शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

अमेरिकी डलरको मूल्य बढ्यो

काठमाडौं ।नेपाल राष्ट्रबैकंले आजका लागी तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलरको मूल्य उकालो लागेको छ । अमेरिकी डलर मंगलबार उकालो लागेर ११७ रुपैयाँ ०५ पैसामा कारोबार भएको नेपाल राष्ट्र बैंकले जनाएको छ। आज मंगलबार अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ ०५ पैसा, विक्रिदर ११७ रुपैयाँ ६५ पैसा रहेको छ। यस्तै, पाउण्ड स्टर्लिङ १ को खरिददर १५४ रुपैयाँ ६१ पैसा, विक्रिदर १५५ रुपैयाँ ४४ पैसा रहेको छ।

यूरोपीयन यूरो १ को खरिददर १३८ रुपैयाँ ६४ पैसा विक्रिदर १३९ रुपैयाँ ३५ पैसा रहेको छ। अष्ट्रेलीयन डलर १ को खरिददर ८५ रुपैयाँ ७२ पैसा, विक्रिदर ८६ रुपैयाँ १६ पैसा रहेको छ। मलेसियन रिंगेट १ को खरिददर २८ रुपैयाँ १९ पैसा विक्रिदर २८ रुपैयाँ ३४ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

कुवेती दिनार १ को खरिददर ३८२ रुपैयाँ ७७ पैसा, विक्रीदर ३८४ रुपैयाँ ७४ पैसा रहेको छ। साउदी रियाल १ को खरिददर ३१ रुपैयाँ २१ पैसा, ३१ रुपैयाँ ३७ पैसा रहेको छ। यूएई दिराम १ को खरिदर ३१ रुपैयाँ ८७ पैसा, विक्रिदर ३२ रुपैयाँ ०२ पैसा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *