शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

कंगनालाई मोदी सरकारले दियो ‘वाइ’श्रेणीको सुरक्षा

मुम्बई । बलिउड अभिनेत्री कंगना रनौतलाई मोदी सरकारले ‘Y’श्रेणीको सूरक्षा प्रदान गरेको छ।

महाराष्ट्रको सत्ताधारी दल शिवसेनाका नेताहरु र अभिनेत्री कंगनाबीच भइरहेको विवादका कारण कंगनामाथि ज्यानको खतरा रहेको निष्कर्ष निकाल्दै भारतको केन्द्रीय गृहमन्त्रालयले Y श्रेणीको सुरक्षा प्रदान गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

शिवसेनाका नेता संजय राउत र कंगनाबीच पछिल्लो समय विवाद बढ्दो छ।

नेता राउतले कंगनालाई मुम्बई नआउन चेतावनी दिइसकेका छन्। तर, कंगनाले मुम्बई जाने निर्णय गरेर राउतलाइनै चुनौती दिएकी छन्।

कंगना ९ सेप्टेम्बरमा मुम्बइ जाँदैछिन्। शिवसेनाको प्रदर्शनपछि त्यहाँ उनीमाथि हुनसक्ने सम्भावित खतरालाई मध्यनजर गर्दै भारतको केन्द्र सरकारले उनलाई ‘वाइ’ तहको सुरक्षा उपलब्ध गराएको छ।

Y वर्गको सुरक्षा पाएपछि कंगनाले अब कुनैपनि फाँसीवादीले देशभक्तको आवाजलाई कुचल्न नसक्ने बताएकी छन्। साथै सुरक्षा प्रदान गरेकोमा गृहमन्त्री अमित शाह जीलाई धन्यवाद दिएकी छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *