आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

Author: तथ्यखबर

एकता जेम्स इङ्गलिस एकेडेमी/ कलेजद्वारा कक्षा ११ मा अध्यनरत विद्यार्थीहरुलाई स्वागत साथै कक्षा १२ का विद्यार्थीहरुलाई सम्मान र बधाई कार्यक्रम गर्दै

एकता जेम्स इङ्गलिस एकेडेमी/ कलेजद्वारा कक्षा ११ मा अध्यनरत विद्यार्थीहरुलाई स्वागत साथै कक्षा १२ का विद्यार्थीहरुलाई सम्मान र बधाई कार्यक्रम गर्दै

शिक्षा
काठमाण्डौ उत्तर पूर्वी क्षेत्रको गोकर्णेश्वर नगरपालिका वडा नं ५ नयाँबस्तीमा  संचालित एकता जेम्स इङ्गलिस एकेडेमी/ कलेजले कक्षा ११ मा अध्यनरत विद्यार्थीहरुको लागि स्वागत साथै कक्षा १२ का विद्यार्थीहरुलाई सम्मान र बधाई कार्यक्रम आयोजना गर्ने भएको छ । कार्यक्रम यहि चैत्र २१ गते शनिबारको दिन बिहान १०ः०० बजेदेखि ड्रिम नेपाल पार्टी प्यालेशमा आयोजना हुने भएको छ । कार्यक्रममा प्रमुख अतिथिको रुपमा बागमती प्रदेशका माननीय भौतकि पुर्वाधार तथा विकाश मन्त्री रामेश्वर फुयाल आउने भएका छन् । कलेजका प्राचार्य भीम बहादुर दर्लामीले बताए अनुसार कार्यक्रमा कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई स्वागत तथा कक्षा १२का विद्यार्थीहरुलाई सम्मान र बधाई कार्यक्रम आयोजना गरेको बताउनु भयो । साथै सो कार्यक्रममा राष्ट्रिय ख्याती प्राप्त र राष्ट्रको लागि योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान गरिने एकता जेम्स इङ्...
यतिबेला डढेलो नेपालको मात्र हैन विश्वव्यापी वायु प्रदूषण बढाउने समस्या

यतिबेला डढेलो नेपालको मात्र हैन विश्वव्यापी वायु प्रदूषण बढाउने समस्या

समाचार, समाज
डढेलो यतिबेला नेपालको मात्र हैन विश्वव्यापी प्रदूषण बढाउने समस्या बनेको छ । डढेलोको तुवाँलोले वायुमण्डल ढाकेपछि अन्य प्रदूषण मिसिएर नेपालसहित विभिन्न मुलुकमा वायु प्रदूषणको दरलाई उच्चतिर धकेलिरहेको छ । युरोप, अमेरिका लगायतका देशमा भन्दा बढी एसिया र मध्य एसिया क्षेत्रका जङ्गलमा डढेलो उग्र बनेको खबर गोरखापत्र दैनिकमा छ । यसरी प्रि–मनसुनको सुक्खामा प्रकोपका रूपमा देखा परेको डढेलो नियन्त्रण गर्न एकल प्रयासभन्दा पनि सामूहिक विश्वव्यापी प्रयासको आवश्यकता रहेको विज्ञहरूले औँल्याएका छन् । त्यस्तै उत्तर र दक्षिण अमेरिका, अस्ट्रेलियाको जङ्गल क्षेत्र डढेलोबाट अछुतो छैन । एसियाको भारत, थाइल्यान्ड, म्यान्मार, श्रीलङ्का, बङ्गलादेश, पाकिस्तानलगायतका मुलुकमा डढेलोको चाप बढ्दो रहेको छ । डढेलो विज्ञ सुन्दर शर्मा भन्छन्, “त्यसैले अहिले नेपाल र एसियाको मात्र हैन विश्वकै समस्याका रूपमा डढेलो ज्वलन्त ...
प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा

प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा

समाचार, समाज
प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गरेका छन् । सरकार बनाउनेबित्तिकै पहिलो बजेटमा वृद्धभत्ता किन बढाइएन ? यो किन गरिएन ? त्यो किन गरिएन भनेर धुम मच्चाइयो । काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘गत बजेटमै बढायौं। सामाजिक सुरक्षाका प्रबन्धका क्षेत्रमा हामीले थुप्रै काम गर्‍यौं। अव आर्थिक वर्षमा विद्यालयहरूको पूर्वाधार विकासका लागि पाँच अर्ब रुपैयाँभन्दा बढी रकम वितरण गरिने पनि प्रधानमन्त्रीले बताए । सामाजिक सुरक्षा प्रबन्धका क्षेत्रमा थुप्रो काम हामीले गर्‍यौं । योगदानका आधारमा सामाजिक सुरक्षा जस्ता कुराहरू गर्‍यौं । अरू पनि सामाजिक सुरक्षाका काम हामी गर्दै जान्छौं । सरकारले नागरिकको लागि काम गरेकोमा केही व्यक्तिले आपत्ति जनाइरहेका छन्, साउन १ गतेदेखि लागू हुने गरी सामाजिक सुरक्षा भत्ता बढाइनेछ, कसैलाई आपत्ति भए पनि होस् प्रधानमन्त...
प्रतिनिधिसभाको चालु अधिवेशनबाटै नयाँ सरकार बनाउने तयारी साथ दलहरुबीच छलफल सुरु

प्रतिनिधिसभाको चालु अधिवेशनबाटै नयाँ सरकार बनाउने तयारी साथ दलहरुबीच छलफल सुरु

राजनीति, समाचार
प्रतिनिधिसभाको चालु अधिवेशनबाटै नयाँ सरकार बनाउने तयारी साथ दलहरुबीच छलफल सुरु भएको छ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेको सरकारलाई विस्थापन गरी नयाँ बनाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मंगलबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित जनता समाजवादी पार्टी (जसपा) का नेताहरुसँग छलफल गरे । ओली सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने विषयमा छलफल केन्द्रित थियो । प्रतिनिधिसभा पुनःस्थापना भएदेखि नै ओली नेतृत्वको सरकार हटाउने खेल शुरु भए पनि अहिलेसम्म अविश्वासको प्रस्ताव दर्ता हुन नसकेको खबर नागरिक दैनिकमा छ । अविश्वासको प्रस्तावसँगै नयाँ प्रधानमन्त्री पनि प्रस्ताव गर्नुपर्छ । नयाँ प्रधानमन्त्रीमा कसको नाम प्रस्ताव गर्ने भन्ने विषयमा सहमति हुन सकेको छैन । ओलीलाई जसपाले समर्थन गरे यही सरकारले निरन्तरता पाउनेछ । जसपालाई आफ्नो पक्षमा ल्याउन ओली...
प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्ने

प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्ने

राजनीति, समाचार
प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ। दिउँसो १ बजे संघीय संसद भवन बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ । आज बस्ने बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनमा शोक प्रस्ताव पेश गर्ने कार्यसूची छ।यस्तै संविधानसभामा सांसद रहेकी लक्ष्मीदेवी भण्डारीको निधन भएकोमा पनि शोक प्रस्ताव पेश गर्ने कार्यसूची छ। यस्तै प्रधानन्त्री केपी शर्मा ओलीले विभिन्न वार्षिक प्रतिवेदनहरू पेश गर्ने सम्भावित कार्यसूची छ। ...
आज चैत १८ गते बुधबारको राशिफल

आज चैत १८ गते बुधबारको राशिफल

राशिफल, समाचार
मेष – सुख समृद्धि बढ्ला । मान पुरस्कार प्राप्त होला । आर्थिक कार्यमा अनुकूलता रहला । पारिवारिक सौहाद्र्ध बढ्नेछ । साझेदारीको काम बढ्नेछ । लगानी उठ्ला । कार्यव्यापारमा सफलता मिल्नेछ । बस्तुसित सम्बन्धित काममा सफलता मिल्नेछ । समस्याको समाधान मिल्नेछ । मिठो भोजन प्राप्त हुनेछ । पारिवारिक सुख समृद्धि हासिल हुनेछ । बृष – सुख सम्पति धन मान आनन्द बढ्नेछ । मिठो भोजन मिल्ने छ । शक्ति सामर्थ्य बढ्नेछ । राजकीय कार्य बन्नेछ । उन्नति–पदोन्नति हुनेछ । यात्रामा सफलता मिल्नेछ । विकासको नयाँ सम्भावना देखेर आशा उत्साह वृद्धि होला । उच्चाधिकारीको सहयोग मिल्नेछ । ऐश्वर्य बढ्नेछ । मिथुन – सुख आरोग्यता बढ्ला । यात्रामा सफलता मिल्नेछ । धनको पक्ष बलियो बन्नेछ । ऋण रोग र शत्रुलाई जित्ने क्षमता बढ्नेछ । वार्तामा सफलता मिल्नेछ । मिठो भोजन मिल्नेछ । धर्मकर्ममा रुचि बढ्नेछ । ख्याति फैलिनेछ । रोकिएको काम बन्ला र...
विश्वकप २०२२ को छनौट अन्तर्गत समूह ए को खेलमा पोर्चुगलले लग्जेम्बर्गलाई ३–१ ले पराजित

विश्वकप २०२२ को छनौट अन्तर्गत समूह ए को खेलमा पोर्चुगलले लग्जेम्बर्गलाई ३–१ ले पराजित

अन्तराष्ट्रिय, खेलकुद, समाचार
 पोर्चुगलले विश्वकप २०२२ को छनौट अन्तर्गत मंगलबार राति भएको खेलमा जित दर्ता गरेको छ । अबे मैदानमा भएको खेलमा युरोपेली क्षेत्रको छनौट अन्तर्गत समूह ए को खेलमा पोर्चुगलले लग्जेम्बर्गलाई ३–१ ले पराजित गरेको हो । पोर्चुगलका लागि डिओगो जोटा, क्रिष्टियानो रोनाल्डो र पालहिन्हा गोन्काल्भेसले गोल गरे । लग्जेम्बर्गका लागि एक मात्रै गोल ३० औँ मिनेटमा रोड्रिग्वेजले गरेका थिए । ...
आज नेप्से ३२.१५ अंकले बढेर दुई हजार पाँच सय ७५ दशमलब ६७ विन्दुमा

आज नेप्से ३२.१५ अंकले बढेर दुई हजार पाँच सय ७५ दशमलब ६७ विन्दुमा

आर्थिक, समाचार
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज (मंगलबार) दोहोरो अंकले बढेको छ । हिजो सोमबार नेप्से नेप्से ५.४५ अंकले घटेर दुई हजार पाँच सय ४३ दशमलब ५२ विन्दुमा थामिएको थियो ।  नेप्सेका अनुसार आज नेप्से ३२.१५ अंकले बढेर दुई हजार पाँच सय ७५ दशमलब ६७ विन्दुमा पुगेको छ भने आज ६ अर्ब १८ करोड ५६ लाख बराबरको कारोबार भएको छ ।     आज कारोबार भएका एउटा समूहमध्ये दुई समूह बाहेक अन्यसबै समूह घटेका छन् । आज बजार घटेपनि ६ कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ ।  ...
नेता माधवकुमार नेपाल र भीम रावललाई पार्टीबाट ६ महिनाका लागि निलम्बन गरिएकोप्रति युवा संघ नेपालको गम्भीर आपत्ति

नेता माधवकुमार नेपाल र भीम रावललाई पार्टीबाट ६ महिनाका लागि निलम्बन गरिएकोप्रति युवा संघ नेपालको गम्भीर आपत्ति

शिक्षा
 नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालले नेता माधवकुमार नेपाल र भीम रावललाई पार्टीबाट ६ महिनाका लागि निलम्बन गरिएकोप्रति गम्भीर आपत्ति प्रकट गरेको छ । युवा संघ नेपालले मंगलबार एक विज्ञप्ति जारी कम्युनिस्ट पार्टीलाई विघटनमा लैजाने उदेश्य अनुसरुप नेताहरुमाथि निलम्बर गरिएको आरोप लगाएको छ । विज्ञप्तिमा दलाल नोकरशाही पुँजीपति वर्गको आड भरोसा र अवसरवादमा परी कम्युनिष्ट एकतालाई भाँड्ने र विघटनसम्म लैजाने उद्धेश्यले सो घटना गराइएको उल्लेख छ । युवा संघ नेपालका अध्यक्ष नरेशकुमार शाहीद्वारा जारी विज्ञप्तिमा उक्त कार्य समाजवाद निर्माणको आधारशीला निर्माण गर्ने प्रतिबद्धता विपरित मुलुकलाई गम्भिर राजनीतिक अस्थिरताको भड्खालोमा पुर्याउन उद्यत रहेको दाबी गरिएको छ । ...
पछिल्लो २४ घन्टामा नेपालमा थप १सय ६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

पछिल्लो २४ घन्टामा नेपालमा थप १सय ६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पछिल्लो २४ घन्टामा नेपालमा थप १सय ६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ३१४० मा पिसिआर गर्दा १६७ जनामा कोरोना पुष्टि भएको हो । यससहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७७ हजार १४७ पुगेको छ । पछिल्लो २४ घन्टामा ११५ जना निको भएर फर्किएका छन् । योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७२ हजार ७२७ पुगेको छ । ...