भदाै २२ काठमाडाैं । युवा स्टार खेलाडी केलियन एमबाप्पे कोरोना भाइरसबाट संक्रमित भएका छन् । फ्रेन्च लिग वान विजेता पेरिस सेन्ट–जर्मेन (पिएसजी) का खेलाडी एमबाप्पेमा संक्रमण पुष्टि भएको हो ।
उनमा संक्रमण देखिएपछि युरोपियन नेशन्स लिग अन्तर्गत मंगलबार राति हुने फ्रान्स र क्रोएसियाबिचको खेल अन्यौलमा परेको छ । गएको हप्ता पिएसजीका ६ खेलाडीमा संक्रमण देखिएको थियो ।एमबाप्पेमा पनि संक्रमण देखिएपछि लिग वानको सिजन पनि अन्यौलमा आएको छ।
२१ वर्षका एमबाप्पेले नेशन्स लिग अन्तर्गत शनिबार राति भएको खेलमा फ्रान्सलाई जिताउने क्रममा एक गोल गरेका थिए । एमबाप्पेलाई सोमबारदेखि टिमका खेलाडीबाट पर राखिएको थियो र त्यसपछि घर पढाइएको छ ।
