिला थिइन् ? अचम्मको रहस्य खुल्यो!

अमेरिकी स्वतन्त्रता संग्रामी पुलस्की महिला थिइन् ? अचम्मको रहस्य खुल्यो!

अन्तराष्ट्रिय, समाचार
काठमाडौँ — चैत्र २४ । अमेरिकी स्वतन्त्रता संग्राममा सहभागि एक सैनिक जनरलको लिंगका बारेमा यतिबेला नयाँ खुलासा भएको छ । अनुसन्धानकर्ताहरुले १८ औं शताब्दीमा भएको स्वतन्त्रता संग्राममा सामेल पोलिश–अमेरिकी जनरल कासिमिर पुलस्की या त महिला थिइन् नभए पनि इन्टरसेक्सवाला थिइन् भनेका छन् । वैज्ञानिकहरुले गरेको लगातारको अनुसन्धानपछि अढाई सय वर्षपछि आएर उनी पुरुष नरहेको खुलासा भएको हो । सन् १७७७ मा जर्ज वासिंगटनको सेनामा सामेल भएर व्रिटिश सेनासँग लड्ने पुलस्कीलाई पोल्याण्ड र अमेरिका दुबै देशमा युद्ध नायकका रुपमा मानिन्छ । लगभग २० वर्ष पहिले वैज्ञानिकहरुले उनको कंकालमा गरेको अनुसन्धानमा महिलाको विशेषता पाएको बताएका थिए । यद्यपि, त्यो उनकै थियो थिएन भन्ने पुष्टी गर्न सकेका थिएनन् । तर अहिले आएर डीएनए परीक्षणपछि उक्त कंकाल पुलस्कीकै भएको पुष्टी भएको हो । यससम्बन्धमा बनेको एक डकुमेन्ट्री ...
सात सयभन्दा बढी कलाकारले गरे बीजेपीलाई भोट नहाल्न अपील

सात सयभन्दा बढी कलाकारले गरे बीजेपीलाई भोट नहाल्न अपील

अन्तराष्ट्रिय, समाचार
काठमाडौँ — चैत्र २४ । भारतमा सात सयभन्दा बढी प्रतिष्ठित कलाकारले संसदको आसन्न निर्वाचनमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)लाई मत नदिन अपील गरेका छन् । जति निर्वाचनको मिति नजिकिँदैछ, उति उति मतदातालाई प्रभावित पार्न मुख्य राजनीतिक दलहरुबीच अकार्काबीच आरोपप्रत्यारोप चलिरहेका बेला कलाकारहरुले एक साथ विज्ञप्ति निकालेर भाजपालाई मत नदिन भनेका हुन् । भाजपा विरुद्ध संयुक्त रुपमा गरिएको अपीलमा उनीहरुले ‘समानता तथा सामाजिक न्यायका लागि अन्धकार एवं जंगली शक्तिलाई पराजित गर्न’ आव्हान गरेका छन् । यसरी भाजपाविरुद्ध अपील गर्नेमा प्रतिष्ठित कलाकार नसरुद्दिन शाह, अरुन्धती नाग, कोनकोना सेन शर्मा, अमोल पालेकर, अस्ताद देबू, अर्सिया सत्ताट, डेनिश हुसौन, गिरिश कर्नाद, एम के रैना, कविथा लंकेश, लिलेटे दूबे, मल्लिका तनेजा, नभतेज जोहरलगायत छन् । भारतीय मतदाताहरुलाई अपील गर्दै उनीहरुले ‘संविधानको र ...
अमेरिकामा एक प्रविधि कम्पनीमा कार्यरत २८० गैरकानुनी आप्रवासी पक्राउ

अमेरिकामा एक प्रविधि कम्पनीमा कार्यरत २८० गैरकानुनी आप्रवासी पक्राउ

अन्तराष्ट्रिय, समाचार
डालस — चैत्र २२ । अमेरिकी आप्रवासन अधिकारीहरुले टेक्सास राज्यको एक प्रविधि कम्पनीमा कार्यरत २८० भन्दा बढी कर्मचारी पक्राउ गरेका छन् । अमेरिकी आप्रवासन तथा भन्सार कार्यालयका अनुसार संघीय जाँच अधिकारीका अनुसार उनीहरु गैरकानुनी रूपमा अमेरिकामा बस्दै आएका आप्रवासी हुन् । अमेरिकी इतिहासमा टेक्सासको कुनै कम्पनीबाट यति ठूलो संख्यामा कामदार पक्राउ गरिएको यो पहिलो घटना हो। अमेरिकी आप्रवासन तथा भन्सार कार्यालयका अनुसार संघीय जाँच एजेन्टहरुले बुधबार टेक्सासस्थित सीभीई टेक्नोलजी ग्रुपमा कार्यरत २८० कर्मचारीलाई पक्राउ गरेका हुन्। यो कम्पनी डालसबाट करिब २४ किलोमिटर उत्तरपूर्वको कोलिन काउन्टीमा छ। एजेन्सीले 'गैरकानुनी रूपमा अमेरिकामा बसोबास गरिरहेका व्यक्ति कम्पनीमा कार्यरत रहेको' दाबी गरेको छ। तर पक्राउ परेका व्यक्तिबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन। एजेन्सीले गैरकानुनी रूपमा अमेरिकामा...
जापानमा ‘रेइवा’ युग, मे महिनादेखि युग परिवर्तन

जापानमा ‘रेइवा’ युग, मे महिनादेखि युग परिवर्तन

अन्तराष्ट्रिय, समाचार
टोकियो — चैत्र १९ । जापानमा आगामी मे १ देखि सुरु हुने नयाँ शाही युगको नाम ‘रेइवा’ राखिएको छ । जापानमा सम्राट् परिवर्तन भएसँगै युगको नाम पनि नयाँ राख्ने गरिन्छ । युगका नाम चिनियाँ परम्परागत अक्षरबाट राखिने चलन भए पनि यस पटक जापानी कविता मन्योसुबाट लिइएको छ । जापानमा नयाँ युगको नाम घोषणा गरिएसँगै प्रकाशित अखबारको अतिरिक्त संस्करण लिन जम्मा भएका सर्वसाधारण । वर्तमान सम्राट् अकिहितोले यही महिनाको अन्त्यमा राजगद्दी त्याग्ने भएपछि हाल चलिरहेको ‘हेइसेई’ युग अन्त्य हुनेछ । सामान्यतः जापानका सम्राटकाे निधन भएर अर्कोले गद्दी सम्हालेपछि नयाँ युगको घोषणासँगै नाम सार्वजनिक गरिन्छ । तर वर्तमान सम्राट् अकिहितोले आफ्ना युवराज नारुहितोका लागि राजगद्दी त्याग्ने भएकाले हालको अवस्था भने फरक छ । नागरुहितोले मे १ बाट राजगद्दी सम्हाल्नेछन् । मन्त्रिपरिषद् प्रमुख सचिव योसहिहिडे सुगाले यसअघि अनुमान ...
चुनावअघि भारतमा भूउपग्रहको राजनीति, अन्तरिक्ष महाशक्ति राष्ट्रको पंक्तिमा उभिन सफल भएको मोदीको दाबी

चुनावअघि भारतमा भूउपग्रहको राजनीति, अन्तरिक्ष महाशक्ति राष्ट्रको पंक्तिमा उभिन सफल भएको मोदीको दाबी

अन्तराष्ट्रिय, समाचार
नयाँदिल्ली — चैत्र १४ । भारतले पृथ्वीबाटै अन्तरिक्षमा रहेको सानो उपग्रह नष्ट गर्न सफल भएको दाबी गरेको छ । भारत अन्तरिक्ष विज्ञानमा यस किसिमको उपलब्धि हासिल गर्ने चौथो राष्ट्र हो । यसअघि अमेरिका, रूस र चीनले यस्तो सफलता हासिल गरिसकेका छन् । यसलाई भारतले ऐतिहासिक उपलब्धिका रूपमा अर्थ्याएको छ । बुधबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले अन्तरिक्षको उपग्रह सफलतापूर्वक नष्ट गरेर अमेरिका, रूस र चीनसँगै भारत अन्तरिक्ष महाशक्तिको पंक्तिमा उभिन सफल भएको दाबी गरेका छन् । ‘हर राष्ट्रको विकास यात्रामा यस्ता क्षण आउँछन्, जुन उसका लागि अन्यन्त गौरव गर्ने र आउने पुस्तालाई पनि प्रभाव पार्ने खालको हुन्छ । आज त्यस्तै भएको हो,’ उनले सम्बोधनमा भने । मोदीले यो अभियानलाई सफलतापूर्वक सम्पन्न गर्ने भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इस्रो) का वैज्ञानिकहरूलाई बोलाएर बधाई पनिदिएका छ...
छोरा जन्माएको २६ दिनपछि फेरि फेरि सुत्केरी ! दोस्रो पटकमा जुम्ल्याहा बच्चा

छोरा जन्माएको २६ दिनपछि फेरि फेरि सुत्केरी ! दोस्रो पटकमा जुम्ल्याहा बच्चा

अन्तराष्ट्रिय, समाचार
ढाका— चैत्र १४ । बंगलादेशमा एक महिलाले छोरा जन्माएको २६ दिनपछि फेरि दुईवटा बच्चालाई जन्म दिएकी छन् । चिकित्साजगतमा यसलाई चमत्कार मानिएको छ । २० वर्षीय महिलाले हालै छोरालाई जन्म दिएकी थिइन् । सुत्केरी भएको २६ दिनपछि उनले थप दुई बच्चा जन्माएकी हुन् । उनले पछिल्लो पटक जुम्ल्याहा बच्चालाई जन्म दिएको बताइएको छ । आरिफ सुल्ताना नाम गरेकी ती महिला श्यामलागाछी गाउँ निवासी रहेको बताइएको छ । उनको उपचारमा संलग्न चिकित्सक शीला पोद्दाका अनुसार पहिलोपटक सुत्केरी हुँदा ती महिलाको गर्भमा अन्य बच्चा रहेकोबारे थाहा नै थिएन । सुत्केरी भएको २६ औं दिनमा स्वास्थ्यमा समस्या भएर उनी अस्पताल आएको र स्वास्थ्य परीक्षणपछि उनको गर्भमा शिशु रहेको थाहा भएको डा. शीलाले बताइन् । पहिलोपटक सुत्केरी हुँदा उनले सामान्य रुपमा नै बच्चालाई जन्म दिएको बताइन्छ । तर दोस्रोपटक भने शल्यक्रिया गरिएको थियो । पछिल्लो प...
भारतमा जारी आइपिएल क्रिकेटमा मोदीविरुद्ध लाग्यो नारा– चौकीदार चोर हे

भारतमा जारी आइपिएल क्रिकेटमा मोदीविरुद्ध लाग्यो नारा– चौकीदार चोर हे

अन्तराष्ट्रिय, समाचार
काठमाडौँ — चैत्र १३ । भारतमा लोकसभा निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलका कार्यकर्ताहरु आफ्नो दलको प्रचारप्रसारमा जुट्न थालेका छन् । भारतमा जारी ‘इन्डियन प्रिमियर लिग’ (आइपिएल) क्रिकेट प्रतियोगिता पनि चुनाव प्रचारको माध्यम बन्न थालेको छ । खेल हेर्नका लागि स्टेडियम पुगेका दर्शकहरु खेलकै क्रममा राजनीतिक नारा लगाउन थालेका हुन् । यसै क्रममा गत सोमबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध दर्शकले स्टेडियममै नारा लगाएका छन् । मोदीले आफूलाई देश र जनताको ‘चौकीदार’ बताइरहँदा दर्शकको एक समूहले क्रिकेट म्याच चलिरहेको समयमा ‘चौकीदार चोर हे’ भन्दै नारावाजी गरेको हो । यो नारा भारतको प्रमुख विपक्षी दल कांग्रेस आइले लगाउने गरेको छ । सोमबार राति जयपुरमा किंग्स इलेभेन पञ्जाव र राजस्थान रोयल्सबीचको खेलका क्रममा दर्शकले नारा लगाएका हुन् । दर्शकको नारावाजीसहितको २४ सेकेन्डको भिडियो सामाजिक सञ्ज...
इथियोपियन र लायन एयर: दुवै दुर्घटनाको कारण समान

इथियोपियन र लायन एयर: दुवै दुर्घटनाको कारण समान

अन्तराष्ट्रिय, समाचार
अदिस अबाबा —चैत ५ । एक साताअघि दुर्घटनामा परेको इथियोपियन एयरलाइन्सको विमान र गतवर्ष अक्टोबरमा इन्डोनेसियामा भएको लायन एयरको विमान दुर्घटनाबीच स्पष्ट समानता देखिएको छ । इन्डोनेसियाको जकार्तास्थित विमानस्थलमा राखिएको लायन एयरको बोइङ ७३७ म्याक्स–८ विमान । तस्बिर : रोयटर्स इथियोपियाका यातायात मन्त्री दग्मावित मोगेसका अनुसार ‘इथियोपियन एयरलाइन्सको उडान ३०२ र लायन एयरको उडान ६१० बीच स्पष्ट समानता’ देखिएको छ । उनले दुर्घटनाबारे थप अनुसन्धान गरिने जनाए । दुवै विमान अमेरिकी कम्पनी बोइङले उत्पादन गरेको ७३७ म्याक्स–८ मोडलका हुन् । यातायात मन्त्री मोगेसले घटनाबारे प्रारम्भिक प्रतिवेदन ३० दिनभित्र सार्वजनिक गरिने जनाए । दुवै विमानमा उडानको निगरानी राख्ने तथ्यांकको विश्लेषण गर्दा विमान उचाइमा पुगेपछि तीव्र उतारचढाव देखिएको उनको भनाइ छ । दुर्घटनामा ज्यान गुमाउनेको शवबिना नै अदिस अबाबमा सा...