आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

अन्तराष्ट्रिय

कोरियामा २५ लाखले रोजगारी गुमाए, नेपाली पनि प्रभावित

कोरियामा २५ लाखले रोजगारी गुमाए, नेपाली पनि प्रभावित

अन्तराष्ट्रिय
भदाै २६ सउल । नेपालीहरूको रोजगारीका लागि आर्कषक गन्तव्य मुलुक दक्षिण कोरियाको श्रम बजार कोरोना माहामारीका कारण नराम्रोसँग प्रभावित बनेको छ ।कोरोना माहामारीपश्चात झण्डै २५ लाखको रोजगारी गुमेको छ । गत अगष्टमा मात्रै दुई लाख ७४ हजार रोजगारी गुमेको एक तथ्याङ्कले देखाएको छ । तथ्याङ्कअनुसार यहाँको बेरोजगारी दर गत अगष्टमा ०.१ प्रतिशतले वृद्धि भएर हाल ३.१ प्रतिशत पुगेको छ ।यो सँगै वित्तीय सङ्कट उत्पन्न भई गत अगष्टमा रोजगारी गुमाउनेको सङ्ख्या पछिल्लो आठ महिनायताकै उच्च हो । यसको प्रत्यक्ष असर यहाँ श्रम गरिरहेका नेपालीहरूमा पनि देखिन थालेको छ । कम्पनीमा काम घट्न थालेपछि अतिरिक्त काम नहुने, रात्रि तथा दिवा वा अन्य सिफ्ट हुनेको एक सिफ्ट मात्र चल्ने, बिदाका दिन चलिरहेका कम्पनीहरू पनि नचल्ने, कतिपय कम्पनीले बेतलबी बिदा बस्न वाध्यात्मक अवस्था सिर्जना गर्ने, हप्तामा तीन वा चार दिन मात्र काममा बो...
कतार प्रहरीको नयाँ बर्दी सार्वजनिक

कतार प्रहरीको नयाँ बर्दी सार्वजनिक

अन्तराष्ट्रिय
भदाै २६ काठमाडाैं । कतारको आन्तरिक मन्त्रालयले आगामी सेप्टेम्बर १३ अर्थात् आइतबारदेखि लागू हुने गरी कतार प्रहरीको नयाँ बर्दी सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनमा प्रहरी बर्दी समितिका अध्यक्ष ब्रिगेडियर जनरल अहमद जबर अल-हमिदी र समितिका सदस्य मेजर फहाद सईद अल सुबाईले प्रहरीको नयाँ बर्दी सार्वजनिक गरेका हुन् । नयाँ बर्दी कतारको वातावरण र कार्यहरूको प्रकृति अनुरूप आधुनिक र शास्त्रीय शैलीहरूको संयोजनलाई ध्यानमा राखेर अरब सभ्यता झल्काउँने गरी डिजाइन गरिएको जनाइएको छ । नयाँ बर्दीलाई आधिकारिक बर्दी, ड्यूटी बर्दी , क्षेत्र बर्दी , विशेष क्षेत्र बर्दी , प्रशिक्षण बर्दी र विशेष मिसन बर्दीमा वर्गीकृत गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । यो बर्दी सार्वजनिक यातायातको सुरक्षा, एयरपोर्ट सुरक्षा, ट्राफिक पेट्रोल र स्टेडियम सुरक्षा विभागका साथै महिला पुलिस अधिकारीहरूको लागि डिजाइन गरिएक...
रुस, चीन र इरानका ह्याकरको निशानामा अमेरिकी चुनाव

रुस, चीन र इरानका ह्याकरको निशानामा अमेरिकी चुनाव

अन्तराष्ट्रिय
भदाै २६ । रुस, चीन र इरानसँग साँठगाँठ रहेका ह्याकरहरुले अमेरिकामा आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावसँग जोडिएका व्यक्ति तथा समूहलाई निशाना बनाएको माइक्रोसफ्टले जनाएको छ । सन् २०१६ को चुनावमा दखल दिएका रुसी ह्याकरहरु फेरि यसपटक पनि सक्रिय भएको माइक्रोसफ्टको भनाई छ। रुसी ह्याकरले चार वर्षअघि डेमोक्र्याटिक चुनावी अभियानलाई निशाना बनाएका थिए र अहिले पनि सोही प्रकृतिको गतिविधि देखिन थालेको माइक्रोसफ्टको भनाई छ । विदेशी समूहहरु अमेरिकी चुनावमा दखल दिन सक्रिय बनेको स्पष्ट भएको माइक्रोसफ्टले बताएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनको चुनावी अभियानहरु ह्याकरको निशानामा आएका हुन् । रुसी ह्याकरले डेमोक्र्याटिक र रिपब्लिकन पार्टीसँग सम्बन्धित २०० भन्दा बढी संस्थालाई निशाना बनाइरहेको माइक्रोसफ्टले जारी गरेको वक्तव्यमा उल्लेख छ । सोही समूहका साइबर आक्र...
अमेरिकाद्वारा एक हजारभन्दा बढी चिनियाँ विद्यार्थीको भिसा रद्द

अमेरिकाद्वारा एक हजारभन्दा बढी चिनियाँ विद्यार्थीको भिसा रद्द

अन्तराष्ट्रिय, शिक्षा, समाचार
अमेरिकी ट्रम्प प्रशासनले एक हजारभन्दा बढी चिनियाँ नागरिकको भिसा रद्द गरिएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । ट्रम्प प्रशासनले बौद्धिक सम्पत्ति, प्रविधि र अरु संवेदनशील सूचनामा शङ्कास्पद पहुँच हासिल गरेको भन्दै चिनियाँ विद्यार्थी र अनुसन्धाताको भिसा रद्द गरेको हो । विदेश मन्त्रालयका प्रवक्ताले राष्ट्रपतिको आदेशबमोजिम सेप्टेम्बर ८, २०२० सम्ममा एक हजारभन्दा बढीको भिसा रद्द गरिएको जानकारी दिए । यद्यपि संयुक्तराज्य अमेरिकामा अध्ययन र अनुसन्धानको अनुमति प्राप्त गरेका कुल चिनियाँ विद्यार्थीको अनुपातमा भिसा रद्द गरिएको यो सङ्ख्या निकै कम हो । चीनको सेनासँग निकट सम्बन्ध रहेका चिनियाँ स्नातक विद्यार्थी र अनुसन्धाताहरूको अमेरिका प्रवेशमा कडाइ गर्नेगरी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत जुन १ तारिखमा एउटा आदेशमा हस्ताक्षर गर्नुभएको थियो यो समाचार आजको गोरखापत्रले छापेको छ । ...
भारतमा एकैदिन ९५ हजार ५२९ जनामा काेराेना संक्रमण पुष्टि

भारतमा एकैदिन ९५ हजार ५२९ जनामा काेराेना संक्रमण पुष्टि

अन्तराष्ट्रिय
भदाै २५ काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमणमा नयाँ रेकर्ड कायम भएको छ ।दैनिक संक्रमित संख्या हरेक दिन बढ्दो क्रममा रहेको भारतमा पछिल्लो २४ घण्टामा ९५ हजारभन्दा बढीमा संक्रमण देखिएको छ । यसअघि सोमबार ९१ हजार ७२३ जनामा संक्रमण पुष्टि भएर नयाँ कीर्तिमान कायम भएको भारतमा बुधबार अहिलेसम्मकै धेरै ९५ हजार ५२९ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै भारतमा कोरोना संक्रमितको संख्या ४४ लाख ६२ हजार ९६५ पुगेको छ ।संक्रमितमध्ये अहिलेसम्म ३४ लाख ६६ हजार ८१९ जना संक्रमणमुक्त भएका छन् भने ९ लाख २१ हजार ५५ जनाको उपचार भइरहेको छ । यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ७५ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १ हजार १६८ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ७५ हजार ९१ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ । ...
अमेरिकाले इराकबाट आफ्ना २२ सय सैनिक फिर्ता बोलाउने

अमेरिकाले इराकबाट आफ्ना २२ सय सैनिक फिर्ता बोलाउने

अन्तराष्ट्रिय
भदाै २५ काठमाडाैं । अमेरिकाले इराकमा बाँकी रहेका आफ्ना सैनिक मध्ये एक तिहाई भन्दा धेरैलाई केही हप्ताभित्रै फिर्ता स्वदेश फिर्ता बोलाउने भएको छ ।अमेरिकी सेनाका मध्यपूर्व हेर्ने शीर्ष कमाण्डरका अनुसार २२ सय सैनिक सेप्टेम्बरको अन्त्यसम्ममा फिर्ता लैजाने बताएको बिबिसीले उल्लेख गरेको छ । जनरल केनथ म्याकेन्जीलका अनुसार इराकमा अमेरिकी सैनिकको संख्या तीन हजारमा झारिने छ । हाल इराकमा ५२ सय अमेरिकी सैनिक छन् ।इराकमा रहेने सैनिकहरुले इराकी सुरक्षा निकायलाई इस्लामिक स्टेट (आइएस) सहितका बिद्रोहीविरुद्धको रणनीतिक कारवाहीका लागि परामर्श तथा रणनीतिगत सहयोग गर्ने छन् । गएको महिना राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकमा रहेका सबै अमेरिकी सैनिकहरुलाई सम्भव भएसम्म चाँडो फिर्ता बोलाउने बताएका थिए । ...
कोरोनाभाइरस घातक भएको पहिला नै थाहा हुँदा पनि लुकाएको ट्रम्पद्वार स्वीकार !

कोरोनाभाइरस घातक भएको पहिला नै थाहा हुँदा पनि लुकाएको ट्रम्पद्वार स्वीकार !

अन्तराष्ट्रिय, समाज
भदाै २५ काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरस अन्य फ्लुभन्दा घातक रहेका कुरा आफूलाई पहिला नै थाहा भएको स्वीकारेका छन्। अमेरिकी पत्रकारद्वारा लिखित एक पुस्तकमा ट्रम्पले कोरोना अमेरिकामा फैलिनभन्दा अगाडी नै खतरनाक रहेका भन्ने थाहा पाएको तर आफू खतरासँग खेल्न चाहेको स्वीकार गरेका छन्। पत्रकार बब वुडवार्ड, जसले वाटरगेट घोटलाको नालीबेली बाहिर ल्याएका थिए, उनले आफ्नो पुस्तक लेख्न भन्दा अगाडी राष्ट्रपति ट्रम्पसँग डिसेम्बर देखि जुलाईसम्म १८ पटक अन्तरवार्ता लिएको बताएका छन्। ट्रम्पले अमेरिकामा कोरोनाबाट पहिलो मृत्यु हुनभन्दा अगाडी नै यो घातक छ भन्ने थाहा पाएको तर त्रासबाट जोगाउन उक्त कुरा बाहिर नल्याएको स्वीकार गरेको उनको पुस्तकमा उल्लेख छ। तर ट्रम्पले बुधबार ट्वीट गर्दै उक्त पुस्तकलाई नक्कली र झुटो बताएका छन्। बब वुडवार्डको आगामी पुस्तक रेजका लागि अन्तरवार्तामा ट्रम...
अफगानिस्तानमा उपराष्ट्रपतिलाई नै लक्षित गरेर विस्फोट, दुईको मृत्यु, १२ घाइते

अफगानिस्तानमा उपराष्ट्रपतिलाई नै लक्षित गरेर विस्फोट, दुईको मृत्यु, १२ घाइते

अन्तराष्ट्रिय
भदाै २४ काठमाडौं । अफगानिस्तानका उपराष्ट्रपतिलाई लक्षित गरेर बुधबार राजधानी काबुलमा बम विस्फोट गराइएको छ।उपराष्ट्रपति अमरुल्लाह सालेहलाई लक्षित गरेर राजधानी काबुलमै आत्मघाती बम विस्फोटन गराइएको प्रहरीले जनाएको छ। विस्फोटनपछि कम्तीमा दुई जनाको मृत्यु र अरु १२ जना घाइते भएको अधिकारीहरुले जानकारी दिएका छन्।स्रोतलाई उद्धृत गर्दै पझोक सामाचार संस्थाका अनुसार उपराष्ट्रपति सालेहलाई भने भौतिक रुपमा केही भएको छैन। उपराष्ट्रपति सालेहका छोराले आफ्ना पिता थोरै छलिएकाले केही हुन नपाएको जानकारी दिएको समाचारमा जनाइएको छ।“उहाँसहित हामी सवार सवारी साधनलाई नै लक्षित गरेर आक्रमण भएको थियो, तर गाडीमा भएका सबै जना सुरक्षित रहन सफल भएका छौँ,” उपराष्ट्रपतिका छोरा एबाद सालेहले सामाजिक सञ्जालमा लेखेका छन। स्थानीय समय अनुसार बुधबार विहान साढे सात बजे विस्फोटन भएको खबर प्रहरीलाई प्राप्त भएको थियो। त्यसपछि ...
ट्रम्पको सम्पति एक वर्षमै ६० अर्बमा झर्‍यो

ट्रम्पको सम्पति एक वर्षमै ६० अर्बमा झर्‍यो

अन्तराष्ट्रिय, आर्थिक
भदाै २४ काठमाडाैं । कोरोना भाइरसको महामारीसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सम्पत्ति २ खर्व ९३ अर्बबाट ६ मिलियन अर्थात् ६० अर्बमा झरेको छ ।ट्रम्पको सम्पत्ति एक वर्षमै २० प्रतिशतले कमी आएको छ । यससँगै उनी द फोर्ब्स ४००को सूचीमा ३ सय ३९ औं स्थानमा धकेलिएका छन् ।डिसी र सिकागोमा रहेको सम्पत्तिमा ट्रम्पको ठूलै ऋण छ ।यी दुबै अहिले पानीमुनी रहेको बताइएको छ । यसका साथै ट्रम्पको म्यानहटनमा करिब ३५० पार्किङ स्थल छन् ।उनको फ्लोरिडामा मार–ए–लागो क्लब छ र नजिकै तीनवटा ठूला भवन छन् । ...
सेप्टेम्बर महिना भित्रै रुसी खोप आइपुग्ने

सेप्टेम्बर महिना भित्रै रुसी खोप आइपुग्ने

अन्तराष्ट्रिय
भदाै २४ । भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोले कोरोनाभाइरस विरुद्ध रुसले तयार पारेको “स्पुतनिक भी” खोप क्लिनिकल परीक्षणका लागि यसै सेप्टेम्बर महिनाभित्र भेनेजुएला आइपुग्ने बताउनु भएको छ । भेनेजुएलाको टेलिभिजनबाट सम्बोधन गर्दै राष्ट्रपति मदुरोले रुसी खोपलाई भेनेजुएलामा परीक्षण गरिने जानकारी दिनुभयो । उहाँले आगामी राष्ट्रिय सभाको निर्वाचनमा उम्मेदवार हुने सबैलाई उक्त खोप दिने बारेमा राष्ट्रिय निर्वाचन आयोगका पदाधिकारीसँग कुरा भइरहेको पनि बताउनुभयो । चुनावमा करिब १४ हजार ४०० जना उम्मेदवार हुने सम्भावना छ । रुसको गामालेया केन्द्रले निर्माण गरेको कोभिड–१९ को खोपलाई रुस सरकारले औपचारिक मान्यता प्रदान गरिसकेको छ । रुसी खोप उत्पादनकर्ता रुसी प्रत्यक्ष लगानी कोष (आरडीआईएफ) का प्रमुख कार्यकारी किरिल डिमिट्रेभले विश्वका २० भन्दा बढी मुलुकले अर्बौं डोजका लागि आवेदन दिइसकेको बताउनु भएको छ । उह...