सन्दीप आबद्ध जमैका सीपीएलको सेमिफाइनलबाटै बाहिरियो
भदाै २४ काठमाडाैं । नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्ध टोली जमैका तलाबाज क्यारेबियन प्रिमियर लिग (सीपीएल)बाट बाहिरिएको छ।मंगलबार राति भएको पहिलो सेमिफाइनलमा ट्रिनबागो नाइट राइडर्ससँग ९ विकेटको फराकिलो हार व्यहोर्दै उपाधि होडबाट बाहिरिएको हो।ब्रायन लारा क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको जमैकाले २० ओभरमा ७ विकेट गुमाएर मात्रै १ सय ७ रन बनाएको थियो ।
एक सय ८ रनको सामान्य लक्ष्य ट्रिनबागोले १५ ओभरमा मात्र १ विकेट गुमाएर पुरा ग¥यो। ट्रिनबागोको जितमा लेन्ड्ल सिमोन्स ५४ रन र टिओन वेब्स्टर ४४ रनमा अविजित रहे । त्यसअघि सुनिल नारिनलाई जमैकाका मुजिब उर रहमानले ४ रनमा आउट गरेका थिए।
त्यसपछि जमैका विकेट बिहिन भयो। यसअघिका सबै खेलमा विकेट हात पारेका सन्दीप पनि यो खेलमा विकेटविहीन भए। ४ ओभर बलिङ गर्दै २९ रन खर्चिए पनि विकेट लिन असफल भए। सन्दीपले जारी सीपीएलका ११ खेलमा १२ विकेट लि...









