आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

अन्तराष्ट्रिय

भारतले विकास गर्‍यो हाइपरसोनिक प्रविधि

भारतले विकास गर्‍यो हाइपरसोनिक प्रविधि

अन्तराष्ट्रिय
भदाै २२ काठमाडाैं । भारतले हाइपरसोनिक प्रविधि विकास गरेको बताएको छ।भारतको रक्षा अनुसन्धान तथा विकास संगठन डीआरडीओले हाइपरसोनिक प्रविधिको सफलतापूर्वक परीक्षण गरेको जानकारी दिएको छ। भारतमै तयार गरिएको यस हाइपरसोनिक टेक्नोलोजी डेमोन्स्ट्रेटर भेइकल ‘एचएसटीडीभी’ बाट लामो दुरीसम्म पुगेर मार हान्नसक्ने क्षेप्यास्त्र तथा हाइपरसोनिक क्षेप्यास्त्र प्रयोग गर्न सकिन्छ।ध्वनीको गतिमा कुद्ने प्रविधिलाई हाइपरसोनिक टेक्लोलोजी भनिन्छ। यससँगै भारत थप शक्तिशाली बनेको बताइएको छ। भारतको यस प्रविधि भने ध्वनीभन्दा ६ गुण छिटो भएको बताइएको छ।भारतका रक्षामन्त्री राजनाथ सिंहले पनि हाइपरसोनिक प्रविधि विकास हुनु देशको लागि ठूलो उपलब्धि भएको बताएका छन्। बीबीसी हिन्दी ...
कोरोनाबाट एक हजार बढीको मृत्यु भएपछि इजरायलमा कर्फ्यु

कोरोनाबाट एक हजार बढीको मृत्यु भएपछि इजरायलमा कर्फ्यु

अन्तराष्ट्रिय
भदौ २२ जेरुसेलम । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले कोरोनाभाइरसबाट अति प्रभावित झण्डै ४० वटा शहर बजारमा रात्रिकालीन निषेधाज्ञा (कर्फ्यु) लगाइने आइतबार घोषणा गर्नु भएको छ । इजरायली वरिष्ट अधिकारीहरुको आइतबार अबेरसम्म घण्टौं चलेको परामर्श बैठकपछि उक्त निर्णय घोषणा गरिएको थियो । देशभर एक हजारभन्दा बढी व्यक्तिको मृत्यु भएपछि सरकारले नयाँ नियमहरु घोषणा गर्नु परेको हो । पछिल्ला दिनहरुमा इजरायलमा ठूलो संख्यामा कोरोना संक्रमित भेटिएका छन् । यस्तो कफ्र्यु सोमबार राति ७ बजेदेखि बिहान ५ बजेसम्म लाग्नेछ । तर यो कर्फ्यु कति समयसम्म जारी रहनेछ भन्ने स्पष्ट भइसकेको छैन । मानिसहरुलाई आफ्ना घरबाट ५०० मिटरभन्दा टाढा नजान र अत्यावश्यकभन्दा बाहेकका अरु व्यापार व्यवसाय बन्द गर्न भनिएको छ । इजरायलले कोरोना नियन्त्रणका लागि शुरुमा अपनाएका विधिप्रति धेरैले सकारात्मक रुपमा लिएका थिए । तर मे महि...

भारतमा मार्चदेखि बन्द रहेका मेट्रो रेल संचालनमा

अन्तराष्ट्रिय, समाचार
कोरोना भाइरस महामारीका कारण मार्चदेखि बन्द रहेका भारतका मेट्रो रेलहरूले सोमबार बिहानबाट आफ्नो सेवा सुरू गरेका छन्। कोरोना भाइरसको महामारी सुरू भएपछि बन्द भएको मेट्रो सेवा आज बिहान ७ बजेदेखि संचालनमा आएको हो। टाइम्स अफ इण्डियामा प्रकाशित समाचारका अनुसार राजधानी दिल्लीको मेट्रो बिहान ७ बजेबाट संचालनमा आएको छ भने बेङ्लोरमा ८ बजेदेखि मेट्रो चल्न थालेको छ। यस्तै लखनउ र नोएडाले पनि बिहान ७ बजेबाट मेट्रो सेवा सुरू गरेका छन्। भारतको केन्द्र सरकारले कोरोना भाइरसका कारण लगाइएको लकडाउनलाई चरणबद्ध रूपमा खोल्ने योजनाको चौथो चरण अन्तगत सोमबारबाट त्यहाँ मेट्रो सेवाहरू पुनः सुरू भएका हुन्। भारतले मेट्रो संचालन गर्दा पालना गर्नुपर्ने सर्तहरू गत महिना सार्वजनिक गरेको थियो। मेट्रो सुरू भएपछि हुने सेवाग्राहीको सम्भावित भिडलाई नियन्त्रण र नियमन गर्न बिहानैदेखि मेट्रो स्टेशनहरूमा प्रहरीहरू खट...
फेरि बढे कोभिड १९ सङ्क्रमित बेलायतमा

फेरि बढे कोभिड १९ सङ्क्रमित बेलायतमा

अन्तराष्ट्रिय, स्वास्थ्य
भदाै २२ । बेलायतमा फेरि पनि कोभिड १९का सङ्क्रमितहरुको संख्या बढ्न थालेको छ । प्राप्त पछिल्लो समाचारअनुसार बेलायतमा गएको २४ घन्टा यतामात्र करिब २ हजार ९८८ जना कारोना भाइरसका नयाँ संक्रमित फेला परेका छन् । यो संख्या बेलायतमा भेटिएका कोरोनाका सङ्क्रमितहरुको पछिल्ला केही दिनयताको भन्दा निकै धेरै भएको यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जानकारी दिएका छन् । यहाँ गएको मे महिनाको २२ तारिखका दिनमा ३ हजार २८७ जना सङ्क्रमित देखिएका थिए । त्यसपछि यति ठूलो संख्या आइतबार त्यहाँ नयाँ सङ्क्रमितहरु थपिएका बताइएको छ । यहाँ अहिलेसम्मका सङ्क्रमितको संख्या ३ लाख ४७ हजार १५२ जना पुगेको छ । यहाँ यस संक्रमणबाट भएको मृत्युको संख्या ४१ हजार ५५१ जना पुगेको बताइएको छ । बेलायतका स्वास्थ्य मन्त्री म्याट हानकोकले आइतबार देखिएको यो पछिल्लो संख्या निकै खतरनाक भएको बताए । उनले केही समययता देखि यहाँ सङ्क्रमित...
२० सेप्टेम्बरमा दिल्लीको  पहिलो खेलमा सन्दीप लामिछाने

२० सेप्टेम्बरमा दिल्लीको पहिलो खेलमा सन्दीप लामिछाने

अन्तराष्ट्रिय, खेलकुद
भदाै २२ काठमाडौं । सन्दीप सम्मिलित दिल्लीले २०२० आईपीएलको पहिलो खेल २० सेप्टेम्बरमा किंग्स ११ पंजाब बिरुद्व सुरु गर्देछ । श्रेयस अय्यरको नेतृत्वमा रहेको दिल्लीले यसपटक आफ्नो पहिलो आईपीएल उपाधि जित्ने दाउमा रहेको छ । कोरोना कालमा दिल्ली क्यापिटल्सले यो खेल उनीहरूको बेस दुबईमा बायो सेक्युरिटी बबल बिच खेल्नेछ। दिल्लीले प्रतियोगताका सात खेल दुबई, चार खेल अबुधाबि र तिन खेल शारजाहमा खेल्नेछ । प्रतियोगिताको पहिलो खेल २० सेप्टेम्बरमा सुरुवात गर्ने दिल्लीले आफ्नो दोस्रो खेल २५ सेप्टेम्बरमा दुबईमै चेन्नई सुपर किंग्स बिरुद्व खेल्नेछ । दिल्ली क्यापिटल्सका खेलाडीहरु : श्रेयस अय्यर (कप्तान), शिखर धवन, पृथ्वी शाह, अजिंक्य रहाणे, ऋषभ पन्त, रविचन्द्रन अश्विन, कागिसो रबाडा, मार्कस स्टोनिस, सन्दीप लामिछाने, इशान्त शर्मा, शिमरोन हेटमेयर, चेमो पल, डेनियल सेम्स, एलेक्स क्यारी, एनिच नार्टजे, अमित मिश्रा ,...
कंगनालाई मोदी सरकारले दियो ‘वाइ’श्रेणीको सुरक्षा

कंगनालाई मोदी सरकारले दियो ‘वाइ’श्रेणीको सुरक्षा

अन्तराष्ट्रिय, समाचार
मुम्बई । बलिउड अभिनेत्री कंगना रनौतलाई मोदी सरकारले ‘Y’श्रेणीको सूरक्षा प्रदान गरेको छ। महाराष्ट्रको सत्ताधारी दल शिवसेनाका नेताहरु र अभिनेत्री कंगनाबीच भइरहेको विवादका कारण कंगनामाथि ज्यानको खतरा रहेको निष्कर्ष निकाल्दै भारतको केन्द्रीय गृहमन्त्रालयले Y श्रेणीको सुरक्षा प्रदान गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। शिवसेनाका नेता संजय राउत र कंगनाबीच पछिल्लो समय विवाद बढ्दो छ। नेता राउतले कंगनालाई मुम्बई नआउन चेतावनी दिइसकेका छन्। तर, कंगनाले मुम्बई जाने निर्णय गरेर राउतलाइनै चुनौती दिएकी छन्। कंगना ९ सेप्टेम्बरमा मुम्बइ जाँदैछिन्। शिवसेनाको प्रदर्शनपछि त्यहाँ उनीमाथि हुनसक्ने सम्भावित खतरालाई मध्यनजर गर्दै भारतको केन्द्र सरकारले उनलाई ‘वाइ’ तहको सुरक्षा उपलब्ध गराएको छ। Y वर्गको सुरक्षा पाएपछि कंगनाले अब कुनैपनि फाँसीवादीले देशभक्तको आवाजलाई कुचल्न नसक्ने बताएकी छन्। सा...
सुशान्त आत्महत्या प्रकरणमा नयाँ ‘ट्विस्ट’  बाहिरियो यस्तो रहस्य

सुशान्त आत्महत्या प्रकरणमा नयाँ ‘ट्विस्ट’ बाहिरियो यस्तो रहस्य

अन्तराष्ट्रिय, समाचार
भदाै २२ काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपूतले गत जून १४ मा बान्द्रस्थित आफ्नै घरमा झुण्डिएर आ;त्मह;त्या गरे । त्यसपछि उनको आ;त्मह;त्या प्रकरणबारे अनुसन्धान भईरहेको छ ।अहिले सीबीआईले उनको आ’;त्मह;त्या प्रकरण अनुसन्धान गरिएको छ । सुशान्त आ;त्मह;त्या प्रकरणमा एकपछि अर्को खुलासा भईरहेको छ। सुशान्तकी प्रेमीका तथा बलिउड अभिनेत्री रिया चक्रवर्तीले आफूले सुशान्तका लागि ड्रग्स मगाउने गरेको पनि स्विाकारेकी छन् । साथै अन्य खुलासा पनि भईरहेका छन् ।ड्रग्स कनेक्सनमा सम्मिलित ६ जनालाई अहिले पक्राउ गरिएको छ । पक्राउ पर्नेमा रियाबा भाई शोविक र सुशान्तकी हाउस म्यानेजर स्यामूअल मिराण्डासहित अन्य रहेका छन् । यसैबीच सुशान्तको मृ;त्यु भन्दा एक दिन पहिला सुशान्तले आफ्ना तीन रोटविलर्स (कुकुरको एक प्रजाती) अमर, अकबर र एन्थनीको नाममा फण्ड्स पठाएका थिए । यो कुरा अनुसन्धानको क्रममा पत्ता लागेको बताइएक...
फिलिपिन्समा शक्तिशाली भूकम्प गयो

फिलिपिन्समा शक्तिशाली भूकम्प गयो

अन्तराष्ट्रिय
भदाै २२। फिलिपिन्सको समुद्री तटीय क्षेत्रमा आइतबार ६.३ म्याग्नीच्यूडको भूकम्प गएको छ । युरोपेली भूकम्प मापन केन्द्रका अनुसार डिगोस शहरबाट करिब ७५ किलोमिटर टाढा केन्द्रविन्दु बनाएर भूकम्प गएको थियो ।  भूकम्पबाट जनधनको क्षतिको विवरण प्राप्त भइनसकेको स्थानीय अधिकारीहरुले बताएका छन् । 
एकै दिनमा थपिए ९१ हजार भन्दा बढी कोरोना संक्रमित भारतमा

एकै दिनमा थपिए ९१ हजार भन्दा बढी कोरोना संक्रमित भारतमा

अन्तराष्ट्रिय
भदाै २२ काठमाडौं । भारतमा गएको २४ घण्टामा भारतमा ९१ हजार भन्दा बढीमा संक्रमण देखिएको छ ।वल्डोमिटर्सको तथ्यांक अनुसार भारतमा एकैदिन ९१ हजार ७ सय २३ जनामा संक्रमण पुष्टि भएको छ । यसरी भारतमा संक्रमितको संख्या ४२ लाख २ हजार ५ सय ६२ पुगेको छ । त्यस्तै भारतमा एकैदिन १ हजार ८ जनाले कोरोनाको कारण ज्यान गुमाएका छन् ।यसरी भारतमा कोरोनाबाट ज्यान जानेको कुल संख्या ७१ हजार ६ सय ८७ पुगेको छ । भारतमा ३२ लाख ४७ हजार २ सय ९७ जना संक्रमित उपचारपछि निको भएका छन् भने ८ लाख ८३ हजार ५ सय ७८ जना उपचाररत छन् । ...
कोरोनाविरुद्धको चिनियाँ खोप ५० हजार जनामा परीक्षण

कोरोनाविरुद्धको चिनियाँ खोप ५० हजार जनामा परीक्षण

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
भदाै २१ काठमाडाैं । चीनमा बनाएईको कोरोनाभाइरस विरुद्धको खोप अहिले तेस्रो चरणमा परीक्षण भइरहेको छ । अधिकारीहरुले दिएको जानकारीअनुसार चिनियाँ उक्त खोप झण्डै ५० हजार मानिसमा परीक्षण भइरहेको हो । उक्त खोपलाई चीनको राष्ट्रिय बायोटेक समूह नामक कम्पनीले विकास गरेको हो । कम्पनीद्वारा एक विज्ञप्ति जारी गर्दै कोभिड–१९ विरूद्धको उक्त खोप बहराइन, युएइ, मोरोक्को, पेरु, अर्जेन्टिनालगायतका देशहरुमा परीक्षण भइरहेको जानकारी गराएको छ ।चीनमा त्यस बाहेक अर्को खोप पनि विकास गरिएको छ । सो खोप सिनोभाक कम्पनीले विकास गरेको हो । यसको पनि तस्रो चरणको परीक्षण भइरहेको चिनियाँ स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।  ...